निर्णय नं. ८५०४ - कीर्ने नागरिकता पेश गरी बै्क ठगी

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८५०४ - कीर्ने नागरिकता पेश गरी बै्क ठगी भाग: ५२ साल: २०६७ महिना: फागुन अंक: ११ फैसला मिति :२०६७/०८/२९ ३१९२ निर्णय नं. ८५०४ ने.का.प. २०६७ अङ्क ११ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री खिलराज रेग्मी माननीय न्यायाधीश श्री ज्ञानेन्द्रबहादुर कार्की संवत् २०६४ सालको फौ.पु.नं. ०६४–CR–००६९ फैसला मितिः २०६७।८।२९।४ मुद्दाः कीर्ते नागरिकता पेश गरी बैंक ठगी । पुनरावेदक प्रतिवादीः सुनसरी जिल्ला धरान न.पा वडा नं. ४ बस्ने हरिकृष्ण लेकाली विरुद्ध विपक्षी वादीः नेपाल बैंक लिमिटेड धरानको जाहेरीले नेपाल सरकार शुरु फैसला गर्नेः मा.न्या.श्री पुरुषोत्तम भण्डारी पुनरावेदन फैसला गर्नेः मा.न्या.श्री ओमप्रकाश मिश्र मा.न्या.श्री सुरेन्द्रवीर सिंह बस्न्यात § आफ्नो फोटो टाँसी नागरिकताको प्रमाणपत्रको नक्कल तयार गरी बैंकलाई झुक्याई ऋण रकम लिई कीर्तेजन्य कार्य गरेको स्पष्ट रुपबाट देखिन आउँदा सक्कल लिखत पेश नभए तापनि उक्त कार्य सरकारी छाप दस्तखत कीर्ते कै परिभाषाभित्र पर्न आउने । § अर्काको नामको नेपाली नागरिकताको प्रमाणपत्रमा आफ्नो फोटो टाँस गरेको कार्य मुलुकी ऐन कीर्ते कागजको महलको १ नं. अनुरूप कै कीर्तेजन्य कार्यको परिधिभित्रै पर्न आउने । (प्रकरण नं.५) पुनरावेदक प्रतिवादी तर्फबाटः विद्वान अधिवक्ताहरू श्री बालकृष्ण न्यौपाने र श्री सन्तोष बस्नेत विपक्षी तर्फबाटः अवलम्बित नजीरः सम्बद्ध कनूनः § कीर्ते कागजको महलको १ नं. र ठगीको महलको १ र २ ४, ७ र १२ नं. § प्रमाण ऐन, २०३१ को दफा १३ फैसला न्या.खिलराज रेग्मीः पुनरावेदन अदालत विराटनगरको मिति २०६३।३।१९ को फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९ अनुरूप प्रतिवादीको तर्फबाट पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं निर्णय यसप्रकार छ :– हरिकृष्ण लेकाली भन्ने व्यक्तिले विदुरकुमार कार्कीको नाउँ प्रयोग गरी बैंकलाई झुक्याई कर्मा मेटल उद्योग धरान १५ मा सञ्चालनका लागि एकलाख ऋण स्वीकृत गराई सत्तरी हजार भुक्तानी समेत लिइसकेकाले छानबीन गरी कारवाही गरिपाऊँ भन्ने समेत व्यहोराको जाहेरी । धरान १५ बस्ने हरिकृष्ण लेकालीले झुट्ठा नागरिकताको प्रमाणपत्र पेश गरी सत्तरी हजार ठगी गरेको भन्ने नेपाल बैंक लिमिटेड धरान औद्योगिक क्षेत्रको पत्र प्राप्त भएकाले यसै साथ पठाएको छ । छानबीन गरी कारवाही गर्नुहुन भन्ने जिल्ला प्रहरी कार्यालय सुनसरीको पत्र । मेरो खास नाम हरिकृष्ण लेकाली हो । २०२७ सालमा पाल्पाबाट नागरिकता प्रमाणपत्र प्राप्त गरेको थिएँ । पुनः २०३७ सालमा सुनसरीबाट इटहरी बस्ने विदुरकुमार कार्कीको नाउँमा नागरिकताको प्रमाणपत्र निकाली सो कीर्ते नागरिकता पेश गरी नेपाल बैंक लिमिटेड धरान औद्योगिक क्षेत्रबाट कर्मा मेटल उद्योग धरान १५ मा सञ्चालनको लागि भनी रु.७०,०००।– ऋण लिएको हुँ भन्ने समेत व्यहोराको हरिकृष्ण लेकालीको अधिकारप्राप्त अधिकारीसमक्षको बयान । देखाइएका हरिकृष्ण लेकाली भन्ने व्यक्तिले नै विदुरकुमार कार्की नामको नागकिता पेश गरी कर्जा लिएका हुन् भन्ने समेत व्यहोराको गुणराज भट्टराईले गरेको कागज । विदुरकुमार भन्ने व्यक्ति हरिकृष्ण लेकाली रहेछन् । हाम्रो बैंकबाट विदुरकुमार कार्की हुँ भनी ऋण लिने व्यक्ति यिनै हुन् भन्ने भक्तबहादुर खड्काले प्रहरीमा गरेको कागज । हरिकृष्ण लेकालीले विदुरकुमार कार्कीको नामबाट नागरिकता कीर्ते गरी बैंक ठगी गरेको सिद्ध हुन आएको हुँदा निजले मुलुकी ऐन कीर्ते कागजको महलको १ नं. र ठगीको महलको १ र