निर्णय नं. ८४९७ - नामसारी हक कायम समेत
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८४९७ - नामसारी हक कायम समेत भाग: ५२ साल: २०६७ महिना: फागुन अंक: ११ फैसला मिति :२०६७/०३/०३ ४१७२ निर्णय नं. ८४९७ ने.का.प. २०६७ अङ्क ११ सर्वोच्च अदालत, पूर्ण इजलास माननीय न्यायाधीश श्री तपबहादुर मगर माननीय न्यायाधीश श्री रामकुमारप्रसाद शाह माननीय न्यायाधीश श्री गौरी ढकाल संवत् २०६५–NF–००२७, ००२८ आदेश मितिः २०६७।३।३।५ मुद्दा : नामसारी हक कायम समेत । पुनरावेदक वादीः जिल्ला झापा दुवागढी गा.वि.स.वडा नं. ५ बस्ने हेमसरी राजवंशीको मु.स.गर्ने तालपरी राजवंशी बिरुद्ध प्रत्यर्थी प्रतिवादीः जिल्ला झापा, दुवागढी गा.वि.स.वडा नं. ५ बस्ने रिसो राजवंशी समेत पुनरावेदक/प्रतिवादीः जिल्ला झापा, दुवागढी गा.वि.स.वडा नं. ५ बस्ने रिसो राजवंशी समेत बिरुद्ध प्रत्यर्थी/वादीः जिल्ला झापा दुवागढी गा.वि.स.वडा नं. ५ बस्ने हेमसरी राजवंशीको मु.स. गर्ने तालपरी राजवंशी अघि मुद्दा छिन्ने मा.जि.न्या.श्री विष्णुप्रसाद पौडेल पुनरावेदन फैसला गर्नेः मा.का.मु.मुख्य न्यायाधीश श्री राजेन्द्रकुमार भण्डारी मा.न्या.श्री दीपकराज जोशी सर्वोच्च अदालत संयुक्त इजलासः मा.न्या.श्री बद्रीकुमार बस्नेत मा.न्या.श्री परमानन्द झा § अंशियार कानूनबमोजिम छुट्टी भिन्न भै अंश लिई अलग बसेको भन्ने नदेखिएको अवस्थामा सगोलको सम्पत्ति समान हाँगाका जीवित अंशियारका नाउँमा नामसारी हुने कुरामा विवाद हुन नसक्ने । (प्रकरण नं.३) § सगोलका अंशियारहरू बीच बण्डा नलाग्ने वा आफ्नो मात्र हक लाग्ने भन्नलाई यस प्रकारको लिखत व्यहोराले निजी आर्जनको हो अन्य कसैको हक लाग्दैन भनी दावी जिकीर लिनेले पुष्टि गर्नुपर्ने । (प्रकरण नं.४) § समान पुस्ताका अंशियारहरू मध्ये जसको नाममा दर्ता रहेको सम्पत्ति भए पनि मूल अंशीपछिको अर्को पुस्ताका छोरीहरूको नाममा हक कायम नामसारी हुन नसक्ने । (प्रकरण नं.५) पुनरावेदन वादी तर्फबाटः विद्वान अधिवक्ताहरू श्री अर्जुन कँडेल र श्री श्रीभक्त भडेल प्रत्यर्थी प्रतिवादी तर्फबाटः विद्वान अधिवक्ता श्री नारायणप्रसाद दुवाडी अवलम्बित नजीरः § नेकाप २०४५, नि.नं. ३३५२, पृष्ठ ९६ सम्बद्ध कानूनः § अपुतालीको २ नं. आदेश न्या.तपबहादुर मगरः यस अदालत पूर्ण इजलासको २०६५।८।२५ को आदेशानुसार न्याय प्रशासन ऐन, २०४८ को दफा ११(१)(ख) बमोजिम पुनरावलोकनको निस्सा प्रदान भै पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छ :– मेरा पति ज्ञान्दा राजवंशीको २ परिवारमा जेठी श्रीमती वादो राजवंशी र कान्छी म फिरादी हुँ । हामी दुवैवाट छोरा नभई विपक्षीमध्येका छोरीहरू रिसो, उपासी र मृत्यु भएको सन्दी राजवंशी समेत ३ जना छोरीहरू दिदी वादो राजवंशीतर्फवाट र म तर्फवाट १ छोरी तालपरी हुन् । तालपरी र उपासीको विवाह हुन बाँकी छ । पति २०४३।१०।१८ मा र दिदी वादो राजवंशी पनि २०४५।१०।४ मा परलोक हुनुभयो । हामी ३ जना अंशियारबीच अंशबण्डा नभएको र वादो राजवंशी नाउँ दर्ताको जिल्ला झापा, दुवागढी गा.वि.स. वडा नं. ५ को कि.नं. ३१७ र ३१९ समेतको जम्मा जग्गा विगाहा ०–५–० अपुतालीको २ नं.ले मेरो हकमा नामसारी भई आउने हुँदा मालपोत कार्यालयमा मेरो निवेदन पर्दा हाम्रो पनि हक लाग्ने सम्पत्ति हो भनी छोरीहरूको दावी परेको र मालपोत कार्यालयवाट हकदार कायम गरी ल्याउनु भनी तामेली आदेश भएकोले प्रस्तुत फिराद गर्न आएकी छु । श्रीमान्को आर्जनवाट सौता वादो राजवंशीको नाउँमा राखेको झापा दुवागढी वडा नं. ५ को उक्त जग्गामा सगोलका अंशियार पति र सौताको मृत्यु भैसकेको अवस्थामा मेरो मात्र