निर्णय नं. ८४९३ - उत्प्रेषण ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८४९३ - उत्प्रेषण । भाग: ५२ साल: २०६७ महिना: फागुन अंक: ११ फैसला मिति :२०६७/०५/०३ ३२२४ निर्णय नं. ८४९३ ने.का.प. २०६७ अङ्क ११ सर्वोच्च अदालत, विशेष इजलास सम्माननीय प्रधान न्यायाधीश श्री रामप्रसाद श्रेष्ठ माननीय न्यायाधीश श्री दामोदरप्रसाद शर्मा माननीय न्यायाधीश श्री प्रकाश वस्ती संवत् २०६६ सालको रिट नं. ००१५ आदेश मितिः २०६७।५।३।५ विषयः उत्प्रेषण । निवेदकः सुनसरी जिल्ला, वकलौरी गा.वि.स.वडा नं.१ पकली घर भै कारागार शाखा, मोरङ विराटनगरमा थुनामा रहेका कमल वजगाईँ विरुद्ध विपक्षीः प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय समेत § समुचित सुनुवाईको मौका नदिई कानूनले कसूर घोषित नगरेको आरोपमा सबूद प्रमाणको अभावमा मुद्दा हेर्ने अधिकारीको लहडमा पूर्वाग्रहका साथ कसैको पनि वैयक्तिक स्वतन्त्रता अपहरण गर्न नसकिने । § सक्षम अदालत वा न्यायिक निकायले दिएको आदेश वा निर्णयउपर पक्षले नै नचाहेमा वा हक गुमाएको स्थितिमा बाहेक पुनरावेदकीय क्षेत्राधिकारमा पहुँचको कानूनी प्रावधान स्वच्छ सुनुवाइको आधारभूत नियम मानिने । (प्रकरण नं.६) § तत्काल प्राप्त प्रमाणका आधारमा आरोपित कसूर गरेको देखिन आएको अवस्थामा मात्र थुनामा राखी मुद्दाको कारवाही गर्नुपर्ने भएवाट हातहतियार खरखजाना मुद्दाको अभियोग लाग्ने वित्तिकै अभियुक्तलाई थुनामै राखी कारवाही गर्ने भन्ने अर्थ लाग्न नसक्ने । § मुद्दा हेर्ने अधिकारीले थुनछेकको क्रममा न्यायिक मन वा विवेक प्रयोग गरी थुनामा राख्न वा थुनामुक्त समेत गर्नसक्ने । § आरोप लाग्ने वित्तिकै थुनामा राख्नै पर्ने व्यवस्था हातहतियार तथा खरखजाना ऐन, २०१९ को दफा २४क ले गरेको नभई तत्काल प्राप्त प्रमाणको आधारमा थुनामा राख्ने वा नराख्ने निर्णयकर्ताले न्यायिक मन प्रयोग गरी निर्क्यौल हुनसक्ने । (प्रकरण नं.७) निवेदक तर्फबाटः विपक्षी तर्फबाटः विद्वान उपन्यायाधिवक्ता श्री हरिप्रसाद रेग्मी अवलम्वित नजीरः सम्बद्ध कानूनः § नेपालको अन्तरिम संविधान, २०६३ को धारा १(१), १३(१), २४(५) र (९), १००, १०७(१) § मानव वेचविखन तथा ओसारपसार नियन्त्रण ऐन, २०६४ को दफा ८ § हातहतियार खरखजाना ऐन, २०१९ को दफा २४क. आदेश न्या.प्रकाश वस्तीः नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३२/१०७ (१) बमोजिम यस अदालतको असाधारण अधिकारक्षेत्रभित्र पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं आदेश यस प्रकार रहेको छः मिति २०६५।७।११ गते दिनको अन्दाजी १.०० वजेको समयमा सुनसरी, एकम्वा–१ वस्ने सुवा भन्ने श्रवण चौधरीले मेरो मोटरसाइकल लगेको थियो । सो मोटरसाइकल माग्न जाँदा निज श्रवण चौधरीले मलाई झुम्कास्थित पव्लिक एकेडेमी वोर्डिङ स्कूलका प्रिन्सिपल दधिराम न्यौपानेसँग चन्दाबापत रु.२५,०००। मागी लिई आउनु, त्यसपश्चात् मात्रै मोटरसाइकल दिन्छु भनी म तथा सुनसरी, चाँदवेला–२ वस्ने लुचाई शर्मा खत्वे समेतलाई धम्काई अह्राएकाले निजको डर धाकमा परी निजले भनेबमोजिम हामी दुईजना उक्त वोर्डिङ स्कूलको कम्पाउण्डमा पुग्नासाथ सादा पोशाकका प्रहरीले मसमेतलाई अवैध हातहतियार बोकी चन्दा मागेको आरोपमा पक्राउ गरी मेरो इच्छाविपरीत साविती वयान गराइयो । प्रहरीले प्रहरी कार्यालयमा भएको साविती वयानलाई समर्थन हुने गरी वयान गरेमा तिमी छुट्छौ भनी भनेकोले विश्वासमा परी जिल्ला प्रशासन कार्यालय सुनसरीमा समेत साविती बयान गरेको थिएँ । जिल्ला प्रशासन कार्यालयबाट मलाई हातहतियार खरखजाना ऐन, २०१९ को दफा ३(२), ४(२) र ५(१) को कसूरमा ऐजनको दफा २०(२) र (३) बमोजिम हुनसक्ने स