निर्णय नं. ८५२५ - कर्तव्य ज्यान ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८५२५ - कर्तव्य ज्यान । भाग: ५२ साल: २०६७ महिना: चैत्र अंक: १२ फैसला मिति :२०६७/०७/१६ ८४६४ निर्णय नं.८५२५ ने.का.प.२०६७ अङ्क १२ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ माननीय न्यायाधीश श्री प्रकाश वस्ती संवत् २०६४ सालको CR–०३७८ फैसला मितिः २०६७।७।१६।३ मुद्दा : कर्तव्य ज्यान । पुनरावेदक प्रतिवादीः सिरहा जिल्ला, लहान नगरपालिका वडा नं.३ घर भै कारागार शाखा सिरहामा थुनामा रहेका जागेश्वर कामैत विरुद्ध प्रत्यर्थी वादीः राम नारायण कामैतको जाहेरीले नेपाल सरकार शुरु सिरहा जिल्ला अदालतः मा.न्या. श्री दीपककुमार कार्की पुनरावेदन फैसला गर्ने : मा.मु.न्या.श्री वैद्यनाथ उपाध्याय मा.न्या. श्री शम्भुबहादुर कार्की § वारदात भएपछि जाहेरी पर्नुभन्दा अगाडिसम्मको झन्डै एक हप्तासम्मको अवधिमा खडा भएका कुनै पनि कागजपत्रमा उक्त वारदात निज प्रतिवादीले घटाएका हुन् वा उक्त वारदातमा निजको संलग्नता रहेको तथा निजले बचन दिएको भनी कोही कसैले लेखाउन एवं खुलाउन सकेको पाइँदैन । त्यस्तो जाहेरी दरखास्त स्वंयलाई मौकामा व्यक्त गरेको कुराको रुपमा प्रमाणमा ग्रहण गर्न नमिल्ने । § कुनै वारदात भएपश्चात् पनि त्यस्तो वारदात गर्ने गराउने व्यक्तिका विरुद्ध पीडित पक्षबाट स्वाभाविक रुपमा किटानी अभिव्यक्ति आउनुपर्दछ तबमात्र त्यस्तो अभिव्यक्तिलाई विश्वसनीय प्रमाणको रुपमा ग्रहण गर्न मिल्ने देखिन्छ । आफू विरुद्ध वारदात घटाउने व्यक्तिको परिचय कि त नचिनेको भए वा अन्य कुनै डर धाक धम्की भएको अवस्थामा बाहेक त्यस्तो व्यक्तिको नाम त्यस्तो वारदातबाट पीडित परिवारले तुरुन्तै उल्लेख गर्न सक्नुपर्ने । (प्रकरण नं.३) § जाहेरी व्यहोरा प्रमाण ग्राह्य हुनको लागि त्यसलाई अन्य स्वतन्त्र प्रमाणहरूबाट पुष्टि हुन आवश्यक देखिन्छ । सोका अलावा जाहेरी पनि युक्तियुक्त रुपमा विश्वसनीय देखिनु आफैमा अपरिहार्य पनि हुन्छ । जाहेरी व्यहोरा यर्थाथपरक हुनको लागि महत्वपूर्ण तत्व भनेको सो जाहेरी वारदात भएको समयदेखि अनुचित विलम्ब गरी दायर गरेको हुनुहुँदैन । अनुचित विलम्ब गरी दिइएको जाहेरी व्यहोरालाई प्रमाण मूल्याङ्कनको कसीमा खरो उत्रनको लागि अन्य स्वतन्त्र प्रमाणहरूबाट पुष्टि हुन जरुरी हुने । § कुनै वारदातको बारेमा वारदात हुनासाथ जाहेरी नदिई केही समयको विलम्ब गरी पछिबाट सोच विचार गरी किटान गरी दिएको (After thought statement) जाहेरीलाई प्रमाण मूल्याङ्कनको रोहमा उच्चस्तरको प्रमाण मान्न मिल्ने देखिँदैन र त्यस्तो जाहेरी व्यहोरालाई प्रमाणित गर्ने गरी भएका बकपत्र व्यहोरा समेतलाई सोहीबमोजिम हेर्नुपर्ने । (प्रकरण नं.४) § अधिकारप्राप्त अधिकारीसमक्षको बयान व्यहोरालाई अन्य स्वतन्त्र प्रमाणबाट पुष्टि हुन नसकेसम्म सो बयान व्यहोरालाई प्रमाणमा लिइनु मनासिब नदेखिने । § प्रतिवादीले तेस्रो व्यक्तिलाई प्रयोग गरी वारदात गराएको भए आफू सो वारदातस्थलमा उपस्थित हुनुपर्ने कुनै तार्किक आधार देखिँदैन । आपराधिक मत वा सल्लाहमा पसेको व्यक्ति वारदातपश्चात् वारदातस्थलमा नै बसी उद्धार कार्यमा संलग्न हुन्छ भन्ने कुरा विश्वसनीय नहुँने । § (प्रकरण नं.६) पुनरावेदक प्रतिवादी तर्फबाटःविद्वान वरिष्ठ अधिवक्ताहरू श्री शम्भु थापा, श्री सीताराम तिवारी, विद्वान अधिवक्ताहरू श्री कृष्णप्रसाद सापकोटा, श्री सतिशकृष्ण खरेल, श्री भोजेन्द्रबहादुर खत्री, श्री शेखरकुमार जोशी र श्री कुमुद भटृराई प्रत्यर्थी वादी तर्फबाटः विद्वान नायव महान्यायाधिवक्ता श्री प्रेमराज कार्की