निर्णय नं. ८५०५ - उत्प्रेषण समेत
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८५०५ - उत्प्रेषण समेत भाग: ५२ साल: २०६७ महिना: फागुन अंक: ११ फैसला मिति :२०६७/०१/२७ ५५२४ निर्णय नं. ८५०५ ने.का.प. २०६७ अङ्क ११ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री बलराम के.सी माननीय न्यायाधीश श्री भरतराज उप्रेती संवत् २०६६ सालको रिट.नं. ०६६–WO–०५४० आदेश मितिः २०६७।१।२७।२ विषयः उत्प्रेषण । रिट निवेदकः का.जि.का.म.न.पा.वडा नं.१० स्थित नयाँ बानेश्वर डेरा गरी बस्ने कामी शेर्पाको श्रीमती विकी शेर्पा भनिने मारिया भिक्टोरिया सुविराना रोट्रिगेज विरुद्ध विपक्षीः अध्यागमन विभाग माइतीघर मण्डला, काठमाडौँ समेत § नेपालमा Foreign Judgment Enforcement Act अर्थात् विदेशी अदालतबाट भएको निर्णय कार्यान्वयन गर्ने कानून नबने तापनि कुनै एक सार्वभौम राष्ट्र, जसको न्यायपालिका स्वतन्त्र छ त्यस देशको अदालतको फैसलालाई यस अदालतले Judicial Notice मा लिनुपर्ने । (प्रकरण नं.५) § अंश जस्तो साम्पत्तिक कुरा सम्पत्तिसम्बन्धी मौलिक हक भएको र उक्त अंश मुद्दा जिल्ला अदालतमा विचाराधीन रहेको अवस्थामा आफ्नो मुद्दामा पुर्पक्ष गर्न पाउनु निजको नैसर्गिक हक भएको हुँदा भीसा रद्ध भएको स्थितिमा नेपालमा बसी आफ्नो मुद्दाको पुर्पक्ष सहज रुपमा गर्न नपाउने स्थिति हुन्छ । तसर्थ विचाराधीन अंश मुद्दाको अन्तिम किनारा नलागेसम्मको लागि प्रचलित कानूनको अधीनमा रही नेपालमा सहज रुपमा बसी पुर्पक्ष गर्नको लागि भीसा रद्ध हुनको स्थितिभन्दा पूर्ववत् रुपमा पाएको सुविधा पाउने । (प्रकरण नं.९) निवेदक तर्फबाटः विद्वान अधिवक्ताद्वय श्री बालकृष्ण नेउपाने र श्री सन्तोष बस्नेत विपक्षी तर्फबाटः विद्वान उपन्यायाविक्ता श्री रेवतीराज त्रिपाठी, विद्वान अधिवक्ता श्री नरबहादुर शाही अवलम्बित नजीरः सम्बद्ध कानूनः § अध्यागमन नियमावली, २०५१ को नियम २८(झ) आदेश न्या.बलराम के.सी.: नेपालको अन्तरिम संविधान , २०६३ को धारा ३२ र १०७(२) अन्तर्गत दायर भएको प्रस्तुत रिट निवेदनको संक्षिप्त टिपोट एवं आदेश यस प्रकार छ :– विपक्षीमध्येको कामी शेर्पासँग म निवेदिकाको विवाह दर्ता ऐन, २०२८ बमोजिम जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट मिति २०४६।१०।६ मा विवाह दर्ता गरी लोग्नेस्वास्नी भई हाम्रो दाम्पत्य सम्बन्धबाट मिति २०५०।१।४ मा छोरा लोप्साङ्ग डुण्डुप शेर्पा सुविरानाको जन्म भएको र छोरी नभएकोले नेपाली नागरिक दामुलाई धर्मपुत्री ग्रहण गरी म निवेदिका समेत बैबाहिक भिसा लिई नेपालमै बसी आएकी छु । विपक्षी पति कामी शेर्पाले खान लाउन नदिएकोले अंश दिलाई पाऊँ भनी म निवेदिका र छोरा वादी भई विपक्षी कामी शेर्पाउपर मिति २०६६।९।१२ मा काठमाडौँ जिल्ला अदालतमा अंश मुद्दा दर्ता गरेकी छु । विपक्षी अध्यागमन विभागमा विपक्षी पतिले वार्सिलोना स्थित पारिवारिक अदालतमा सम्बन्ध विच्छेद भएकोमा लोग्नेस्वास्नीको नाताले पाएको भिसा प्रवेशआज्ञा बदर गरिपाऊँ भनी विपक्षी अध्यागमन विभागमा निवेदन दर्ता गर्नु भएकोमा म निवेदिकाले स्पेनको बार्सिलोना अदालतमा स्पेनमा बस्दा पारिवारिक चाँजो पाँजो मिलाउन र बाल बच्चाको खर्च व्यवस्थापन र भेटघाटको प्रयोजनको फैसलासम्म हो । नेपालको कानूनबमोजिम विवाह भएकोमा विदेशी अदालतको फैसलाले सम्बन्ध विच्छेद हुँदैन भनी प्रतिवाद गरेकोमा मिति २०६६।८।२८ मा स्पेनको बार्सिलोना स्थित अदालतबाट भएको सम्बन्ध विच्छेदलाई नेपालमा मान्यता दिन मिल्ने वा नमिल्ने र नेपाली पतिसँग सम्बन्धी विच्छेद गरिसकेकी निज स्पेनिस महिलाले सम्बन्ध विच्छेद गर्नु पूर्वप्राप्त गरेको नेपाली बैबाहि