निर्णय नं. ८५२४ - वन अतिक्रमण ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८५२४ - वन अतिक्रमण । भाग: ५२ साल: २०६७ महिना: चैत्र अंक: १२ फैसला मिति :२०६७/०७/०७ ५३६३ निर्णय नं. ८५२४ ने.का.प.२०६७ अङ्क १२ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ माननीय न्यायाधीश श्री सुशीला कार्की संवत् २०६२ सालको फौ.पु.नं.३३२९ फैसला मितिः २०६७।७।७।१ मुद्दा :– वन अतिक्रमण । पुनरावेदक वादीः रेञ्जर राजेन्द्र सिंहको जाहेरी प्रतिवेदनले नेपाल सरकार विरुद्ध प्रत्यर्थी प्रतिवादीः अर्घाखांची जिल्ला, सिमलपानी गा.वि.स.वडा नं.१ बस्ने जंगबहादुर ठेडी मगर शुरु फैसला गर्ने : का.मु.जि.व. अधिकृत श्री हिरालालप्रसाद कुशवाह पुनरावेदन अदालत बुटवल फैसला गर्ने : मा.न्या. श्री प्रेम शर्मा मा.न्या. श्री रामप्रसाद खनाल § मन्त्रीस्तरको निर्णयको आदेशबाट अधिकारक्षेत्र सिर्जना हुन नसक्ने । (प्रकरण नं.३) § मुद्दा चलाउने अधिकारी तथा मुद्दा हेर्ने निकाय समेत विधिसम्मत रुपमा हुनुपर्दछ नत्र जसलाई पनि जसले पनि अधिकारक्षेत्र बाहिर गै मुद्दा चलाए पनि हुने अवस्था रहने हुन्छ । अतः अधिकारक्षेत्र कानूनद्वारा नै स्थापित हुने यस्तो अवस्थामा मन्त्रीबाट भएको भनिएको निर्णयको आधारमा अधिकारक्षेत्र स्थापित हुन नसक्ने भएबाट उक्त मन्त्रीको आदेशबाट स्थापित अधिकारक्षेत्रको आधारमा निर्णय हुने कार्य समेत कानूनसम्मत नदेखिने । (प्रकरण नं.४) पुनरावेदक वादी तर्फबाटः प्रत्यर्थी प्रतिवादी तर्फबाटः अवलम्बित नजीरः सम्बद्ध कानूनः § न्याय प्रशासन ऐन, २०४८ को दफा १४(१) § अ.वं. २९(१) फैसला न्या.कल्याण श्रेष्ठः न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) बमोजिम पुनरावेदन अदालत बुटवलको मिति २०६२।३।२८ को फैसलाउपर वादी नेपाल सरकारको तर्फबाट पुनरावेदन परी निर्णयार्थ पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छ :– मिति २०५२।१।१४ गतेका दिन वनका कर्मचारीहरूका पूर्व कोठी नदी, पश्चिम पहाड ढिक, उत्तर कोठी नदी, दक्षिण जंगल यति चार किल्लाभित्रको वठेनी भन्ने ठाउँमा अन्दाजी एक कठ्ठा जति राष्ट्रिय वनजंगलमा अनियमित तरिकाबाट साना–साना झाडीहरू काटिरहेको अवस्थामा जंगबहादुर ठेडी मगरलाई पक्राउ गरिएको भन्ने मिति २०५२।१।१४ को प्रतिवेदन । राष्ट्रिय वनजंगलमा स–साना पोथ्रा काटेको देखिन्छ तर जग्गा खनजोत गरेको देखिँदैन । जगबहादुरसँग कुनै प्रमाण भए नभएको थाहा छैन भनी वाणगंगा गा.वि.स.वडा नं.६ बस्ने कर्णबहादुर थापा समेतका जना पाँचले मिति २०५२।२।४ मा गरिदिएको एउटै मिलानको सर्जमिन मुचुल्का । मैले मेरो घर नजीकै वठेनी भन्ने सरकारी वन क्षेत्रमा स–साना वुट्यान फाडेको हो तर उक्त ठाउँमा मैले आगो लगाएको होइन । पहिलेको जग्गा भन्दा एक कठ्ठा जति जग्गा बढाएको छु । मैले सरकारी जग्गा अतिक्रमण गरेकोले मलाई वन कर्मचारीले पक्राउ गरेको हुन् भन्ने इकाई वन कार्यालयमा र शुरु कार्यालयमा वन मुद्दा भएको हुँदा तारेखमा आइरहेको अवस्थामा वन कर्मचारी गस्ती टोलीले पक्राउ गरेको हो । मुद्दा परेको पुरानो जग्गा खनजोत गरेको छु । अरु हानि नोक्सानी गरेको छैन । पुरानो मुद्दा परेको जग्गा खनजोत गरेको छु । सोही बारेमा पक्राउ गरी ल्याएको हुनसक्छ भनी शुरु अदालतमा जगबहादुर ठेडी मगरले गरेको बयान । पेश भएका सम्पूर्ण कागजात प्रतिवेदन साबित बयान सर्जमिनको बकाई समेतबाट निज जगबहादुर ठेडी मगरले वन ऐन, २०४९ अन्तर्गतको कसूर गरेको देखिँदा सोही ऐनको दफा ५० को उपदफा १ को खण्ड (क) बमोजिम निज जगबहादुर ठेडी मगरलाई रु.१०,०००।– जरीवाना र एक वर्ष कैदको सज