निर्णय नं. ८४९६ - उत्प्रेषण समेत
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८४९६ - उत्प्रेषण समेत भाग: ५२ साल: २०६७ महिना: फागुन अंक: ११ फैसला मिति :२०६७/०७/११ ५२४३ निर्णय नं. ८४९६ ने.का.प. २०६७ अङ्क ११ सर्वोच्च अदालत, पूर्ण इजलास माननीय न्यायाधीश श्री बलराम के.सी. माननीय न्यायाधीश श्री रणबहादुर बम माननीय न्यायाधीश श्री प्रकाश वस्ती पुनरावलोकन नं. २०६६—NF—०००४ आदेश मितिः २०६७।७।११।५ विषय :- उत्प्रेषण समेत निवेदकः सीता निम्न माध्यमिक विद्यालय छिप्रा हुम्लाका प्रा.वि. शिक्षक भिमप्रसाद लामिछाने विरुद्धे विपक्षीः जिल्ला शिक्षा कार्यालय, हुम्ला समेत अघि आदेश गर्ने : सर्वोच्च अदालतः मा.न्या.श्री अनूपराज शर्मा मा.न्या.श्री परमानन्द झा § आचारसंहिता अर्थात् आचरणविपरीत काम गरेमा शिक्षकलाई सेवा शर्तसम्बन्धी कानूनअनुसार कारवाही र सजाय हुन सक्दछ । आचरणविपरीत काम गर्ने शिक्षक होस् वा कर्मचारी दुवैलाई कारवाही नगर्ने हो भने संगठन वा विद्यालय छाडा, अनुशासन हिन र अस्तव्यस्त हुनजाने । (प्रकरण नं.५) § कुनै संगठनमा कार्यरत् कर्मचारी वा व्यक्ति वा शिक्षकले आचरणविपरीत कार्य गर्यो भन्दैमा कारवाही गर्ने अधिकारी जसमा कारवाही गर्न सक्ने अधिकार छ उसले पनि जानेर वा नजानेर गल्ती गर्न नसक्ने । (प्रकरण नं.६) § विभागीय कारवाही गर्नुपर्दा केही न्यूनतम् मान्यताहरूको पालना अख्तियारवालाबाट हुनुपर्छ । विभागीय कारवाही गर्नुपर्दा आचरणविपरीत काम गर्ने व्यक्तिलाई उसँग कारवाही गर्न परेको कारण र आधारसहित स्पष्टीकरण माग्नु पर्ने एवं यस्तो कारवाही गर्न लागेको कुरा निजले थाहा पाउने गरी सूचित गरिएको हुनुपर्ने । § विदा स्वीकृत नगराई अनुपस्थित रहेमा आचरणविपरीत काम गरेको र कर्तव्य पालनामा लापरवाही गरेका आधारमा विभागीय कारवाही गर्न सकिने भएतापनि कारवाही गर्न नपर्ने कारण केही भए प्रमाणसहित सम्बन्धित व्यक्तिलाई आफ्नो कुरा राख्ने वा भन्ने मौका प्रदान गर्नुपर्ने । (प्रकरण नं.७) § यदि निवेदकलाई लागू हुने सेवा शर्तसम्बन्धी कानूनमा विभागीय कारवाही भएको कर्मचारीले मुद्दा गरी विभागीय कारवाही गर्ने निर्णय अदालतबाट बदर भएमा बीचको अवधिको तलब भत्तालगायतको सम्पूर्ण सुविधा पाउने कानूनी व्यवस्था भएमा विभागीय कारवाही गर्ने निर्णय बदर भएपछि त्यस्तो सम्पूर्ण सुविधा प्राप्त गर्दछ । तर यदि सोसम्बन्धी विषयमा सेवा शर्तसम्बन्धी कानूनमा त्यस्तो व्यवस्था छैन भने बीचको अवधिको तलब भत्तालगायतको सुविधा पाउन नसक्ने । (प्रकरण नं.८) निवेदकतर्फवाटः विद्वान वरिष्ठ अधिवक्ता श्री विश्वकान्त मैनाली, विद्वान अधिवक्ता श्री सोमकान्त मैनाली विपक्षी तर्फवाटः विद्वान सहन्यायाधिवक्ता श्री राजेन्द्र पोखरेल अवलम्वित नजीरः सम्बद्ध कानूनः § नेपालको अन्तरिम संविधान, २०६३ को धारा १२(२) § शिक्षा नियमावली, २०४९ (सातौं संशोधन सहित ) को नियम ५४(४), (९) आदेश न्या.बलराम के.सी.: यस अदालत पूर्ण इजलासको २०६६।३।१२ को आदेशानुसार न्याय प्रशासन ऐन, २०४८ को दफा ११ को उपदफा (१) को खण्ड (ख) बमोजिम पुनरावलोकन गरी हेर्ने निस्सा प्रदान भै पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र आदेश यस प्रकार छः म निवेदक शिक्षा आयोगको मिति २०४८।७।१४ गतेको निर्णयअनुसार २०४८।८।१२ गते प्रा.वि. शिक्षकमा स्थायी नियुक्ति पाएको र २०५३।१।१ देखि श्री सीता प्रा.वि. हुम्लामा सरुवा भै उक्त विद्यालयमा अध्यापन गर्दै आएको थिएँ । २०५७ सालको अर्धवार्षिक परीक्षा समाप्त भएपछि मिति २०५७।८।१५ गतेदेखि नियमले पाउनु पर्ने विरामी विदा र भैपरी आउने विदा विद्यालयको व्यव