निर्णय नं. ६७२८ - हक सफा गराई दा.खा. दर्ता गरीपाऊ ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६७२८ - हक सफा गराई दा.खा. दर्ता गरीपाऊ । भाग: ४१ साल: २०५६ महिना: भाद्र अंक: ५ फैसला मिति :२०५५/०९/०९ २४९० नि.नं. ६७२७ ने.का.प. २०५६ अङ्क ५ संयुक्त इजलास माननीय न्यायाधिश श्री अरविन्दनाथ आचार्य माननीय न्यायाधिश श्री राजेन्द्रराज नाख्वा सम्वत् २०५२ सालको फौ.पु.नं. .. १२३३ फैसला मितिः २०५५।८।१४।२ मुद्दाः ज्यान मार्ने उद्योग । पुनरावेदक/वादी : काउमाया गुरुङको जाहेरीले श्री ५ को सरकार विरुद्ध प्रत्यर्थी/प्रतिवादी : जि लमजुङ, दुराडाडा गा.वि.स. वार्ड नं. ९ वस्ने गोकुल वहादुर गुरुङ § प्रतिवादीले घातक एवं धारिलो हतियार प्रहार गरेको भन्ने पुष्टि हुन नआएको पिडित मर्ने अवस्था सम्म पुगेको भन्ने नदेखिएको र पिडित के कस्तो अवस्था परी मर्न पाएको रहेनछन भन्ने समेत खुल्न नआई चोट पटक सम्म लागेको भन्ने देखिन आएको स्थितिमा अभियोग दावी लिएको वारदातमा ज्यान सम्वन्धी महलको १५ नं. को अवस्थाको विद्यमानता थियो भनी मान्न सकिने अवस्था नदेखिंदा कानको लोती सम्म काटिन पुगेको र मध्यम खालको चोट पुगेको अवस्थालाई ज्यान मार्ने उद्योग ठहराएको शुरु लमजुङ जिल्ला अदालतको इन्साफ त्रुटीपूर्ण देखिंदा उल्टी गरी प्रतिवादी गोकुल गुरुङलाई अभियोग दावीबाट सफाइ पाउने ठहराई वारदात एवं प्रहरी प्रतिवेदन दाखिल हुंदा कायम रहेको साविक सरकारी मुद्दा सम्वन्धी ऐन, २०१७ को दफा ७(क) वमोजिम प्रस्तुत मुद्दालाई कुटपिटमा परिणत गरी जाहेरवाला पक्षले चाहेमा कुटपिटतर्फ कारवाही चलाउन भनी गरेको फैसला मनासिव देखिंदा सदर हुने । (प्र.नं. १४) वादी तर्र्फवाटः प्रतिवादी तर्फबाटः अवलम्वित नजीरः फैसला न्या. अरविन्दनाथ आचार्यः पुनरावेदन अदालत पोखराको मिति २०५१।९।२४ को फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९ (१)(ग) वमोजिम पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छ । २. विपक्षी गोकुल गुरुङ र मेरो घर नजिकमा पर्छ । निजले ल्याउने नपाउने ठाउं मेरो वारीबाट कुलो काटी लगेका र मैले गाउंका भद्र भलादमी समेतलाई जम्मा गराई सो ठाउंबाट कुलो लान नपाउने निर्णय गराएपछि सोही रीसइवीको कारणबाट निजले मलाई पख तलाई नमारी छाडदिन भनी डर धम्की दिने गरेतापनि नाता पर्ने मानिस भएकाले मात्र भन्नू भएको होला भन्ने लाग्दथ्यो । यस्तैमा मिति २०४७।११।७ गते निजको वारीमा दाउरा काटेको भन्ने विषयमा निजको श्रीमती र छोरीसंग मेरो विवाद भइरहेको अवस्थामा निज गोकुल वहादुर गुरुङ एक्कासी हसिया हातमा लिई मेरो गर्धन ताकी हान्न लाग्दा म डराई यसो कोल्टो पर्दा वांया कान नेर लागी म मुर्छा भएछु । पछि गाउंलेहरुको सहायताले लमजुङ अस्पतालमा ल्याई उपचार गराएको हो । निजले मार्ने उद्देश्यले हसिंया प्रहार गरी हानी काटेको हुंदा पक्राउ गरी निजलाई ज्यान मार्ने उद्देश्यमा कानून वमोजिम कारवाही गरी पाउं भन्ने समेत व्यहोराको जाहेरी दरखास्त । ३. जाहेरवालाको वारीबाट प्रतिवादीले कुलो काटी लैजान नपाएको कारण निजहरुको वीच वादविवाद भै यस्तैमा मिति २०४७।११।७ गते प्रतिवादीले जाहेरवालाको नन्द गीताले आफ्नो वारीमा दाउरा काटेको निहुंमा वादविवाद हुंदा जाहेरवालीलाई प्रतिवादीले धारीलो हतियार प्रयोग गरी हाने काटेको भन्ने समेत व्यहोराको सर्जमीन मुचुल्का । ४. धारीलो हतियार प्रयोग गरी काटिएको ३५ दिनभित्र निको नहुन सक्छ भन्ने समेतको घाउ जांच प्रतिवेदन । ५. जाहेरवालीले विभिन्न गाली गलौज गरेको कारणबाट रिस थाम्न नसकी हातमा भएको हसिंया र वांसको कप्टेरा समेतले हाने प्रहार गरेको हुन भन्ने समेतको प्