निर्णय नं. ८५२२ - लिखत बदर दर्ता ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८५२२ - लिखत बदर दर्ता । भाग: ५२ साल: २०६७ महिना: चैत्र अंक: १२ फैसला मिति :२०६७/१०/०४ ३००८ निर्णय नं. ८५२२ ने.का.प.२०६७ अङ्क १२ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री रामकुमार प्रसाद शाह माननीय न्यायाधीश श्री प्रकाश वस्ती संवत् २०६३ सालको CI–दे.पु.नं. ५८७ फैसला मितिः २०६७।१०।४।५ मुद्दा : लिखत बदर दर्ता । पुनरावेदक वादीः जिल्ला सप्तरी महदेवा गाउँ विकास समिति वार्ड नं. ९ बस्ने हिरण भन्ने हिरीयादेवी विरुद्ध विपक्षी प्रतिवादीः जिल्ला सप्तरी महदेवा गाउँ विकास समिति वार्ड नं. ९ बस्ने भुटन मण्डल शुरु फैसला गर्ने :– मा.जि.न्या.श्री महावीरप्रकाश श्रेष्ठ पुनरावेदन फैसला गर्ने :- मा.न्या.श्री गोविन्दकुमार श्रेष्ठ मा.न्या. श्री शान्तिराज सुवेदी § अनावश्यक एउटा नम्बर लेखियो भन्दैमा अन्य कानूनहरूको जिकीर अनदेखी गर्न मिल्दैन । तथ्य र कानूनको सुन्दर समायोजन नै न्याय हो । तथ्यले मुद्दाका कुनै पक्षलाई न्यायको आवश्यकता दर्शाउँछ र सारवान तथा कार्यविधि कानूनले त्यसलाई अंगीकार पनि गर्दछन् भने अति प्राविधिकतामा न्यायकर्ता रुमलिन हुँदैन । अति प्राविधिकताले यान्त्रिकतालाई प्रश्रय दिन्छ । न्याय मानवीय संवेदनामा आधारित हुनु पर्दछ । अति यान्त्रिकताले न्यायलाई पराजीत गर्ने । (प्रकरण नं.३) § कुनै व्यक्तिको सम्पत्ति निजकी पत्नी छँदाछँदै पारित लिखतका माध्यमद्वारा छुट्टी भिन्न भएको भाइको नाममा नामसारी हुन सक्दैन । छुट दर्ताको प्रक्रियाबाट प्रतिवादीको नाममा भएको दूषित दर्ता जग्गा मिच्नेको १८ नं. र जग्गा पजनीको १७ नं. को परिधिमा पर्दछ । यस्तो दर्तालाई मान्यता दिनु न्यायोचित नहुने । (प्रकरण नं.४) § न्यायकर्ताले निर्णय गर्दा त्यसले निकाल्ने निष्कर्षलाई पनि हेक्का राख्नुपर्छ । पुनरावेदन अदालतको फैसला कायम रहने हो भने एउटी विधवा नारी लोग्नेले पारित वण्डापत्रबाट पाएको सम्पत्ति निजलाई दोस्रो विवाह गरेको दाजुको सिन्दूर सतमा नरहेको मिथ्या आरोप लगाउने देवरको हुन पुग्दछ । कानूनले मद्दत गर्नै नसकिने स्थितिमा निष्कने परिणाम बेग्लै हो । तर, फिरादमा उल्लिखित अन्य कानूनले न्याय दिन सकिन्छ भने न्यायकर्ता प्राविधिकता र यान्त्रिकतामा जकडिनु अनुचित हुने । (प्रकरण नं.५) पुनरावेदक वादी तर्फबाटः विद्वान अधिवक्ता श्री मिथिलेशकुमार सिँह विपक्षी प्रतिवादी तर्फबाटः विद्वान अधिवक्ता श्री सुनिलकुमार पोखरेल अवलम्बित नजीरः सम्बद्ध कानूनः § अ.वं. ३६, ८२ र ८६ नं. § जग्गा मिच्नेको १८ नं. § जग्गा पजनीको १७ नं. फैसला न्या.प्रकाश वस्तीः पुनरावेदन अदालत राजविराजको मिति २०६३।१।२४ को फैसलाउपर वादीको पुनरावेदन परी आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण एवं ठहर निम्न छ :– मेरो हकभोगमा रहेको सा.कि.नं.९७१, ९७८, ९८१ गरी जम्मा ०–१–४ जग्गामा विपक्षी भुटनले छुट जग्गा दर्ता गरिपाऊँ भनी मालपोत कार्यालय सप्तरीमा कारवाही गरी दर्ता समेत गराएकोले मेरो अंश एवं भोग रहेको जग्गा चुपचाप रुपमा कारवाही चलाई विपक्षीको नाममा दर्ता गर्ने गरी भएको मालपोत कार्यालय सप्तरीको टिप्पणी आदेश र सोको आधारमा प्राप्त ज.ध.प्र. पूर्जा समेत वदर गरी हकभोग कायम समेत गरिपाऊँ भन्ने समेत व्यहोराको फिराद दावी । सोनाई मण्डलको अपुताली हक खाने विपक्षीलाई अधिकार छैन । सोनाईको मृत्युपश्चात् सोनाईको सत्य सिंदुरमा छैन । सत्य डगाई जिल्ला सप्तरी वरुह चपेना ९ वस्ने रामेश्वर मण्डलसँग पोइल गैसकेकी छन् । हक दैयाविहीन नालेस खारेज गरिपाऊँ भन्ने समेत प्