निर्णय नं. ८५१९ - भ्रष्टाचार ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८५१९ - भ्रष्टाचार । भाग: ५२ साल: २०६७ महिना: चैत्र अंक: १२ फैसला मिति :२०६७/१२/०२ १००२२ निर्णय नं. ८५१९ ने.का.प.२०६७ अङ्क १२ सर्वोच्च अदालत, संयुक्त इजलास सम्माननीय प्रधान न्यायाधीश श्री रामप्रसाद श्रेष्ठ माननीय न्यायाधीश श्री खिलराज रेग्मी २०६१ सालको फौ.पु.नं. ३१७३, ३१८५, ३१८७, ३१८८ र ३१८९ फैसला मितिः २०६७।१२।२।४ मुद्दा : भ्रष्टाचार । पुनरावेदक/वादीः अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसन्धान अधिकृत दीपककुमार श्रेष्ठको प्रतिवेदनले नेपाल सरकार विरुद्ध प्रत्यर्थी/प्रतिवादीः गोरखा जिल्ला बुङकोट घर भई हाल काठमाडौं जिल्ला का.म.न.पा. वडा नं.७ चाबहिल बस्ने तत्कालीन मन्त्री चिरञ्जीवी वाग्ले समेत यस अघि फैसला गर्ने (विशेष अदालत): मा.न्या.अध्यक्ष श्री तपबहादुर मगर मा.न्या.सदस्य श्री गोविन्दप्रसाद पराजुली मा.न्या.सदस्य श्री भूपध्वज अधिकारी § आर्थिक ऐनले आयकर प्रयोजनका लागि गरेको व्यवस्था र त्यसरी आयकर तिरेको अवस्थामा स्वयं घोषणा गरिएको सम्पत्तिको स्रोतको बारेमा कुनैपनि प्रयोजनका लागि छानबीन नगरिने भनिएको कुरालाई आधार बनाई आयकरबाहेक अन्य कुनै पनि प्रयोजनका लागि समेत सम्पत्तिको स्रोत खोज्न नसकिने गरी विस्तार गर्न नसकिने । (प्रकरण नं.६) § जग्गा जमीनको मूल्य समयक्रममा परिवर्तन हुनु स्वाभाविकै देखिन्छ । जहाँसम्म विवादित कित्ता जग्गाहरूको मूल्य र त्यसको स्रोतको पहिचान गर्ने सन्दर्भ आउँछ, त्यो स्वभावतः खरीद वा प्राप्त गरिएकै समयको मूल्यमा आधारित हुनुपर्ने । (प्रकरण नं.१३) § आधिकारिक निकायमा रीतपूर्वक रजिष्ट्रेशन दस्तूर समेत बुझाई पारित गरी लिएको लिखतलाई अप्रमाणित दावीकै भरमा अन्यथा संज्ञा दिन नमिल्ने । (प्रकरण नं.१४) § न्यायोचित अनुमान शून्यताको उपज नभई त्यसलाई कुनै न कुनै तथ्यले समर्थन गरेकै हुनुपर्ने । (प्रकरण नं.२४) § अनुसन्धानका क्रममा आएका कुराहरू र प्रतिवादीले प्रमाण पुर्याउने गरी आएका कुरा बाहेक अन्य प्रमाणहरूको खोजी गर्ने कार्य पुनरावेदन तहबाट हुन पनि सक्दैन । संकलित तथ्य एवं प्रमाणहरूबाट प्रमाणित हुनुपर्ने र यकीन गरिनुपर्ने विषयमा कोरा अनुमानबाट निर्क्यौलमा पुग्न सकिँदैन । न्यायोचित अनुमानको जिकीर लिनेले त्यसका स्पष्ट आधारहरू खुलाउन सक्नु पर्ने । § नेपाल राष्ट्र बैंकबाट प्रकाशित Income and Employment Generation in Nepalमा उल्लेख भएका विषय समग्र राष्ट्रिय क्रियाकलाप र तथ्याङ्कमा आधारित भएकाले त्यो तथ्याङ्क सबै संस्थाका लागि निरपेक्ष रुपमा आधार बनाउन मिल्ने विषय बन्दैन । त्यसलाई आधार बनाउनु पर्ने भन्ने दावी गर्दा आफ्ना क्रियाकलाप र त्यसलाई Support गर्ने लिखत, अभिलेख वा वैज्ञानिक र वस्तुगत विवरणहरूसँगको तादाम्यता देखिनै पर्ने । (प्रकरण नं.२५) § एकासगोलमा रहेका बाबु छोराबीच एकबाट आर्जित सम्पत्ति अर्कोको नाममा राख्ने वा रहने प्रक्रिया अत्यन्त स्वाभाविक मानिन्छ, त्यत्तिकै भरमा एकको आपराधिक क्रियामा अर्को पनि संलग्न थियो भनी स्वतः अनुमान गर्न नमिल्ने । § वैध रुपमा नै आय आर्जन गर्नसक्ने हैसियतमा रहेका आफ्ना बाबुले आर्जन गरेको सम्पत्ति छोराको नाममा राख्दा छोरालाई सो आयको वैधता अवैधताको जानकारी हुन्छ नै भनी मान्न नसकिने । (प्रकरण नं.२९) पुनरावेदक वादी तर्फबाटः विद्वान उपन्यायाधिवक्ता श्री धर्मराज पौडेल र श्री हरिप्रसाद रेग्मी प्रत्यर्थी प्रतिवादी तर्फबाटः विद्वान वरिष्ठ अधिवक्ताद्वय श्री महादेवप्रसाद यादव र श्री हरिहर दाहाल, विद्वान अधिवक्ताहरू श्री अनिलक