निर्णय नं. ८५१८ - उत्प्रेषण परमादेश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८५१८ - उत्प्रेषण परमादेश भाग: ५२ साल: २०६७ महिना: चैत्र अंक: १२ फैसला मिति :२०६७/०९/२२ ३१६५ निर्णय नं. ८५१८ ने.का.प.२०६७ अङ्क १२ सर्वोच्च अदालत, पूर्ण इजलास माननीय न्यायाधीश ताहिर अली अन्सारी माननीय न्यायाधीश श्री प्रकाश वस्ती माननीय न्यायाधीश श्री तर्कराज भट्ट ०६७–WO–००१६ आदेश मितिः २०६७।९।२२।५ विषय : उत्प्रेषण परमादेश निवेदकः धनुषा जिल्ला नक्टाझिज गा.वि.स. वडा नं. ५ घर भई हाल का.जि.का.म.न.पा. वडा नं. ३४ शान्तिनगर बस्ने भौतिक योजना तथा निर्माण मन्त्रालय सिंहदरवार काठमाडौंमा, इन्जिनियर (रा.प.तृतीय श्रेणी प्रा.) पदमा कार्यरत् सम्पत घिमिरे विरुद्ध विपक्षीः लोकसेवा आयोग, केन्द्रीय कार्यालय समेत § चालु आर्थिक वर्षभित्रमा अवकाश तथा वढुवाबाट रिक्त हुन आउने सम्भावित पदलाई समेत गणना गरी पदपूर्ति प्रक्रिया अघि वढाउनु पर्ने व्यवस्था रहेको परिप्रेक्ष्यमा संख्या नै किटान गरी वढुवा सूचना प्रकाशित भएको अवस्थामा वढुवाका सम्भाव्य उम्मेद्वारहरू वाँकी रहँदारहँदै वढुवा सूचीको योग्यताक्रममा बीचको एक स्थान खाली नै राखी वढुवा समितिको निर्णयलाई नै कायम रहने गरी भएको निर्णय कानूनसम्मत नदेखिने । § आफैले रिक्त पदको संख्या यकीन गरी बढुवा दरखास्त आह्वान गरेकोमा सम्भाव्य उम्मेद्वार उपलव्ध रहेको अवस्थामा पनि एक वा केही पद रिक्तको रिक्तै राखी अन्य पदमा मात्र बढुवा गर्न निजामती सेवा ऐन, २०४९ को उद्देश्य हो भनी अनुमान गर्न नमिल्ने । § ऐनको भाषा र उद्देश्यबीच सामाञ्जस्यता स्थापित गर्ने गरी ऐनको व्याख्या गर्नुपर्दछ । बढुवा समितिले प्रकाशित गरेको पहिलो बढुवा नामावलीउपर उजूरी गर्ने म्यादभित्र सो नामावलीमध्येको कुनै उम्मेद्वारको अर्कै प्रक्रियाबाट बढुवा भएमा निजको सट्टा अर्को उम्मेद्वारको बढुवा गर्न मिल्ने तर उक्त म्याद नाघेपछि वढुवा प्रक्रिया सम्पन्न नहुँदै अर्कै प्रक्रियाबाट बढुवा भएको व्यक्तिको सट्टा अर्को सम्भाव्य उम्मेद्वारको बढुवा गर्न पनि मिल्ने । (प्रकरण नं.७) § बढुवा प्रक्रिया चलिरहँदा बढुवा हुने उम्मेद्वारमध्ये कुनै उम्मेद्वारको कुनै पनि कारणले उक्त चालू प्रक्रियाअन्तर्गत बढुवा गर्न नपर्ने अवस्था आएमा बाँकी सम्भाव्य उम्मेद्वारहरूको पुनः योग्यताक्रम निर्धारण गरी विज्ञापित सबै पदमा बढुवा गर्नुपर्ने हुन्छ । त्यस्तो गर्नबाट ऐनले रोक लगाएको छैन । ऐनले स्पष्टसँग रोक नलगाएको अवस्थामा विज्ञापित पद संख्यामध्ये एक वा केही पद रिक्त राखी अन्य वा केही पदमा मात्र बढुवा गर्नु ऐनले गरेको व्यवस्थाविपरीत हुन जाने । (प्रकरण नं.८) § बढुवाका लागि प्रकाशित नामावालीमध्ये कसैको देहान्त भएमा वा त्यागपत्र दिएमा वा अन्य प्रक्रियाद्वारा बढुवा भएमा निजका ठाउँमा योग्यताक्रमअनुसार अर्कै उम्मेद्वारको नाम बढुवा सूचीमा समावेश गरी बढुवा प्रक्रिया सम्पन्न गर्नुपर्दछ । सो प्रक्रिया आँशिक वा अधुरो राख्न नमिल्ने । (प्रकरण नं.९) निवेदक तर्फबाटःविद्वान अधिवक्ता श्री हरिप्रसाद उप्रेती विपक्षी तर्फबाटःविद्वान सहन्यायाधिवक्ता श्री राजेन्द्रप्रसाद पोखरेल अवलम्बित नजीरः सम्बद्ध कानूनः § निजामती सेवा ऐन, २०४९ को दफा ७, ७क(३) २४(२), २४च § निजामती सेवा नियमावली, २०५० को नियम ८७ख(२) आदेश न्या.ताहिर अली अन्सारीः नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३२ र १०७(२) अन्तर्गत पर्न आएको निवेदनमा सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३(ख) बमोजिम सयुक्त इजलासको रुलिङ्ग बाझिई निर्णयार्थ पूर्ण इजलाससमक्ष पेश हुनआएको प्रस्