निर्णय नं. ८५२६ - उत्प्रेषण परमादेश समेत

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८५२६ - उत्प्रेषण परमादेश समेत भाग: ५२ साल: २०६७ महिना: चैत्र अंक: १२ फैसला मिति :२०६७/११/०२ ३१९९ निर्णय नं.८५२६ ने.का.प.२०६७ अङ्क १२ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ माननीय न्यायाधीश श्री वैद्यनाथ उपाध्याय संवत् २०६६ सालको WO–१२६७ फैसला मितिः २०६७।११।२।२ मुद्दा : उत्प्रेषण परमादेश समेत । निवेदकः का.जि.महाँकाल गा.वि.स.वडा नं.९ सुकेधारा बस्ने राष्ट्रिय बीमा संस्थानको प्रशासक पदमा कार्यरत् डा.शिवहरि श्रेष्ठ विरुद्ध विपक्षीः नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय समेत § ऐनले प्रष्ट रुपमा पदावधि निश्चित गरिसकेपछि उक्त पदावधिमा कुनै पनि शर्त एवं सम्झौताको बहानामा बीचमै हस्तक्षेप हुन दिनु ऐनको प्रष्ट व्यवस्थाको उल्लंघन हो भनी मान्नुपर्ने । § कुनै सञ्चालकलाई पुनः नियुक्ति नगरी कुनै शर्त एवं सम्झौताको आधार देखाएर पदावधि समेत थप्न मिल्ने हुँदैन । पदावधि थप्ने हो भने निजलाई पुनः नियुक्त गर्नुपर्ने । (प्रकरण नं.४) § जुन निकायले पदमुक्त गर्ने अधिकार राख्दछ उसैले नै पदमुक्त गर्नु पूर्व स्पष्टीकरण सोध्नु पर्दछ अन्यथा तल्लो निकाय वा तल्लो पदाधिकारीले सोधेको स्पष्टीकरणमा चित्त नबुझाई उपल्लो अधिकारीबाट पदमुक्त गर्ने कार्य रीतपूर्वकको मान्न नमिल्ने । (प्रकरण नं.६) § कानूनबमोजिम कुनै पदमा नियुक्ति भएको व्यक्तिको सेवा, शर्त र सुविधा कानूनी प्रक्रियाबमोजिम बाहेक करारबाट त्यसको स्वरुप र प्रकृति बदल्न पाउँछ भन्न नमिल्ने । § कानूनबमोजिम नियुक्त हुने पदको जिम्मेवारीलाई प्रभावकारी ढंगले सम्पादन गर्न लगाउन नियुक्तिकर्ताले कार्यसम्पादनसम्बन्धी जवाफदेहीता तोक्नु वा सो सम्पादन गर्ने प्रक्रिया तोक्नुको कानूनी हैसियत वा कानूनी जवाफदेहीको प्रकृति बदल्ने र सोको स्तर नै ह्रास गर्ने हुन नसक्ने । (प्रकरण नं.१०) निवेदक तर्फबाटः विद्वान वरिष्ठ अधिवक्ता श्री बद्रीबहादुर कार्की एवं विद्वान अधिवक्ताहरू बालकृष्ण नेउपाने, श्री मुक्ति प्रधान र श्री हरि उप्रेती विपक्षी तर्फबाटः विद्वान नायवमहान्याधिवक्ता श्री सूर्यप्रसाद कोइराला, विद्वान उपन्यायाधिवक्ता श्री तेजनारायण पौडेल, विद्वान वरिष्ठ अधिवक्ता श्री हरिहर दाहाल एवं विद्वान अधिवक्ताहरू सुशील पन्त, श्री हरिकृष्ण कार्की, श्री रमणकुमार श्रेष्ठ, श्री श्यामप्रसाद पाण्डे, श्री टीकाराम भटृराई र श्री नवराज तिमल्सिना अवलम्वित नजीरः सम्बद्ध कानूनः § राष्ट्रिय बीमा संस्थान ऐन, २०२५ को दफा २(ग), ८(१)(२), ६ आदेश न्या.कल्याण श्रेष्ठः नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३२ र १०७(२) बमोजिम पेश हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं आदेश यस प्रकार छ :– प्रत्यर्थी नेपाल सरकार, अर्थ मन्त्रालय अन्तर्गतका संस्थानहरू मध्ये राष्ट्रिय बीमा संस्थानको प्रशासक पदमा प्रतिस्पर्धात्मक रुपमा छनौटमा प्रतिस्पर्धा गर्ने आवेदकहरू मध्ये अन्तर्वार्तालगायत सम्पूर्ण छनौट प्रक्रिया पूरा गरी म निवेदकलाई योग्य ठहर्‍याई, नेपाल सरकारको मिति २०६५।९।२२ को निर्णयअनुसार बीमा संस्थान ऐन, २०२५ को दफा ६ बमोजिम तीनवर्षको लागि समय किटान गरी प्रशासक पदमा मिति २०६५।९।२५ को नियुक्ति प्रदान गरिएको थियो । उक्त नियुक्ति पत्रमा प्रत्यर्थी नेपाल सरकारसमक्ष मैले विज्ञापनबमोजिम आवेदन पत्रसाथ पेश गरेको व्यवसायिक योजनाको आधारमा आपूm नियुक्त हुन संस्थानमा अध्ययन गरी कार्य तयार भएको कार्यसम्पादन सूचक समेत समावेश भएको सम्झौता खडा गरी प्रत्यर्थ