निर्णय नं. ८५१४ - मोटरसाइकल पाटर्स चोरी पैठारी
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८५१४ - मोटरसाइकल पाटर्स चोरी पैठारी भाग: ५२ साल: २०६७ महिना: फागुन अंक: ११ फैसला मिति :२०६७/०७/१४ ३५२० निर्णय नं. ८५१४ ने.का.प. २०६७ अङ्क ११ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री मोहनप्रकाश सिटौला माननीय न्यायाधीश श्री सुशीला कार्की संवत् २०६४ सालको फौ.पु.नं. ०४६२ फैसला मितिः २०६७।७।१४।१ मुद्दाः– मोटरसाइकल पाटर्स चोरी पैठारी । पुनरावेदक वादीः राजश्व गस्ती टोली, रानी विराटनगरको तर्फबाट विराटनगर भन्सार कार्यालय, रानी, विराटनगर समेत विरुद्ध विपक्षी प्रतिवादीः सुनसरी जिल्ला, इटहरी नगरपालिका वडा नं.१ स्थित वैष्णो ट्रेडिङ सेन्टरको प्रो. अरुणकुमार अग्रबालका अधिकार प्राप्त प्रतिनिधि श्यामसुन्दर चौधरी शुरु तहमा फैसला गर्नेः प्रमुख भन्सार अधिकृत श्री हरिशरण पुडासैनी पुनरावेदन तहमा फैसला गर्नेः मा.अध्यक्ष श्री विनोदप्रसाद ढुङ्गेल लेखा सदस्य श्री गणेशकुमार कार्की § गोदामबाट बरामद भएका सामानहरूको नियमानुसार भन्सार तिरेको बील विजक नभएपछि ती सामानहरू चोरी पैठारी गरी ल्याएको मान्नुपर्ने । (प्रकरण नं.५) § अवैध रुपमा सामानहरू वरामद हुनु नै भन्सार चोरीमा कारवाहीको लागि पर्याप्त मानिन्छ । तर राजश्व न्यायाधिकरणले प्राविधिक रुपमा सुराकीको निवेदन पछाडि परेको भन्ने लिएको आधार कानूनसम्मत नहुने । § सुराकी पर्नु र नपर्नुले भन्सार चोरी जस्तो गम्भीर बिषयमा अभियुक्तउपरको कारवाहीलाई उन्मुक्ति दिन मिल्दैन । सुराकीका प्रतिवेदन वा निवेदन निर्णय आधार हुन नसक्ने । (प्रकरण नं.६) पुनरावेदक वादी तर्फबाटः विद्वान सहन्यायाधिवक्ता श्री कृष्णप्रसाद पौडेल विपक्षी प्रतिवादी तर्फबाटः विद्वान अधिवक्ताद्वय श्री मथुराकुमार मास्के र जगदेव चौधरी अवलम्बित नजीरः सम्बद्ध कानूनः § भन्सार ऐन, २०१९ को दफा २(ठ) फैसला न्या.मोहनप्रकाश सिटौलाः राजश्व न्यायाधिकरण विराटनगरको मिति २०६४।४।१४ को फैसलाउपर पुनरावेदन गर्ने अनुमती प्रदान भई दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षीप्त तथ्य र ठहर यस प्रकार छः मिति २०६२।१२।१६ गते विहान ८ बजेको समयमा जिल्ला सुनसरी इटहरी १ स्थित वैष्णो ट्रेडिङ सेन्टरमा भारतबाट मोटर साइकल पाटर्स समेत चोरीपैठारी गरी पसल र गोदाममा राखिएको भन्ने जानकारी प्राप्त हुन आएको हुँदा सुराक दिन आएको छु । उल्लिखित सामानहरू पक्राउ गरी कानूनबमोजिम कारवाही गरिपाऊँ भन्ने समेत व्यहोराको दिनेशकुमार यादवले विराटनगर भन्सार कार्यालय, रानीमा दिएको निवेदन । जिल्ला सुनसरी इटहरी १ स्थित वैष्णो ट्रेडिङमा मिति २०६२।१२।१६ को खान तलासी गर्ने पत्रअनुसार तलासी गर्दा पसलमा रहेका मोटर पार्टसहरूको कागज वीलविजक देखाउन नसकेकाले निजले भन्सार छली चोरीपैठारी गरी पसल र गोदाममा राखिएका जम्मा मूल्य रु.२,२८,६८०।– मोटर साइकल पार्टसको खान तलासी वरामदी मुचुल्का गरी विक्रेता अरुणकुमार अग्रवाल समेतलाई भन्सार चोरी पैठारी तर्फ पक्राउ गरी यसै प्रतिवेदन साथ वरामदी मुचुल्कासमेत राखी कारवाहिका लागि पेश गरेका छौ भन्ने समेत व्यहोराको स.प्र.ना.उ. भरतकुमार कार्की समेतले मिति २०६२।१२।१९ मा विराटनगर भन्सार कार्यालय, रानीमा दिएको प्रतिवेदन दाखीला भएको, प्रतिवेदनमा उल्लिखित सि.नं. १ देखि सि.नं. ३१ सम्मको उल्लेख भएका मोटर साइकल पाटर्स मेरो होइन । उक्त सामान जिल्ला सुनसरी इटहरी १ स्थित वैष्णो ट्रेडिङ सेन्टरका प्रो.अरुणकुमार अग्रबालको हो । उक्त पसलमा विक्रेताका रुपमा काम गर्ने मानिस जानु भएकाले सामान खरीद विक्री गर्ने अख्तियार मलाई दिनु