निर्णय नं. ६७२६ - लेनदेन
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६७२६ - लेनदेन भाग: ४१ साल: २०५६ महिना: भाद्र अंक: ५ फैसला मिति :२०५५/०७/०९ २४७२ निर्णय नं. ६७२६ ने.का.प. २०५६ अङ्क ५ संयुक्त इजलास माननीय न्यायाधिश श्री गोविन्द बहादुर श्रेष्ठ माननीय न्यायाधिश श्री भैरवप्रसाद लम्साल सम्वत् २०५१ सालको दे.पु.नं. .. २०२५ फैसला मितिः २०५५।७।९।२ मुद्दाः लेनदेन । पुनरावेदक /वादीः सर्लाही जि. औरही गा.वि.स. वडा नं. ३ घर भई हाल ऐ. गौरी शंकर गा.वि.स. वडा नं. २ वस्ने किसुनवति देवी विरुद्ध विपक्षी /प्रतिवादीः सर्लाही जिल्ला गौरीशंकर गा.वि.स. वडा नं. ३ वस्ने रामकरण चौधरी थारु § वादीको गफलतले गर्दा जग्गा घटेको हो भन्न प्रतिवादी नसकेको र वादीको राजिनामा उल्लेखत जग्गा नपुग देखिएको अवस्थामा लिखत वमोजिम घटी भएको जग्गाको थैली कपाली सरह वादीले भरी पाउने हुंदा कपाली सरह भराई नपाउने ठहर्याएको पुनरावेदन अदालत जनकपुरको फैसला उल्टी भई शुरु सर्लाही जिल्ला अदालतको फैसला सदर हुने । (प्र.नं. १३) पुनरावेदक वादी तर्फबाटः विद्वान अधिवक्ता श्री तिर्थ वसौला विपक्षी प्र्रतिवादी तर्फबाटः विद्वान अधिवक्ता श्री जयनारायण हुज्जेदार अवलम्वित नजिरः फैसला न्या.गोविन्दबहादुर श्रेष्ठः न्याय प्रशासन ऐन, २०४८ वमोजिम दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छः २. विपक्षीका नाउंको जि.स. वल्वा सोकनाहा वा.नं. ४(ख) कि.नं. १३८ को ०-५-१०.१/२ जग्गालाई ऐ. वा.नं. ४ कि.नं. १४ को ०/५/१७ भनि ढाटी विक्री गर्छु भनि मोल रु. ९५००। लिइ ०४२।३।१९ गतेमा कि.नं. १४ को जग्गा पास गरेपनि मलाई देखाएको कि.नं. १३८ को जग्गा नै मैले भोगचलन गरी आएकोमा ०४७।२।२ मा सिवरनिया देवीले उक्त जग्गा भोग गर्न आउंदा विवादमै नक्सा हेर्दा कि.नं. १३८ जग्गा मलाई पास गरी दिनुपर्नेमा कि.नं. १४ को जग्गा मलाई पास गरी दिई कि.नं. १३८ को जग्गा सिवरनियादेवीलाई पास गरी दिएकोले ठगीतर्फ नालेस गर्ने म्याद नाघी सकेकोले सो तर्फ उजुर गर्न मिलेन । मैले ०-०-१७ जग्गा मात्र ट्रायल चेकवाट पाएकोले ०-५-० जग्गा भोग गर्न नपाएकोले लेनदने व्यवहहारको २ नं. र रजिष्ट्रेशनको ६ नं. वमोजिम नालिस गर्न पाउने हुंदा काचो ठहरेको ०-५-० जग्गाको हुने रु. ८११९।६५ र कोर्टफि समेत भराई पाउं भन्ने वादीको दावी । ३. वादीलाई कि.नं. १३८ को जग्गा देखाई कि.नं. १४ को जग्गा दिएको होइन । वादीले कि.नं. १४ कै ०-५-१७ जग्गा भोगचलन गरी आएका हुन । कि.नं. १३८ को जग्गा कहिले पनि भोग गरेको छैन । लेनदेन व्यवहारको ४० नं. को म्याद नघाई दर्ता भएको फिराद खारेज गरी पाउं भन्ने प्रतिवादीको प्रतिउत्तर पत्र । ४. वादीका साक्षी कल्पनाथ, भरत प्रसाद, राम वहादुर र प्र.का साक्षी रामनारायण, देव नारायण समेतको वकपत्र । ५. विवादित कि.नं. १४ को जग्गाको मिति ०४८।२।२७ मा भै आएको नापनक्सा । ६. कि.नं. १३८ को जग्गा मैले खरिद गर्नु अघि दाताकै हकभोगमा थियो । मैले खरिद गरे पश्चात मैले भोगी आएको छु भन्ने सिवरनिया देवीको वयान । ७. ट्रायल चेकवाट ०-१-० जग्गा र भै आएको नापनक्सावाट ०-०-१७-५.१/२ जग्गा मात्र देखिएकोले रजिष्ट्रेशनको ६ नं. वमोजिम लिखत वमोजिमको सम्पत्ति भोग गर्न नपाएमा भोग गर्न नपाए जतिको थैली कपाली सरह भराई लिन पाउने कानूनी व्यवस्था भएको देखिंदा वादीले भोग गर्न नपाएजतिको जग्गाको दामासाहीले हुने थैली प्रतिवादीवाट भराई लिन पाउने ठहर्छ भन्ने स.जि.अ. को मिति ०४९।२।२६ को फैसला । ८. शुरु सर्लाही जिल्ला अदालतको त्रुटिपूर्ण फैसला वदर वातील गरी हक इन्साफ गरी पाउं भन्ने प