निर्णय नं. ८५०३ - गैडा मारी खाग विक्री

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८५०३ - गैडा मारी खाग विक्री भाग: ५२ साल: २०६७ महिना: फागुन अंक: ११ फैसला मिति :२०६७/०८/०८ ४४५९ निर्णय नं. ८५०३ ने.का.प. २०६७ अङ्क ११ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री खिलराज रेग्मी माननीय न्यायाधीश श्री रणबहादुर बम संवत् २०६६ सालको फौ.पु.नं ..००७९, ००२३ फैसला मितिः २०६७।८।८।४ मुद्दाः— गैडा मारी खाग विक्री । पुनरावेदक प्रतिवादीः जिल्ला चितवन, गा.वि.स. सिद्धि वडा नं. ३ घर भई हाल कारागार शाखा भरतपुर चितवनमा थुनामा रहेको बमबहादुर प्रजा विरुद्ध सहायक संरक्षण अधिकृत कमलजंग कुँवरको जाहेरीले नेपाल सरकार पुनरावेदक प्रतिवादीः जिल्ला नवलपसारी, गा.वि.स. प्रतापनगर वडा नं. १ घर भई हाल कारागार कार्यालय रुपन्देही भैरहवामा थुनामा रहेको बेदबहादुर बोटे विरुद्ध प्रत्यर्थी वादीः सहायक संरक्षण अधिकृत कमलजंग कुँवरको जाहेरीले नेपाल सरकार शुरु फैसला गर्नेः प्रमुख संरक्षण अधिकृत श्री मेघबहादुर पाण्डे पुनरावेदन फैसला गर्नेः मा.न्या. श्री राजेन्द्रप्रसाद राजभण्डारी मा.न्या. श्री गिरीराज पौड्याल § अदालतले वयान वकपत्र गराउँदा शक्तिको प्रयोग गर्दैन र त्यहाको काम स्वतन्त्रपूर्वक हुन्छ भन्ने ठानिन्छ । यो सर्वमान्य मान्यता र वास्तविकरता पनि हो । प्रमाण ऐन २०३१ को दफा २(क) ले मुद्दा हेर्ने अधिकारीलाई समेत अदालतको परिभाषाभित्र समेटेको छ । प्रतिवादीले मुद्दा हेर्ने अधिकारीसमक्ष वयान गरेका छन् । प्रमाण ऐन २०३१ को दफा ९ मा अदालत बाहेक अन्यत्र गरेको कागज स्वतन्त्रपूर्वक भएको छैन भनी प्रमाणित भएको स्थितिमा मात्र त्यस्तो वयान वा कागजलाई मान्यता दिन नमिल्ने हो । मौकाको वयान नै स्वेच्छाले भएको होइन भनी प्रतिवादीले पुष्टि गर्न नसकेको स्थितिमा मुद्दा हेर्ने अधिकारीसमक्ष गरेको वयानलाई स्वेच्छापूर्वक भएको होइन भनेकै आधारमा प्रतिवादीको वयान स्वच्छापूर्वक भएको छैन र सो वयान निजको विरुद्ध प्रमाणमा लिन मिल्दैन भन्न नमिल्ने । § अदालत वा मुद्दा हेर्ने अधिकारीसमक्ष गरेको वयान नै स्वतन्त्र छैन भन्ने कुरा मान्ने हो भने समग्र न्याय प्रणाली र कानूनी पद्धति नै परिवर्तन गर्नुपर्ने स्थिति आउँछ । त्यसैले अदालत र मुद्दा हेर्ने अधिकारीसमक्ष गरेको वयान स्वतन्त्रपूर्वक भएको छैन भन्ने जिकीरलाई कानूनी मान्यता र सिद्धान्तको आधारमा नै स्वीकार गर्न नसकिने । (प्रकरण नं.४) पुनरावेदक प्रतिवादी तर्फबाटः विद्वान अधिवक्ता श्री रामप्रसाद अर्याल र विद्वान अधिवक्ता श्री युवराज ओली प्रत्यर्थी वादी तर्फबाटः अवलम्बित नजीरः सम्बद्ध कानूनः § राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा ५क र १९(१) दफा २६(१) २७ फैसला न्या.खिलराज रेग्मीः न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) अनुसार पुनरावेदन अदालत हेटौंडाको मिति २०६६।२।३ को फैसलाउपर प्रतिवादीहरूको तर्फबाट पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छः– २०५८ साल फागुन महिनाको अन्तिम हप्तातिर निकुञ्ज क्षेत्रभित्र गैडा मार्न जाने व्यक्ति बमबहादुर प्रजा समेतलाई आफ्नो घरमा बास बस्न दिई मिति २०५८।१२।१४ को मुचुल्कासँग सम्बन्धित गैडा मारेको कार्यमा संलग्न भएको एवं त्यस कार्यमा सहयोग पुर्‍याएबापत बमबहादुर प्रजाबाट बेदबहादुर बोटेले रु.५०,०००।– (पचास हजार) लिएको भनी सुराकीबाट खुल्न आएकोले जिल्ला नवलपरासी प्रगतिनगर १ दलदले बस्ने वर्ष ३७ का बेदबहादुर बोटेलाई पक्राउ गरी कानूनी कारवाहीको लागि पेश गरेको छु भन्ने व्यहोराको स.सं.अ कमलजंग कुँबरको जा