निर्णय नं. ८५०८ - दर्ताफारी चलन ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८५०८ - दर्ताफारी चलन । भाग: ५२ साल: २०६७ महिना: फागुन अंक: ११ फैसला मिति :२०६७/०८/०७ ४७२६ निर्णय नं. ८५०८ ने.का.प. २०६७ अङ्क ११ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री तपबहादुर मगर माननीय न्यायाधीश श्री प्रकाश वस्ती २०६१ सालको दे.पु.नं. ०१६८ फैसला मितिः २०६७।८।७।३ मुद्दाः दर्ताफारी चलन । पुनरावेदक वादीः रुपन्देही जिल्ला सिदार्थनगर न.पा.वडा नं १० वस्ने आचार्यनाथ मिश्रको मु.स.गर्ने ज्ञानमती मिश्र विरुद्ध प्रत्यर्थी प्रतिवादीः रुपन्देही जिल्ला सिदार्थनगर न.पा. वडा न. १० वस्ने तुल्सीदेवी मिश्र समेत शुरु फैसला गर्नेः मा.जि.न्या.श्री इन्द्रमान कर्माचार्य पुनरावेदन फैसला गर्नेः– मा.न्या.श्री पुरुषोत्तम पराजुली मा.न्या.श्री बमकुमार श्रेष्ठ § हक परित्याग गरेको कुरा प्रत्यक्षरुपमै देखिनु पर्दछ । प्रतिउत्तर जिकीरअनुसार फिरादपत्रमा ती जग्गा लेखी पछि काटिएको भन्ने पनि देखिदैन । अदालतमा रहेको मिसिल संलग्न कागजातलाई नै आधिकारिक मान्नुपर्ने हुन्छ । आफूलाई प्रेषित प्रतिलिपिमा ती कित्ता लेखी काटिएबाट दाबी नै नभएको भन्ने प्रतिवादीको कथनमा सहमत हुन नमिल्ने । § अंशको हक अंशियारले नैसर्गिक रुपमा पाउने हक भएकोले यस हकलाई गम्भीरतापूर्वक र संबेदनशील रुपमा लिनुपर्ने । § अंश मुद्दा चली कार्यान्वयन पूर्वसम्म कुनै अंशियारको देहान्त वा जन्म भएमा अंशको खण्ड फिराद दाबीमा जतिसुकै लेखिएको भए पनि देहान्त हुनेले कसैलाई कुनै लिखत गरिदिएकोमा बाहेक खण्डमा घटबढ हुन सक्दछ । यस्ता सुविधा अन्य प्रकृतिका विवादका मुद्दाका पक्षले प्राप्त गर्न नसक्ने । (प्रकरण नं.१२) § अंश जस्तो नैसर्गिक हकमा अंशियारले पाउनु पर्ने सम्पत्ति नपाएसम्म वा विधिवत् अंश हक नछोडेसम्म अंश छुट्टाई लिन पाउने हुँदा सानातिना प्राविधिक कारण देखाई अंश हक भएको सम्पत्तिमा अंशियारलाई सो हकबाट बञ्चित गर्नु न्यायोचित नदेखिने । (प्रकरण नं.१४) पुनरावेदक वादी तर्फबाटः विद्वान अधिवक्ता श्री केशव भटृराई प्रत्यर्थी प्रतिवादीको तर्फबाटः विद्वान वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी तथा विद्वान अधिवक्ताहरू वालमुकुन्द श्रेष्ठ र शिवप्रसाद गौडेल अवलम्बित नजीरः नेकाप २०४८, पृष्ठ ५९९ सम्बद्ध कानूनः § अ.वं. ८५, ७३ नं. § दण्डसजायको ४६ नं अ.व.ं ८५ § अंशबण्डाको ३५ नं § जिल्ला अदालत नियमावली, २०५२ को नियम ७८ख फैसला न्या.प्रकाश वस्तीः पुनरावेदन अदालत वुटवलको मिति २०६३।३।१४।४ को फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ग) अन्तर्गत वादीको तर्फबाट पुनरावेदन परेको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छ :– मूल पुरुष वावु जगदेवका ३ छोरामा जेठा विपक्षीहरूका लोग्ने तथा वावु विश्वम्भरनाथ, माइला म फिरादी आचार्यनाथ र कान्छा विजयनाथ भएकोमा निज दाजु विश्वम्भरनाथ मिश्रउपर अंश मुद्दा दायर भई २०२१ सालमा ३ भागको १ भाग अंश मैले पाउने ठहरी फैसला भए पनि मेरो अंश भागको उखडा समेतको जग्गा सर्भे नापी भई विश्वम्भरनाथका नाममा दर्ता जिम्मा भएकै अवस्थामा सो सम्पत्तिमा मेरो समेत अंश हक लाग्ने भनी चण्डीप्रसाद मिश्रले म समेत उपर अंश मुद्दा दायर गरेकोमा निज चण्डीप्रसाद मिश्रले अंश नपाउने ठहरी फैसला भएको थियो । उक्त बण्डा छुट्याउन वाँकी ज.वि.३–०–६¼ जग्गा र घर समेत विपक्षीको दर्ताबाट फुटाई दिने ठहरी अन्त्यमा सम्मानित सर्वोच्च अदालतबाट मिति२०५७।१०।१९मा फैसला भएकोमा सोअनुसार २०५९।७। २८मा दर्ता फुटाई मेरा नाममा जग्गाधनी प्रमाण पूर्जा समेत पाएकोमा उक्त