निर्णय नं. ८५०२ - कर्तव्य ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८५०२ - कर्तव्य ज्यान भाग: ५२ साल: २०६७ महिना: फागुन अंक: ११ फैसला मिति :२०६७/०८/०८ ३००३ निर्णय नं. ८५०२ ने.का.प. २०६७ अङ्क ११ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री खिलराज रेग्मी माननीय न्यायाधीश श्री रणबहादुर बम संवत् २०६६ सालको स.फौ.पु.नं .....५८९ फैसला मितिः २०६७।८।८।४ मुद्दाः— कर्तव्य ज्यान । पुनरावेदक प्रतिवादीः जिल्ला मकवानपुर, आमभञ्याङ्ग गा.वि.स. वडा नं. ३ घर भई हाल कारागार कार्यालय पर्सामा थुनामा रहेकी कमला वि.क. विरुद्ध प्रत्यर्थी वादीः खड्गबहादुर वि.क.को जाहेरीले नेपाल सरकार शुरु फैसला गर्नेः मा.न्या. श्री बालचन्द्र शर्मा पुनरावेदन फैसला गर्नेः मा.न्या. श्री राजेन्द्रप्रसाद राजभण्डारी मा.न्या. श्री गिरीराज पौड्याल § भवितव्यको वारदात हुँदा कर्तव्य गर्ने व्यक्तिले गम्भीर परिणामको सम्भावना देखेको हुँदैन । कुनै मनसाय, इविलाग नभएको र पूर्व परिणामको सम्भावना नरहेको स्थितिमा भए गरेको कार्यबाट नदेखिएको वा नसोचिएको तर कानूनले निषेध गरेको कुनै परिणाम आउँछ भने त्यस स्थितिमा भवितव्यको घटना हुनजाने । (प्रकरण नं.२) § पीडितले औषधि गरेनन् वा ठूलो अस्पताल र विदेशमा गै उपचार गर्नुपर्ने, नगरेको कारण मृत्य भयो भन्ने आधारमा पीडितलाई नै दोष दिई अभियुक्तलाई छूट दिने हो भने पीडित पक्षलाई अझ बढी अन्याय हुन जान्छ । आफूले गरेको अपराधमा पीडितले नै औषधि उपचार नगरेको भन्ने आधारमा अभियुक्तले छूट पाउन नसक्ने । § कुटपीटको वारदातलाई क्रम भङ्ग गर्ने प्रकृतिको मृतकउपर अर्को घटना घटेको पुष्टि नभएको स्थितिमा, अर्को कारणले मृतकको मृत्यु भएको भन्न नमिल्ने । (प्रकरण नं.४) पुनरावेदक प्रतिवादी तर्फबाटः विद्वान अधिवक्ता श्री यमुना भट्टराई प्रत्यर्थी वादी तर्फबाटः अवलम्बित नजीरः सम्बद्ध कानूनः § ज्यान सम्बन्धी महलको ५ र १० नं. फैसला न्या.खिलराज रेग्मीः न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) अनुसार पुनरावेदन अदालत हेटौंडाको २०६६।७।१७ को फैसलाउपर प्रतिवादीको तर्फबाट पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छः– मेरो छोरा राजु वि.क. मिति २०६४।१२।१४ गते विहान जिल्ला मकवानपुर भैंसे गा.वि.स. वडा नं. ७ स्थित ज्ञानबहादुर वि.क. को घरमा मृत अवस्थामा रहेको भन्ने जानकारी पाई म समेत घटनास्थलमा गै हेर्दा छोराको मृत्यु भएको देखी के कसरी मृत्यु भएको हो भन्ने सम्बन्धमा बुझ्दा वुहारी कमला वि.क.ले छोरालाई टाउकोमा लठ्ठीले प्रहार गरी केही दिन अगाडि घाईते बनाई दिएकी रहिछे । टाउकोमा गम्भीर चोट समेत भएको र नाति रन्दिप वि.क. को भनाइअनुसार पनि कमलाले नै टाउकोमा दाउराले कुटपीट गरेको भनी बताएको हुँदा कानूनबमोजिम गरी लाश सतगतको लागि जिम्मा पाऊँ भन्ने समेत व्यहोराको मृतक राजु वि.क. को बुबा खड्गबहादुर वि.क. को जाहेरी दरखास्त । मृतक राजु वि.क.को कपाल लामो, टाउकोमा केही पुरानो घा खत भएको, सो घाउको लम्बाई साढे दुई इञ्च, चौडाई २ इञ्च र गहिराई २ इञ्च भएको, सो घाउवाट रगत, पीप एवं गिदी जस्तो पदार्थ निस्की वगेको, पछाडि ढाडमा ३ ठाउँमा र दायाँ गोडाको नलीखुट्टामा १ ठाउँमा घाउ रहेको भन्ने समेत व्यहोराको मृतकको लाश प्रकृति मुचुल्का । कुटपीटबाट टाउकोमा गम्भीर चोट लागी मृत्यु भएको भन्ने समेत व्यहोराको मृतक राजु वि.क.को लाश परीक्षण प्रतिवेदन । दिउसो करिव १० वजेतिर बुबा राजु वि.क. र आमा कमला वि.क.कुस्ताकुस्ती गरिरहेको थिए । त्यस्तैमा वुवाले ए रन्दिप यहाँ आइज भनेपछि म दगुर्दै घर आगनमा आउदा