निर्णय नं. ८५२८ - उत्प्रेषण परमादेश समेत ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८५२८ - उत्प्रेषण परमादेश समेत । भाग: ५२ साल: २०६७ महिना: चैत्र अंक: १२ फैसला मिति :२०६७/०८/२६ ४५८१ निर्णय नं. ८५२८ ने.का.प.२०६७ अङ्क १२ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री ताहिर अली अन्सारी माननीय न्यायाधीश श्री वैद्यनाथ उपाध्याय संवत २०६६ सालको रिट निवेदन नं.–WO– ०७४६ आदेश मितिः २०६७।८।२६।१ विषय :– उत्प्रेषण परमादेश समेत । निवेदकः सप्तरी जिल्ला, जमुनी मधेपुरा गाउँ विकास समिति वडा नं.९ बस्ने बद्रीनारायण शाह विरुद्ध प्रत्यर्थी विपक्षीः जिल्ला सप्तरी, कटैया गाउँ विकास समिति वडा नं. ६ बस्ने सत्यनारायण मलाह मुखिया § ऋण लिई कारोवार गर्नसक्ने भनी कानूनले योग्य ठहराएको व्यक्तिले गरेको ऋण कारोवारको दायित्व बहन गर्नुपर्ने भनी अदालतबाट अन्तिम फैसला भइसकेको अवस्थामा ऋण लिएको आफूलाई जानकारी नभएको भन्ने जिकीर लिएर मात्र दायित्वबाट उन्मुक्ति पाउने अवस्था नरहने । (प्रकरण नं.२) § फैसला कार्यान्वयनको दायित्व रहेको पक्षले यो वा त्यो बहानामा फैसला कार्यान्वयनलाई निस्तेज पार्न नमिल्ने । § सगोलमा रहेको व्यक्तिको अंशियारको हैसियतले पाउने अंश भागसम्म रोक्का गरी फैसला कार्यान्वयनको कारवाही अगाडि बढाएकोलाई निस्तेज पार्ने गरी प्रारम्भमा नै सो कारवाही बदर गर्नु न्यायसंगत नहुने । (प्रकरण नं.३) § फैसलाबमोजिम दायित्व बहन गर्नुपर्ने व्यक्तिको नाउँमा सम्पत्ति नभएको भन्ने मात्र आधारमा फैसला कार्यान्वयन नै हुन नसक्ने होइन । जिम्मेवार व्यक्तिको साथ सगोलमा रहेका जहान परिवारका नाउँमा रहेको चल अचल सम्पत्ति समेत बुझी यकीन गरी फैसलाबमोजिम तिर्नु बुझाउनु पर्ने व्यक्तिको भागमा पर्न आउने कुनै सम्पत्ति रहेछ भने त्यस्तो सम्पत्ति समेतबाट देवानी दायित्व पूरा गराउन अदालत समेत सक्रिय रहनु पर्ने । (प्रकरण नं.४) § आफ्नो पेशा व्यापार वा घर व्यवहारमा पनि स्वतन्त्र रुपले आफ्नो विश्वसनीयताको आधारमा बन्द व्यापार, कारोवार वा व्यवहार गरेको जोसुकैलाई लेनदेन व्यवहारको ९ नं.को प्रयोजनका लागि घरको मुख्य भई काम गरेको सम्झनु पर्ने । § अदालतले आफूले गरेको फैसला कार्यान्वयन गर्ने सिलसिलामा कानूनबमोजिम र न्यायका मान्य सिद्धान्तलाई आत्मसात् गरी अन्य अंशियारको साम्पत्तिक अधिकारमा खलल नपुग्ने गरी त्यस्तो सगोलको धनबाट फैसलाबमोजिम ऋणीउपरको दायित्व अनुसारको विगो भरी भराउ गर्न उक्त ऐन र ऐनको प्रावधानले रोकेको मान्न नमिल्ने । (प्रकरण नं.५) § फैसला कार्यान्वयनको कार्य विलम्बरहित किसिमले सम्पन्न गर्नुपर्ने अवस्था भएको हुँदा र प्रचलित कानूनले निजको सम्पत्ति अलग गरी त्यस्तो सम्पत्तिले ऋणको सावा व्याज खामेसम्म भराउन नमिल्ने भन्ने बन्देजात्मक कानूनी व्यवस्था समेत नरहेकोले फैसला कार्यान्वयन हुने गरी प्रचलित कानूनको अर्थ र व्याख्या गर्नुपर्ने । (प्रकरण नं.८) निवेदक तर्फबाटः विद्वान अधिवक्ता श्री गजबहादुर ऐर विपक्षी तर्फबाटः अवलम्बित नजीरः सम्बद्ध कानूनः § लेनदेन व्यवहारको ९ नं. § दण्ड सजायको महलको ४२ फैसला न्या.ताहिर अली अन्सारीः नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३२ र १०७(२) बमोजिम यस अदालतको क्षेत्राधिकारभित्रको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य सहित ठहर यस प्रकार छः– म निवेदक र सप्तरी जिल्ला कटैया गाउँ विकास समिति वडा नं. ६ बस्ने सत्यनारायण मलाह मुखियको छोरा बद्रीनारायण मुखियाकाबीचमा मिति २०६० साल कात्तिक महिना २४ गते रु.६०,०००।– (साठी हजार) लिनुदिनु गरेको कपाली लिखतको कागज गरी लिखतको भाखा नाघी २ वर्