निर्णय नं. ८५१२ - उत्प्रेषण समेत
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८५१२ - उत्प्रेषण समेत भाग: ५२ साल: २०६७ महिना: फागुन अंक: ११ फैसला मिति :२०६७/०९/०५ २८३८ निर्णय नं. ८५१२ ने.का.प. २०६७ अङ्क ११ सर्वोच्च अदालत संयुक्त इजलास माननीय न्यायाधीश श्री ताहिर अली अन्सारी माननीय न्यायाधीश प्रा.डा.श्री भरतबहादुर कार्की संवत् २०६३ सालको रिट नं:– ०६८६ आदेश मितिः २०६७।९।५।२ विषयः– उत्प्रेषण समेत । निवेदकः सर्लाही जिल्ला, बबरगञ्ज गा.वि.स.वडा नं.१ घर भै हाल ऐ.ईश्वरपुर गा.वि.स. वडा नं.६ बस्ने नारायण बंशी झा विरुद्ध प्रत्यर्थीः सर्लाही जिल्ला मलंगवा नगरपालिका वडा नं.६ बस्ने सोनेलाल शाहको मु.स. गर्ने ऐ.को श्रीमती कैलासदेवी शाह समेत § बिगो भरी भराउ गर्ने प्रक्रियाअन्तर्गत गरिने सम्पत्तिको मूल्याङ्कनबाटै बिगो तिर्नु, बुझाउनु पर्ने दायित्व भएको व्यक्तिको हकहितमा तत्काल र प्रत्यक्ष असर पर्नसक्ने स्थिति हुँदैन । त्यो मूल्याङ्कन न्यूनतम् मात्र हो । सम्बन्धित सम्पत्तिलाई खरीद गर्न चाहने व्यक्तिले न्यूनतम् मूल्यभन्दा जति बढी मूल्य दिन कानूनले कुनै बाधा नगर्ने । § लिलाम प्रक्रिया खुल्ला रुपमा सम्पन्न हुने हुनाले सम्पत्ति खरीदकर्ताहरू लिलाम प्रतिस्पर्धामा सहभागी भै न्यूनतम् मूल्यभन्दा जति बढी पनि प्रस्तावित गर्न सक्ने । (प्रकरण नं.६) § पाउनु पर्ने बिगोको रकम तिर्नु, बुझाउनु पर्ने कानूनी दायित्व पूरा गर्ने तर्फको ऋणी अग्रसर रहनु पर्दछ । बिगो भरी पाउनेले जग्गा वा अचल सम्पत्ति पाऊँ भनी माग राखेको हुँदैन । अपितु बिगो भरी पाउन दरखास्त दिएको हुन्छ । आफूले तिर्नु बुझाउनु पर्ने रकम बुझाएमा लिलाम गर्ने गराउने अवस्था नै आउँदैन । त्यसकारण आफूले पूरा गर्नुपर्ने दायित्व पूरा नगरी फैसला कार्यान्वयनको प्रक्रियामा छिद्रान्वेषण गर्दै त्यसैको आडमा फैसला कार्यान्वयन तर्फको जटिल र बिलम्बित गर्न पाउने अधिकार नहुने । (प्रकरण नं.७) निवेदकका तर्फबाटः विद्वान अधिवक्ताहरू श्री माधव बास्कोटा र श्री सुरज अधिकारी प्रत्यर्थी तर्फबाटः विद्वान वरिष्ठ अधिवक्ता श्री महादेव यादव अवलम्बित नजीरः सम्बद्ध कानूनः § मुलुकी ऐन अ.वं. १७ नं. § जिल्ला अदालत नियमावली, २०५२ को नियम ७५(५) आदेश न्या.ताहिर अली अन्सारीः नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३२, १०७ (२) बमोजिम यस अदालतमा पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य र आदेश यस प्रकार रहेको छ :– म निवेदकले प्रत्यर्थी सोनेलाल शाहबाट मिति २०५५।८।१४ गते रु.६,००,०००। (अक्षरेपी छ लाख रुपैया) लिएकोमा साहूले सम्मानित सर्लाही जिल्ला अदालतमा लेनदेनको फिराद दायर गरी उक्त फिराद दावीबमोजिम हुनेगरी शुरु सर्लाही जिल्ला अदालतबाट मिति २०५८।१२।२८ गतेमा र सोही फैसला पुनरावेदन अदालत, जनकपुरबाट मिति २०६०।१२।२६ गते फैसला सदर भएको थियो । सो फैसलाअनुसार मेरो नाममा कायम रहेको सर्लाही जिल्ला ईश्वरपुर गा.वि.स.वडा नं.६(ग) को कि.नं.८८ को क्षेत्रफल ३–४–४–० बिगाह जग्गाबाट असूल उपर गरिपाऊँ भनी बिगो भरी भराउ गरी पाउन निवेदन दिएकोमा सम्मानित सर्लाही जिल्ला अदालतबाट बिगो भरी भराई दिने कार्यविधि अवलम्बन गर्दा मिति २०६३।४।७ गते जिल्ला अदालत नियमावली, २०५२ को नियम ७५ बमोजिम जायजात गर्दा मेरो जग्गाको प्रतिकठ्ठा रु.५,००,०००। (अक्षरेपी पाँच लाख रुपैया) मोल पर्दछ भनी तायदात र मूल्याङ्कन मुचुल्का उक्त जग्गाको सधियार गा.वि.स.सचिव स्वयं विपक्षी वादी समेत उपस्थित भई भएको मुचुल्का पश्चात मिति २०६३।६।२३ गते तहसीलदारज्यूले उक्त जग्गाको प्रति कठ्ठा रु.२०,०००। अक्षरेपी बीस हजार म