निर्णय नं. ८५१० - सवारी ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८५१० - सवारी ज्यान भाग: ५२ साल: २०६७ महिना: फागुन अंक: ११ फैसला मिति :२०६७/०७/१८ ९४०२ निर्णय नं. ८५१० ने.का.प. २०६७ अङ्क ११ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री ताहिर अली अन्सारी माननीय न्यायाधीश श्री सुशीला कार्की २०६४–CR–००७२ फैसला मितिः२०६७।७।१८।५ मुद्दा :–सवारी ज्यान । पुनरावेदक वादीः प्रहरीको प्रतिवेदनले नेपाल सरकार विरुद्ध प्रत्यर्थी प्रतिवादीः जिल्ला ललितपुर, ललितपुर उपमहानगरपालिका वडा नं. ३ बस्ने दीपेन्द्र शाक्य समेत शुरु फैसला गर्नेः मा.जि.न्या.श्री भरतप्रसाद अधिकारी पुनरावेदन फैसला गर्नेः मा.न्या.श्री हरिराम कोइराला मा.न्या.श्री हरि बहादुर वस्नेत § सवारी दुर्घटनाबाट सवारी चल्ने सडक वा सवारी सञ्चालन वा नियमन गर्ने प्रयोजनका लागि निर्माण गरिएका वा जडान गरिएका संरचनाको क्षतिबापत सो निर्माण गर्ने सार्वजनिक वा सरकारी निकाय वा सरकारले क्षतिपूर्ति नपाउने । § प्रत्यक्ष र स्पष्ट रुपले सार्वजनिक निकाय वा सरकारको अधिकार वा ती निकायहरूप्रति व्यक्तिको कर्तव्य वा दायित्वको व्यवस्था कानूनले गरेको छैन भने अप्रत्यक्ष रुपले वा कानूनको आसयबाट त्यस्तो हो भनी निष्कर्षमा पुग्नु कानून व्याख्या सम्बन्धी सिद्धान्त समेतको विपरीत हुनजाने । (प्रकरण नं.४) § क्षतिपूर्तिसम्बन्धी सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ ले गरेको व्यवस्था स्पष्ट रुपले सडक वा सोसँग सम्बन्धित वा जडित सार्वजनिक निर्माणका अन्य संरचनाको क्षति वा सोको क्षतिपूर्तितर्फ इंगित नगरी तेस्रो पक्षको रुपमा रहेका व्यक्ति वा व्यक्तिगत सम्पत्तिको क्षतिको क्षतिपूर्तिसम्बन्धी व्यवस्था गरेको देखिने । (प्रकरण नं.५) पुनरावेदक वादी तर्फबाटः विद्वान सहन्यायाधिवक्ता श्री सरोजप्रसाद गौतम प्रत्यर्थी प्रतिवादी तर्फबाटः अवलम्बित नजीरः सम्बद्ध कानूनः § सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १५२(१), (२), १६१(३), र १६३ फैसला न्या.ताहिर अली अन्सारीः न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम पुनरावेदन अदालत पाटनको मिति २०६३।९।२ को फैसलाउपर पुनरावेदक वादी नेपाल सरकारको यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवम् ठहर निम्नानुसार रहेको छः– मिति २०६०।८।९ गतेका दिन राति २३:०० वजेको समयमा काठमाडौं माईती घरमा वा.४च ५१३ को गाडी दुर्घटना हुँदा सोही गाडीमा यात्रा गरिरहेका भारतीय नागरिक जोज मेक्सी भन्ने व्यक्ति सख्त घाइते भई उपचारको लागि वीर अस्पतालमा ल्याउँदा मृत्यु भएको र चालक घाइते भएकोले लास कानूनबमोजिम जे जो गर्नुपर्ने गरिपाऊँ भन्ने प्रहरीको प्रतिवेदन । सोलार सेट रहेको सिमेन्टको पोल समेत भत्किएको विजुलीको तार जडित तार बकस समेत सिमेन्टको पिलर भत्किएको, फुल क्यारिजको बीच भागमा रगत रहेको भन्ने व्यहोराको घटनास्थल प्रकृति मुचुल्का । अनुहारमा रगत लत्पतिएको, बायाँ आँखा माथि कन्चटमा एक इञ्चको गहिरो घाउ चोट लागेको, सो चोटबाट रगत बगेको, दुवै कानमा रगत आएको बायाँ घुँडामा छाला खुइलिएको भन्ने समेत व्यहोराको लास जाँच प्रकृति मुचुल्का । मेरो भतिजो वर्ष २२ को एन्जो मेक्सी नेपाल घुम्नको लागि आएकोमा मिति २०६०।८।९ गते बा. ४ च ५१३ नं. को गाडीमा बसी आउने क्रममा काठमाडौँ जिल्ला, माइती घरमा उक्त गाडी अचानक दुर्घटना हुँदा चालक र एन्जो मेक्सी समेत सख्त घाइते भई उपचारार्थ बीर अस्पतालमा ल्याउँदा एन्जो मेक्सीको मृत्यु भएको र भतिजाको लास कानूनबमोजिम गरी लास सतगतको लागि मेरो जिम्मामा पाऊँ भन्ने व्यहोराको एन्ज