निर्णय नं. ८५०९ - अंश चलन ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८५०९ - अंश चलन । भाग: ५२ साल: २०६७ महिना: फागुन अंक: ११ फैसला मिति :२०६७/१०/०४ ४७८५ निर्णय नं. ८५०९ ने.का.प. २०६७ अङ्क ११ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री रामकुमारप्रसाद शाह माननीय न्यायाधीश श्री भरतराज उप्रेती ०६४–CI–०१७६, ०६१३, ०६१४ फैसला मितिः २०६७।७।१०।४ मुद्दा : अंश चलन । पुनरावेदक वादीः जिल्ला काठमाडौं, का.म.न.पा. वडा नं. १० बानेश्वर घर भै हाल ऐ. वडा नं. १६ बालाजु (माइतको घर) मा बस्ने एल्भा श्रेष्ठ विरुद्ध प्रत्यर्थी प्रतिवादीः जिल्ला काठमाडौं का.म.न.पा. वडा नं. १० बानेश्वर बस्ने कन्हैयाराज श्रेष्ठ समेत पुनरावेदक प्रतिवादीः जिल्ला काठमाडौं, का.म.न.पा. वडा नं. १० वानेश्वर बस्ने कन्हैयाराज श्रेष्ठ समेत विरुद्ध प्रत्यर्थी वादीः जिल्ला काठमाडौं, का.म.न.पा. वडा नं. १० बानेश्वर घर भई हाल ऐ. वडा नं. १६ बालाजुमा बस्ने एल्भा श्रेष्ठ पुनरावेदक प्रतिवादीः जिल्ला काठमाडौं का.म.न.पा. वडा नं. १० बस्ने इन्द्र प्रभा श्रेष्ठ विरुद्ध प्रत्यर्थी वादीः जिल्ला काठमाडौं, का.म.न.पा. वडा नं. १० बानेश्वर घर भै हाल ऐ. वडा नं. १६ बालाजुमा बस्ने एल्भा श्रेष्ठ शुरु फैसला गर्नेः मा.जि.न्या.श्री वीरसिंह महरा पुनरावेदन तहमा फैसला गर्नेः मा.न्या. श्री रणबहादुर वम मा.न्या.श्री हरिबहादुर बस्नेत § सम्बन्ध विच्छेद भएकी स्वास्नी मानिसले अर्को विवाह नगरेमा मात्र सो अंशमा पाएको सम्पत्ति आफ्नो जीवनभर मात्र भोग गर्न पाउने र निजको शेषपछि अघिल्लो लोग्नेका सन्तान वा लोग्नेले फिर्ता पाउने हुन्छ । यस्तो प्रावधानबाट यस्तो सम्पत्तिमा सम्बन्ध विच्छेद भएकी स्वास्नी मानिसको सर्वकालीन र पूर्ण अधिकार (Absolute Right) हुँदैन । अर्थात् निजले अर्को विवाह गरेमा निजको भरण पोषण र जीविकाको व्यवस्थापन अघिल्लो लोग्नेले गर्न नपर्ने । (प्रकरण नं.४) § सम्बन्ध विच्छेद भएकी स्वास्नी मानिसले अर्को विवाह गरेमा पूर्व पतिसँग अंशमा दावी गर्ने अधिकारको अन्त्य भएको सम्झनुपर्ने । (प्रकरण नं.४) § कुनै स्वास्नी मानिसको एक वखतमा एकभन्दा बढी व्यक्तिसँग वैवाहिक सम्बन्ध कायम रहन नसक्ने र वैवाहिक सम्बन्धको आधारमा एकभन्दा बढी लोग्नेसँग कानूनतः अंश हक सिर्जना हुन नसक्ने । (प्रकरण नं.५) पुनरावेदक वादी तर्फबाटः विद्वान अधिवक्ता श्री सालिकराम पाण्डे पुनरावेदक प्रतिवादी तर्फबाटः विद्वान वरिष्ठ अधिवक्ता श्री श्यामप्रसाद खरेल, विद्वान अधिवक्ताहरू डा.शंकरकुमार श्रेष्ठ, श्री सतिशकृष्ण खरेल, श्री सरिता शर्मा, श्री राजेश्वर अधिकारी, श्री शान्ता सेढाई, श्री राजकिशोर यादव र श्री दीपेन्द्र पौडेल अवलम्बित नजीरः सम्बद्ध कानूनः § मुलुकी ऐन लोग्ने स्वास्नी महलको ४क, ४ख र ४ग फैसला न्या.रामकुमारप्रसाद शाहः न्याय प्रशासन ऐन, २०४८ को दफा ९ (१) (ग) ले यसै अदालतको क्षेत्राधिकारभित्र पर्ने प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छ : विपक्षी कन्हैयाराज श्रेष्ठ र इन्द्र प्रभा श्रेष्ठको छोरा २ भाइ र छोरी १ मा छोरा जेठो राजेश श्रेष्ठ, कान्छो सगुन श्रेष्ठ हो । छोरी विपक्षी प्रकृति श्रेष्ठ हो । विपक्षी राजेश श्रेष्ठको एक मात्र श्रीमती म वादी एल्भा श्रेष्ठ हो । हामीहरूको अंशबण्डा भएको छैन । विपक्षी राजेश श्रेष्ठको र मेरो बीचमा २०५६ साल माघ १२ गते विवाह भएको हो । हामीबीचमा कुनै जायजन्म भएको छैन । विपक्षी पति राजेश श्रेष्ठ मिति २०५६।११।४ मा अष्ट्रेलियातर्फ जानु भएको थियो । मिति २०५९।५।६ गते आउनु भयो । तत्पश्चात मित