निर्णय नं. ६७२५ - सवारी ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६७२५ - सवारी ज्यान भाग: ४१ साल: २०५६ महिना: भाद्र अंक: ५ फैसला मिति :२०५५/०४/०६ ३०३९ नि.नं. ६७२५ ने.का.प. २०५६ अङ्क ५ संयुक्त इजलास माननीय न्यायाधिश श्री गोविन्दबहादुर श्रेष्ठ माननीय न्यायाधिश श्री टोप बहादुर सिंह संवत २०५४ सालको साधक नं. .. १८५ फैसला मितिः २०५५।४।६।४ मुद्दाः सवारी ज्यान । वादी : शेर वहादुरको चन्दको जाहेरीले श्री ५ को सरकार विरुद्ध प्रतिवादीः जिल्ला मोरङ गगिहाट गा.वि.स. वार्ड नं. ५ मागवारी वस्ने घनश्याम श्रेष्ठ § प्रतिवादी घनश्याम श्रेष्ठले आफुले हाकी रहेको ट्रकको पछाडि पटृीको दाहिने साइडको चक्काले च्यापिई केशव विक्रमको मृत्यु भएको हो भनी अधिकार प्राप्त अधिकारी र अदालतमा समेत सावित छन् । निज प्रतिवादी घनश्याम श्रेष्ठ सिकारु चालक भएको कुरा निजको सवारी चालक प्रमाण पत्रबाट देखिएको र रङ साइडमा मानिस मर्छ भन्ने जानी जानी लापरवाही गरी ट्रक चलाई आफ्नो साइडबाट आइरहेको वच्चालाई ठक्कर दिई वच्चाको मृत्यु भएको देखिन्छ भने जाहेरवाला शेर बहादुर चन्दले प्रतिवादीले जानी जानी वेसाइड तर्फ गाडी हांकी छोरा केशव विक्रम चन्दलाई ठक्कर दिई मृत्यु भएको हो भनी जाहेरीलाई समर्थन हुने गरी वकपत्र गरेको समेतबाट प्रतिवादी घनश्याम श्रेष्ठले वेसाइडमा ट्रक चलाई मृतक वच्चालाई ठक्कर दिई किची मृत्यु भएको पुष्टि हुंदा निजलाई मुलुकी ऐन ज्यान सम्वन्धी महलको १३(३) नं. वमोजिम सर्वश्वसहित जन्मकैद हुने र प्रतिवादी सिकारु लाइसेन्स प्राप्त चालक समेत भएको परिपे्रक्ष्यमा कानून वमोजिमको सजाय गर्दा चर्को हुने भई निजलार्ई तजविजी कैद वर्ष ५ (पांच) गर्ने पुनरावेदन अदालत महेन्द्रनगरको साधक राय समेत मनासिव देखिने । (प्र.नं. १७) वादी तर्र्फवाटः प्रतिवादी तर्फबाटः अवलम्वित नजीरः फैसला न्या.गोविन्दवहादुर श्रेष्ठः न्याय प्रशासन ऐन, २०४८ वमोजिम दायर हुन आएको मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छ । २. मिति २०४९।८।१ गते विहान अं. ७:३० वजेको समयमा सन्तोष विक्रम र केशव विक्रम चन्द घरबाट धान कुटाउन भनि साइकलमा चढी गइरहेका अवस्था सुकासाल चौराह देखि केहि माथि पुग्दा म.अ.क. २ नं. को ट्रकले वेसाइडमा ठक्कर दिई जेठो छोरा नालीमा पर्न गएको र कान्छो छोरा केशवविक्रम चन्दलाई किची चालक भागी फरार भएको र उक्त ट्रकवाट किचिएको छोरालाई स्कूटरद्वारा म.अ. अस्पतालमा पुर्‍याएको छ भन्ने खवर सुनी अस्पतालमा जांदा इमरन्जेसी कोठामा छोरा केशव विक्रम चन्द मृतक अवस्थामा फेला पारेको हुंदा जाहेर गर्न आएको छु । उक्त म.अ.क. २ नं. को ट्रक चालकलाई पक्राउ गरी ज्यान सम्वन्धी महलको १३ नं. अनुसार संजाय गरी पाउं भन्ने समेत व्यहोराको शेर वहादुर चन्दको जाहेरी दरखास्त । ३. म.अं.अ को इमरजेन्सी कोठाको टेबुलमा सेतो कपडाले छोपी राखेको मृतक केशव विक्रम चन्दको लाश सो लाशको आंखा अर्घ खुल्ला, नाकको प्वालमा रुई हालेको हातखुट्टा सिधा भएको कम्वरको लाईनमा घोचिएको डाम भएको मलद्वारबाट मल निस्केको लिंगबाट पिसाव आई कट्टु भिजेको भन्ने समेत व्यहोराको लाश प्रकृति विवरण । ४. जि.कं.म.न.पा. वार्ड नं. १० स्थित सुकासाल चौराहबाट उत्तर जिमुवा तर्फ जाने १८ फिट चौडाई भएको ग्रेवेलिंग कच्चि सडक उत्तर मोड गरी दाहिने साइडमा म.अ.क. २ नं. को ट्रक रहेको, सो ट्रकको अगाडिको चक्का १८ डिग्री कोणमा भएको, ट्रकको पछाडि चक्काबाट दाहिने साइड तर्फ ३ फिट वाटोको किनारा रहेको र अगाडिको चक्का ५ फिटमा रहेको । ट्रक खडा रहेको स्थानबाट करिव ८० मिटर दक्षिण सम्म पुरै रङ साइडमा ट्रक