निर्णय नं. ८५०१ - अंश चलन
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८५०१ - अंश चलन भाग: ५२ साल: २०६७ महिना: फागुन अंक: ११ फैसला मिति :२०६७/०२/२६ ४३६४ निर्णय नं. ८५०१ ने.का.प. २०६७ अङ्क ११ सर्वोच्च अदालत, संयुक्त इजलास सम्माननीय प्रधान न्यायाधीश श्री रामप्रसाद श्रेष्ठ माननीय न्यायाधीश श्री ताहिर अली अन्सारी संवत् २०६३ सालको दे.पु.नं.१०२२ फैसला मितिः २०६७।२।२६।४ मुद्दा :– अंश चलन । पुनरावेदक प्रतिवादीः जिल्ला सुनसरी, डुम्राहा गा.वि.स.वडा नं. ९ बस्ने सीतादेवी ठाकुर समेत विरुद्ध प्रत्यर्थी वादीः जिल्ला सुनसरी डुम्राहा गा.वि.स.वडा नं. ६ वस्ने बुधनी ठाकुर § विशेषज्ञको राय वा प्रतिवेदन कुनै कुरा, तथ्य वा घटना प्रमाणित गर्न एक्लो निर्णायक प्रमाण (Single Detrimental Evidence) नभए पनि त्यो एउटा महत्त्वपूर्ण प्रमाण हो र अन्य प्रमाणसँग मिलेमा, साक्षी वकपत्र वा पक्षको भनाईसँग मिल्न भिड्न आएमा विशेषज्ञको प्रतिवेदनले ठोस र निर्णायक प्रमाणको रुप ग्रहण गर्ने । § विशेषज्ञको विशेषज्ञता र दक्षता विवादरहित हुनुका अतिरिक्त निजले ठीक, निश्चित, असन्दिग्ध वा द्विविधाविहीन ढंगले अदालतमा आई वकपत्र पनि गरेको हुनुपर्ने । (प्रकरण नं.४) § विशेषज्ञको राय, प्रतिवेदन निश्चित, ठोस् र वैज्ञानिक तर्कहरू र रसायनिक परीक्षणबाट निकालिएको निष्कर्षहरूमा आधारित रहनुका अतिरिक्त विशेषज्ञले अदालतमा आई परीक्षण प्रक्रिया र निष्कर्ष एवं प्रतिवेदनलाई पुष्ट्याँई हुने गरी स्पष्ट एवं द्विविधारहित ढंगले वकपत्र गरी दिएको अवस्था भएमा यस्तो प्रतिवेदनलाई प्रमाणको रुपमा ग्रहण गर्नुपर्ने । (प्रकरण नं.५) § मुद्दा परिसकेपश्चात् आफु अनुकूल प्रमाण सिर्जना गर्दै जाने र अदालतले पनि त्यस्ता प्रमाणलाई मान्यता दिंदै जाने हो भने न्याय निरुपणको कार्य जटिल बन्न पुग्ने । § विवादमा रहेको तथ्यलाई नै फरक पार्ने किसिमबाट पछि सिर्जना गरेको प्रमाणलाई न्यायको रोहमा प्रमाणिक महत्त्व दिइँदैन । कुनै पनि लिखतमा वा लिखत खडा हुने प्रक्रियाको कुनै चरणमा अर्को पक्षको स्वीकारोक्ति वा संलग्नता रहेको नदेखिएको अवस्थामा मुद्दा परेपछि एकतर्फी ढंगले सिर्जना गरिएको प्रमाणको आधारमा नाता र अंशसम्बन्धी दावीको पुष्टि नहुने । (प्रकरण नं.६) शुरु फैसला गर्नेः मा.जि.न्या.श्री शेखरप्रसाद पौडेल पुनरावेदन फैसला गर्नेः मा.मु.न्या.श्री दामोदर पुरुष ढकाल मा.न्या.श्री राघवलाल वैद्य पुनरावेदक प्रतिवादी तर्फबाटः विद्वान वरिष्ठ अधिवक्ता श्री महादेवप्रसाद यादव प्रत्यर्थी वादी तर्फबाटः विद्वान अधिवक्ता श्री जगन्नाथ महतो सिंह अवलम्बित नजीरः सम्बद्ध कानूनः § प्रमाण ऐन, २०३१ को दफा २३ उपदफा (७) फैसला न्या.ताहिर अली अन्सारीः पुनरावेदन अदालत विराटनगरको फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) (क) बमोजिम मुद्दा दोहोर्याई हेर्ने निस्सा प्रदान भै पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छ :– स्वर्गीय डोमी मेरा ससुरा, प्रतिवादी सीतादेवी ठाकुर मेरी सासू, प्रतिवादी प्रेम ठाकुर र रामसागर ठाकुर मेरा देवर र बेचन ठाकुर मेरा पति नाताका हुनुहुन्छ । म र प्रतिवादी बेचन ठाकुरको बीचमा विवाह भै एकासगोलमा वसी आएको २० वर्ष भयो । हामीबाट हाल १६ वर्ष पुगेकी छोरी सरस्वतीकुमारीको जन्म भएको छ । प्रतिवादीहरू र म वादी एकासगोलमै भएको हुँदा ४ अंश भाग लागी १ भाग अंशबाट म र पतिको अंश भाग लाग्ने हो । पति बेचन ठाकुर देव्रे हात नभएको अपाङ्ग हुनु भएको र सामान्य कुरामा देवर र सासूले कुटपीट गर्ने खान लाउन नदिने हुनाले म कहिले काही माईती ग