निर्णय नं. ८५२९ - वीमा रकम व्यक्तिगत दुर्घटना ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८५२९ - वीमा रकम व्यक्तिगत दुर्घटना । भाग: ५२ साल: २०६७ महिना: चैत्र अंक: १२ फैसला मिति :२०६७/०५/३१ ३८९३ निर्णय नं. ८५२९ ने.का.प.२०६७ अङ्क १२ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री मोहनप्रकाश सिटौला माननीय न्यायाधीश श्री सुशीला कार्की संवत् २०६३ सालको दे.पु.नं. ०६३–WO–०२२४ फैसला मितिः २०६७।५।३१।५ मुद्दा : वीमा रकम व्यक्तिगत दुर्घटना । पुनरावेदक प्रतिवादीः काठमाडौं महानगरपालिका वडा नं. १ हात्तिसार स्थित एभरेष्ट इन्स्योरेन्स लि. का. तर्फबाट अख्तियारप्राप्त ऐ. कम्पनीका नायब महाप्रवन्धक केवलकृष्ण श्रेष्ठ विरुद्ध प्रत्यर्थी वादीः काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका ठमेल बस्ने नारायणप्रसाद पराजुली समेत शुरु मुद्दा छिन्ने निकाय वीमा समिति अध्यक्ष माधवप्रसाद उपाध्याय सदस्य अवरिन्द्रकुमार श्रेष्ठ सदस्य डा. जनकलाल कर्माचार्य सदस्य माधव पौडेल सदस्य देवेन्द्रप्रसाद शाह पुनरावेदन अदालत पाटनमा फैसला गर्ने : मा.न्या. श्री ज्ञानेन्द्रबहादुर कार्की मा.न्या. श्री लक्ष्मणमणि रिसाल § दुर्घटना बीमा रकम दावीको सम्बन्धमा शुरु तहमा एकपटक स्वीकार गरिसकेपछि पछि अन्यथा जिकीर लिन वीमा कम्पनी विवन्धित भएको मानिने । साथै शुरु तहमा वीमा समितिसमक्ष नउठाएको तथ्यसम्बन्धी विवाद पुनरावेदन तहमा आएर उठाउन मिल्दैन । तथ्यसम्बन्धी विवाद शुरुमै उठेको हुनुपर्ने । § विवादको तथ्यको निरोपणार्थ सबूद प्रमाण शुरु तहमा सामान्यतया बुझिने हुँदा प्याराग्लाइडिङ्गको क्रममा दुर्घटना हुनुभन्दा अगाडिदेखि नै प्रतिवादी वीमा कम्पनीसँग व्यक्तिगत दुर्घटना वीमा गराएको हुँदा दुर्घटना वीमा रकम लिन वादीले नवीकरण गरी प्रमाण सिर्जना गरेको भनी मान्न नमिल्ने । (प्रकरण नं.४) पुनरावेदक प्रतिवादी तर्फबाटः विद्वान वरिष्ठ अधिवक्ता श्री श्यामप्रसाद खरेल प्रत्यर्थी वादी तर्फबाटः विद्वान अधिवक्ता श्री लोकभक्त राणा अवलम्बित नजीरः सम्बद्ध कानूनः फैसला न्या.मोहनप्रकाश सिटौलाः पुनरावेदन अदालत पाटनबाट भएको फैसलाउपर मुद्दा दोहोर्‍याई हेरी पाऊँ भनी प्रतिवादीका तर्फबाट यस अदालतमा निवेदन परी न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१)(क) अनुसार मुद्दा दोहोर्‍याई हेर्ने निस्सा प्रदान भएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर निम्न प्रकार रहेको छ । निवेदकले का.जि.का.म.न.पा. वडा नं. १ स्थित रहेको एभरेष्ट इन्स्योरेन्स कम्पनी लि. मा वीमा लेख नं. ५६।५७ पिकेआर । पिएआई । ००५ सम्पुष्टि नं. इपीएम आइससि–३५५१ को वीमाङ्क रु.१०,००,०००।– (दश लाख रुपैयाँ) को व्यक्तिगत दुर्घटना बीमा गराएको थियो । सो वीमा लेखको अवधि सन् १०।१२।२००० देखि सन् ९।१२।२००१ सम्म रहेको थियो । मिति २०५७।१०।५ तदनुसार सन् १८।१।२००१ मा साराङकोटबाट प्यारा ग्लाइडिङ गर्दा म दुर्घटनामा परे । मेरो दुबै खुट्टा भाँचियो । मैले काठमाडौंस्थित जोरपाटी अस्पतालमा उपचार गराउँदै आएको छु । मेरो वायाँ खुट्टाको Talus मा Avascular necrosis भएको Ankle को joint jammed भई नचल्ने भएको र भविष्यमा पनि अवस्था नसुध्रने, बायाँ खुट्टाले हिँडडुल गर्न नसक्ने भएको हुँदा एभरेष्ट इन्स्योरेन्स कम्पनीको व्यक्तिगत दुर्घटना वीमालेखको नियम १ को खण्ड (ग) को उप खण्ड २ मा भएको व्यवस्थाअनुसार वीमाङ्क रकम रु.१०,००,०००।– को ५० प्रतिशत पाउन आवश्यक सम्पूर्ण कागजातहरू संलग्न राखी मैले एभरेष्ट इन्स्योरेन्स कम्पनीमा मौकामै पटक पटक निवेदन दिएँ । मेरो सो निवेदनहरूमा एभरेष्ट इन्स्योरेन्स कम्पनीबाट दायित्व ठहर गर्ने कार