निर्णय नं. ८४९८ - उत्प्रेषण समेत

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८४९८ - उत्प्रेषण समेत भाग: ५२ साल: २०६७ महिना: फागुन अंक: ११ फैसला मिति :२०६७/०६/०७ ३३६६ निर्णय नं. ८४९८ ने.का.प. २०६७ अङ्क ११ सर्वोच्च अदालत, विशेष इजलास माननीय न्यायाधीश श्री दामोदरप्रसाद शर्मा माननीय न्यायाधीश श्री ताहिर अली अन्सारी माननीय न्यायाधीश श्री अबधेशकुमार यादव रिट नं. २०६६ –WS– ००३४ आदेश मितिः २०६७।६।७।५ विषय :— उत्प्रेषण समेत । निवेदकः दैलेख जिल्ला, खडकबाडा गा.वि.स. वडा नं. ५ घर भै स्वास्थ्य सेवा विभागअन्तर्गत तह ६ मा कार्यरत् बलराम खत्री समेत विरुद्ध विपक्षीः प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरवार समेत § वरिष्ठ पाचौँ तह भनेको पनि पाचौँ तह नै भएको हुँदा पाचौँ तहबाट स्तरवृद्धि (अपग्रेड) भएर छैठौं तहमा नै जानुपर्ने हुन्छ, पाँचौं तहबाट एकैचोटी सातौं तहको अपेक्षा गर्न मिल्ने हुँदैन । यस्तो अपेक्षालाई न्यायोचित अपेक्षा (Legitimate Expectation) को संज्ञा दिन नसकिने । (प्रकरण नं.३) § स्तरवृद्धि कर्मचारीको वृत्ति विकाससँग सम्बन्धित विषय हो, त्यसरी वृत्ति विकासको ढोका खोल्ने कानूनी व्यवस्थाको गलत व्याख्या गरी त्यसलाई संविधानको पेशा, रोजगार गर्ने स्वतन्त्रता प्रतिकूल भन्नु पेशा रोजगार गर्ने स्वतन्त्रताको अपव्याख्या हुनजाने । § कुनै कानूनले समान अवस्थामा रहेका व्यक्तिहरूलाई समान व्यवहारको प्रत्याभूति प्रदान गरेको अवस्थामा त्यसलाई अन्यथा भनी अनुमान गरिँदैन । कुनै पनि कानूनको अर्थ र व्याख्या गर्दा सहज र स्वाभाविक अर्थवोध हुने गरी सकारात्मक रुपमा अर्थ लगाई व्याख्या गर्नुपर्ने । § (प्रकरण नं.४) § स्तरवृद्धि (अपग्रेड) सम्बन्धी कानूनी व्यवस्थाबाट स्वास्थ्य सेवाका सम्पूर्ण कर्मचारीहरूलाई प्रदान गरिएको वृत्ति विकासको अवसरलाई अबरुद्ध तुल्याउने गरी कानूनको व्याख्या गर्न नमिल्ने । (प्रकरण नं.५) निवेदक तर्फबाटः विद्वान वरिष्ठ अधिवक्ता श्री हरिहर दाहाल विपक्षी तर्फबाटः विद्वान सहन्यायाधिवक्ता श्री राजेन्द्रकुमार पोखरेल अवलम्बित नजीरः सम्बद्ध कानूनः § नेपालको अन्तरिम संविधान २०६३ को धारा १२ को उपधारा (३) को खण्ड (च) र १३(१) § नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ को दफा ९(७क) को खण्ड (छ) र (ज) आदेश न्या.दामोदरप्रसाद शर्माः नेपालको अन्तरिम संविधान, २०६३ को धारा १०७ को उपधारा (१) र (२) अनुसार यस अदालतमा दायर भै पेश हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार रहेको छः हामी निवेदकहरू वरिष्ठ पाँचौ तहमा कार्य गरी आई रहेकोमा स्तरबृद्धिबाट छैठौं तहमा कार्यरत् छौं । प्रत्यर्थी नेपाल सरकारबाट साविकको नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ मा तेस्रो संशोधन भई मिति २०६३।८।२२ देखि लागू भएको संशोधित दफा ४ मा स्वास्थ्य सेवा विभागमा छैठौंदेखि बाह्रौं तहसम्म अधिकृत स्तर र तेस्रोदेखि पाँचौं तहसम्मका सहायकस्तरका कर्मचारी रहने व्यवस्था गरेको छ भने दफा ९ को उपदफा (७क) मा स्वास्थ्य सेवामा कार्यरत् कर्मचारीको स्तरबृद्धि सम्बन्धी कानूनी व्यवस्था समेत रहेको छ । सो कानूनी व्यवस्थाबमोजिम ऐ.ऐनको दफा ९ को उपदफा (७क) को खण्ड (छ) मा यो दफा प्रारम्भ हुनुअघि पाँचौं तह र बरिष्ठ पाँचौं तहमा दश वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीलाई सम्बन्धित समूहको छैठौं तहमा र यसैगरी ऐ.ऐनको दफा ९ को उपदफा (७क) को खण्ड (ज) मा यो दफा प्रारम्भ हुनुअघि पाँचौं तहमा शुरु नियुक्ति भई सो तहमा स्तर बृद्धि गर्ने नयाँ कानूनी व्यवस्था भए रहेको छ । प्रत्यर्थी नेपाल सरकारबाट साविकको नेपाल स्वास्थ्य सेवा