निर्णय नं. ८५०० - उत्प्रेषण समेत
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८५०० - उत्प्रेषण समेत भाग: ५२ साल: २०६७ महिना: फागुन अंक: ११ फैसला मिति :२०६७/०२/०६ २९२० निर्णय नं. ८५०० ने.का.प. २०६७ अङ्क ११ सर्वोच्च अदालत विशेष इजलास माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ माननीय न्यायाधीश श्री गिरीश चन्द्र लाल माननीय न्यायाधीश श्री भरतराज उप्रेती २०६६–WS–००२७ आदेश मितिः २०६७।२।६।५ विषयः– उत्प्रेषण समेत । निवेदकः वारा जिल्ला छतवा गा.वि.स.वडा नं. ४ बस्ने रामलगनप्रसाद यादव विरुद्ध विपक्षीः व्यवस्थापिका संसद सचिवालय समेत § थप गरिएको व्यवस्थाका सम्बन्धमा सामान्य प्राविधिक त्रुटि हुँदैमा ती व्यवस्थाहरू नियमको व्यवस्थाअन्तर्गत क्रियाशील नहुनु पर्ने अथवा स्वतन्त्र कानूनी वल वा हैसियत नहुनु पर्ने कुनै कारण र आधार नदेखिने । § ऐनले दिएको प्रत्यायोजित अधिकारको अख्तियारी प्रयोग गरी नियम संशोधन गर्नसक्ने नेपाल सरकारको अधिकारलाई सीमित गर्न नसक्ने । (प्रकरण नं.१०) § ३० वर्ष सेवा अवधि पुगेका प्रहरी कर्मचारीलाई नेपाल सरकारले चाहेमा दुई वर्ष सेवा अवधि थप गर्नसक्ने प्रहरी नियमावली, २०४९ को साविकको व्यवस्थालाई स्वीकार गर्ने निवेदकले हालको सोही संशोधित व्यवस्थालाई संविधानसँग बाझिएको भनी चुनौती दिई अस्वीकार गर्न नमिल्ने । (प्रकरण नं.११) § सेवा अवधि २ वर्ष थप गर्ने प्रथम संशोधनद्वारा संशोधित नियमको व्यवस्था आफूअनुकूल रहेको अवस्थामा संविधानसम्मत हुने र स्वतः अवकाशसम्बन्धी प्रहरी नियमावली, २०४९ को सोह्रौं संशोधनको हालको व्यवस्था आफ्नो प्रतिकूल रहेको भनी लिएको निवेदन दावीमा मागबमोजिम कुनै आदेश जारी हुन नसक्ने । (प्रकरण नं.१२) निवेदक तर्फबाटः विद्वान वरिष्ठ अधिवक्ता श्री महादेवप्रसाद यादव, विद्वान अधिवक्ताद्वय श्री खगेन्द्रप्रसाद अधिकारी र श्री टीकाराम भट्टराई प्रत्यर्थी तर्फबाटः विद्वान सहन्यायाधिवक्ता श्री महेश शर्मा पौडेल अवलम्बित नजीरः सम्बद्ध कानूनः § नेपालको अन्तरिम संविधान, २०६३ को धारा १५३, धारा १२(२) (च), १३(१), १८, १९ र १५३ § प्रहरी नियमावली, २०४९ को नियम ९८, ९८(१), (४) र (४क) § प्रहरी ऐन, २०१२ दफा ११, ११(क), ३९ आदेश न्या.कल्याण श्रेष्ठः नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३२ र १०७(१) र (२) अन्तर्गत दायर भएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य र आदेश यस प्रकार छ :– निवेदक २०३५।९।१७ देखि प्रहरी सहायक निरीक्षक पदमा नियुक्ति भई वढुवा हुँदै सेवारत रहेकै अवस्थामा २०६४।९।३० को निर्णयले प्रहरी उपरीक्षक पदमा बढुवा भै कार्यरत् रहेको छु । प्रहरी नियमावली, २०४९ को नियम ९८ मा २०५०।६।१८ को पहिलो संशोधनले गरेको कानूनी व्यवस्था र २०६५।९।१६ को नेपाल सरकारको निर्णयले उमेरको हद ननाघ्ने गरी २०६५।९।१७ बाट २ वर्षको सेवा अवधि थप भै जिल्ला प्रहरी कार्यालय बर्दियामा कार्यरत् रहेको थिएँ । यसैक्रममा नेपाल सरकारका प्रत्यर्थी निकायहरूले प्रहरी नियमावलीमा २०६६।९।१ मा सोह्रौं संशोधन गरी सेवाका शर्तहरूमा भूतलक्षी परिवर्तन गरी २०६६।९।२ सम्म ड्युटीमा रहेको निवेदकलाई २०६६।९।१ देखि नै लागू हुने गरी अवकाश दिइयो । प्रहरी नियमावली, २०४९ को (सोह्रौं संशोधन) २०६६ को देहाय ३ अनुसार संशोधित नियमावली प्रारम्भ हुनु अघि ३० वर्ष अवधि पूरा भै सेवा अवधि थप गरिएका प्रहरी कर्मचारीको सेवा अवधि जतिसुकै बाँकी रहेको भएता पनि यो नियमावली प्रारम्भ भएपछि निजले सरकारी सेवावाट स्वतः अवकाश पाउनेछन् भनी गरिएको व्यवस्थाअनुसार नियम ९८.१ बमोजिम प्रहरी सेवावाट अनिवार्य अवकाश गरिएको जानकारी गराईन्छ भनी