निर्णय नं. ८५३१ - अंश ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८५३१ - अंश । भाग: ५२ साल: २०६७ महिना: चैत्र अंक: १२ फैसला मिति :२०६७/१०/१२ ४९५८ निर्णय नं. ८५३१ ने.का.प.२०६७ अङ्क १२ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री प्रकाश वस्ती माननीय न्यायाधीश प्रा.डा.श्री भरतबहादुर कार्की २०६६ सालको –CI–११६३ फैसला मितिः २०६७।१०।१२।४ मुद्दा – अंश । पुनरावेदक वादीः अर्घाखाँची जिल्ला सन्धिखर्क गा.वि.स. वडा नं.६ बस्ने पुनकला अधिकारी विरुद्ध प्रत्यर्थी प्रतिवादीः अर्घाखाँची जिल्ला सन्धिखर्क गा.वि.स. वडा नं. ६ बस्ने धर्मराज अधिकारी शुरु अर्घाखाँची जिल्ला अदालतः मा.जि.न्या. श्री पुरुषोत्तमप्रसाद ढकाल पुनरावेदन अदालत, बुटवलमा फैसला गर्नेः मा.न्या.श्री मोहनप्रकाश सिटौला मा.न्या.श्री बमकुमार श्रेष्ठ § बण्डापत्रको लिखत स्थापित भएको अवस्थामा त्यसमा लेखिएका सम्पूर्ण व्यहोरा पढेर नै निष्कर्ष निकाल्न पर्ने हुन्छ । वादीले अंश लिएकोमा मञ्जूरी नै व्यक्त गरेको भए पेटबोलीमा लेखिन सक्दथ्यो, पक्ष नै कायम हुन सक्दथ्यो भन्ने तर्कहरूलाई न्यायसंगत मान्न नसकिने । § लेख्ने मस्यौदाकारको सोचाई, ज्ञान र स्थानीय चलनले पनि मस्यौदा गर्नेलाई प्रभाव पारिरहेको हुन्छ । मूल कुरा व्यहोरा कहाँ के कसरी लेखियो भन्दा पनि त्यो व्यहोराले के अर्थ बोक्दछ भन्ने कुरा नै न्यायकर्ताले ठम्याउन पर्ने कुरा हो । लिखतमा कुनै घोषणा गरिन्छ । त्यसमा पक्षको सही पर्दछ र त्यो कुनै प्रमाणबाट थपिएको, झुक्याइएको, कीर्ते वा जालसाजी भएको प्रमाणित हुन सक्दैन भने प्रमाण ऐन, २०३१ को दफा ३४ को विवन्धनको परिधिमा त्यो कथन पर्दछ । साक्षी लेखिने ठाउँमा लेखियो भन्दैमा त्यो कथन स्वतः निष्क्रिय र निरर्थक हुन नसक्ने । (प्रकरण नं.५) § आफ्नो तर्फका छोराहरू विरुद्ध विधिवत रुपमा अंशमा दावी लिएको खण्डमा निजका छोराहरू जिम्मा रहेको सम्पत्तिबाट आफ्नो हकको अंश पाउने नै हुँदा गलत व्यक्तिउपर अंशको दावी गरेकोलाई न्यायसंगत मान्न नमिल्ने । (प्रकरण नं.६) पुनरावेदक वादी तर्फबाटः विद्वान अधिवक्ताद्वय श्री श्यामप्रसाद पाण्डे र श्री बामदेव ज्ञवाली प्रत्यीर्थी प्रतिवादी तर्फबाटः विद्वान अधिवक्ता श्री विष्णुप्रसाद भुसाल अवलम्बित नजीरः सम्बद्ध कानूनः  प्रमाण ऐन, २०३१ को दफा ३४ र ३५(२) फैसला न्या.प्रकाश वस्तीः पुनरावेदन अदालत बुटवलको मिति २०६५।२।१ को फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) (क) (ख) बमोजिम मुद्दा दोहोर्‍याई हेर्न निस्सा प्रदान भई पेश हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छ :– विपक्ष धर्मराज मेरो विवाहित पति हुनुहुन्छ । विपक्षी पति र मबाट दुई छोरा जन्मेकोमा दुवै छोरा अंश लिई भिन्न भएका छन् । हामी एकासगोलमा म, पति धर्मराज, कान्छी सौता बहिनी र निजतर्फका दुई छोरा गरी जम्मा ५ अंशियार मात्र छौं । विपक्षी पतिले २०६२ साल पुस १७ गते तँ मेरा घरमा बस्न खान पाउँदिनस् भनी कुटपीट गरी मलाई घरबाट निकाला गरेकोले निजबाट अंशबण्डाको २०, २१, २२ र २३ नं. बमोजिम अंशको फाँटवारी लिई बुझ्नु पर्ने साक्षीलगायतका अंशियार समेत बुझी पाँच अंशियारमध्ये मैले पाउने एक भाग अंश मलाई दिलाई भराई फिरादसाथ राखेको कोर्टफी समेत पाऊँ भन्ने समेत व्यहोराको फिरादपत्र । अर्घाखाँची जिल्ला वाङला गा.वि.स. वडा नं. ७ मा पर्ने कि.नं. ७७, ३४२ गरी २ कित्ता खेत पाखोको क्षेत्रफल २९–११–२–३ र ऐ. वडा नं.८ मा पर्ने कि.नं. ३५, ४६९, ४७२ गरी ३ कित्ता खेत पाखोको क्षेत्रफल ५–३–०–३ समेत जम्मा क्षेत्रफल ३४–१४–२–३ का जग्गा सगोलबाट पि