निर्णय नं. ८४९४ - जवर्जस्ती करणी
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८४९४ - जवर्जस्ती करणी भाग: ५२ साल: २०६७ महिना: फागुन अंक: ११ फैसला मिति :२०६७/०५/३१ ६७५४ निर्णय नं. ८४९४ ने.का.प. २०६७ अङ्क ११ सर्वोच्च अदालत, पूर्ण इजलास माननीय न्यायाधीश श्री खिलराज रेग्मी माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ माननीय न्यायाधीश श्री अवधेशकुमार यादव २०६६–CF–०००६ मुद्दा :– जवरजस्ती करणी । पुनरावेदक वादीः ककुमारको जाहेरीले नेपाल सरकार विरुद्ध प्रत्यर्थी प्रतिवादीः जिल्ला मोरङ विराटनगर उपमहानगरपालिका वडा नं. १६ बस्ने पवनकुमार यादव समेत § बालबालिकासम्बन्धी ऐनको परिभाषाभित्र पर्ने दुवै पक्ष बालक भएको अवस्थामा घटित जवरजस्ती करणीको अपराधमा Rapist बालकको अधिकार मात्र हेर्ने हो भने Victim पीडित बालिकाको हकको संरक्षण हुनसक्ने अवस्था नदेखिँदा यस प्रकारको अपराधमा पीडितका विरुद्ध तर्क गर्दै जाने हो भने बालकहरूका हकमा जवरजस्ती करणीको अपराधले समाजमा विकृति र विसंगति ल्याउन सक्ने । § जवरजस्ती करणीको अपराधमा पीडक कसूरदारबाट पीडित जुनसुकै वयष्क महिलाले पाउने कानूनबमोजिमको क्षतिपूर्ति वच्चा महिला अर्थात् बालिकाले पाउँदैन भनी तर्क गरी व्याख्या गर्दै जाने हो भने समाजमा दण्डहीनतालाई प्रोत्साहन मिल्न जाने । § बालबालिकासम्बन्धी ऐनको व्यवस्थाले नाबालक कसूरदारलाई सजायमा केही छूट दिएकै आधारमा जवरजस्ती करणीको अपराधमा पीडित हुने बालिकाले पाउने मनासिव क्षतिपूर्तिको हकमा समेत छूट पाउने भनी सो कानूनी व्यवस्थाको संकुचित अर्थ गर्दा बालबालिकाको अधिकारमा संकुचन आउने अवस्था देखिने । § जवरजस्ती करणीको अपराधमा सजायको वर्गीकरण पीडित बालिकाको उमेरको आधारमा गरिएको र यस्तो अपराधमा संलग्न Rapist बालक प्रमाणित भए बालबालिकासम्बन्धी ऐनको दफा ११ मा अपराधीक दायित्व व्यहोर्नु पर्ने कुरा उल्लेख भएको आधारमा पीडितले पाउने क्षतिपूर्ति समेत सोही सजायभित्र पर्ने भनी कानूनले स्पष्ट नगरेको कुरालाई स्वाभाविक रुपमा अर्थवोध नगरी वलपूर्वक व्याख्या गर्नु सान्दर्भिक नहुने । § सजायसम्बन्धी कुरा र आर्थिक क्षतिपूर्तिको विषय भिन्ना भिन्नै प्रकृति र अवस्था भएकाले यसलाई एउटै दृष्टिकोणले हेर्न नमिल्ने । (प्रकरण नं.९) शुरु फैसला गर्नेः मा.जि.न्या.श्री ठाकुरप्रसाद शर्मा पुनरावेदन फैसला गर्नेः मा.न्या.श्री श्यामबहादुर प्रधान मा.न्या.श्री वोधरीराज पाण्डे सर्वोच्च अदालतः मा.न्या.श्री रामकुमारप्रसाद शाह मा.न्या.श्री प्रेम शर्मा पुनरावेदक वादी तर्फबाटः विद्वान उपन्यायाधिवक्ता श्री खेमराज ज्ञवाली प्रत्यर्थी प्रतिवादी तर्फबाटः अवलम्बित नजीरः सम्बद्ध कानूनः § जवरजस्ती करणीको ३, १० नं. § बालबालिका सम्बन्धी ऐन, २०४८ को दफा ११(१), (२), (३), (४) फैसला न्या.खिलराज रेग्मीः यस अदालत संयुक्त इजलासको मिति २०६६।६।१९ को आदेशानुसार सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३(ख) बमोजिम पूर्ण इजलासमा पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छ :– मेरी छोरी खकुमारी मात्र घरमा भएको मौका पारी मिति २०५८।४।१ गते पवनकुमार यादव र हरिचन्द्र यादवले ललाई फकाई हरिचन्द्रको घरमा लगी जवरजस्ती करणी गरेको हुँदा कानूनबमोजिम कारवाही गरिपाऊँ भन्ने समेत व्यहोरको जाहेरी दर्खास्त । जिल्ला मोरङ विराटनगर उप–महानगरपालिका वार्ड नं.१६ बस्ने सीताराम यादवको घर कोठामा मिति २०५८।४।१ गते हरिचन्द्र यादव समेतले खकुमारीलाई जवरजस्ती करणी गरेको भनी देखाइएको घटनास्थलमा रातो सेतो रंगको कटनको कुर्था फेला परेको भन्ने समेतको बरामदी मुचुल्क