निर्णय नं. ८५११ - निर्णय दर्ता बदर हक कायम

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८५११ - निर्णय दर्ता बदर हक कायम भाग: ५२ साल: २०६७ महिना: फागुन अंक: ११ फैसला मिति :२०६७/०६/१२ ५१७२ निर्णय नं. ८५११ ने.का.प. २०६७ अङ्क ११ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री ताहिर अली अन्सारी माननीय न्यायाधीश श्री भरतराज उप्रेती संवत् २०६४ सालको दे.पु.नं. ११८५, १२४४ र १२८१ फैसला मितिः २०६७।६।१२।३ मुद्दाः निर्णय दर्ता बदर हक कायम । पुनरावेदक प्रतिवादीः काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. २२ बस्ने आयुरत्न सिख्राकार विरुद्ध प्रत्यर्थी वादीः ऐ. ऐ. बस्ने छोरी सिख्राकार समेत पुनरावेदक वादीः काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. २२ बस्ने छोरी सिख्राकार समेत विरुद्ध प्रत्यर्थी प्रतिवादीः काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. २२ बस्ने आयुरत्न सिख्राकार समेत र पुनरावेदक प्रतिवादीः काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. २२ बस्ने दिव्यकुमारी सिख्राकार विरुद्ध प्रत्यर्थी वादीः ऐ. ऐ. बस्ने छोरी सिख्राकार समेत शुरु फैसला गर्नेः मा.न्या.श्री सुष्मालता माथेमा पुनरावेदन फैसला गर्नेः मा.न्या.श्री दुर्गाप्रसाद उप्रेती मा.न्या. श्री बुद्धिप्रसाद रेग्मी § बण्डापत्रको अस्तित्व स्वीकार गरी सोअनुसार आफ्नो अंश भाग लिई खाइसकेपछि सोही बण्डापत्रका अन्य शर्त र व्यवस्थाहरू सबै अंशियारले मान्नु पर्ने हुन्छ र बण्डापत्रका शर्त र व्यवस्थाहरू मान्न त्यसमा हस्ताक्षर गर्ने सबै पक्ष र व्यक्ति विवन्धित हुने भएकाले कसैले त्यसको विपरीत जान नमिल्ने । (प्रकरण नं.५) § सगोलका अंशियारका नाममा रहेको जग्गा नामसारी र दर्ता गराउँदैमा अन्य अंशियारहरूको हक जान सक्दैन । त्यस्तै एउटाको हकको अंशको जग्गा अर्का अंशियारले नामसारी दर्ता गराएमा त्यो दूषित दर्ता हुन्छ । दूषित दर्ता बदर गराउन हदम्यादको सीमा बाधक बन्न सक्दैन । त्यस्तो दूषित दर्ताले अंशहकको जग्गा दर्ता गर्नबाट रोक्न नसक्ने । (प्रकरण नं.६) § बण्डापत्रको पक्ष नरहेको व्यक्तिलाई बण्डापत्रको शर्तले विवन्धित गर्न सक्ने अवस्था नदेखिएको र आफ्नो अंश भाग जीउनीको सम्पत्ति कानूनको अधीनमा रही कसैलाई विक्री, दान वा बकस गरिदिन नपाउने भन्न नमिल्ने । (प्रकरण नं.७) प्रत्यर्थी प्रतिवादीका तर्फबाटः विद्वान अधिवक्ता श्री रामचन्द्रप्रसाद वर्णवाल प्रत्यर्थी वादीका तर्फबाटः विद्वान वरिष्ठ अधिवक्ता श्री श्यामप्रसाद खरेल र विद्वान अधिवक्ताहरु श्री बालकृष्ण नेउपाने र श्री तेजबहादुर कटुवाल अवलम्बित नजीरः सम्बद्ध कानूनः § मुलुकी ऐन लेनदेन व्यवहारको २५ नं. न्या.ताहिर अली अन्सारीः न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) बमोजिम पुनरावेदक वादी एवं प्रतिवादी दुवैतर्फबाट यस अदालतमा पुनरावेदन पत्र पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर निम्नानुसार रहेको छ :– पूर्णकाजी सिख्राकार र रत्नमाया सिख्राकारका ३ छोरामा जेठो सुशीलरत्न, महिला विपक्षी आयुरत्न र कान्छो दुर्गारत्न भएकोमा हामीहरूका पति तथा पिता सुशीलरत्न मिति २०३७।१२।१५ मा परलोक हुनु भएको, उहाँका २ श्रीमती हामी फिरादीमध्येका छोरी सिख्राकार र सूर्यलक्ष्मी तथा छोराहरू रमेश, द्रव्यरत्न र बुद्धरत्न छौं । कान्छो दुर्गारत्न, निजको श्रीमती कृष्णदेवी एवं छोरा गायन्द्ररत्न र राजेन्द्र छन् । दुर्गारत्नको मिति २०५०।१।३१ मा परलोक भएकोमा मूल अंशियार पूर्णकाजी, रत्नमाया, सुशीलरत्नको हक खाने श्रीमती र छोरा समेत गरी ५ विपक्षी आयुरत्न र दुर्गारत्नको बीचमा मिति २०४७।३।१४ मा र.नं.