निर्णय नं. ९१३३ - परमादेश/निषेधाज्ञा

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९१३३ - परमादेश/निषेधाज्ञा भाग: ५६ साल: २०७१ महिना: असार अंक: ३ फैसला मिति :२०७०/११/११ ४२७६ सर्वोच्च अदालत, संयुक्त इजलास सम्माननीय का.मु. प्रधानन्यान्यायाधीश श्री दामोदरप्रसाद शर्मा माननीय न्यायाधीश श्री प्रकाश वस्ती फैसला मिति : २०७०।११।११।१ ०६६–CI–०५४८ विषय : परमादेश निषेधाज्ञा पुनरावेदक/वादी : जिल्ला काठमाडौं, काठमाडौं महानगरपालिका, वडा नं. ११ बबरमहल कुरिया गाउँ बस्ने नेपाल टेन्ट एन्ड टारपोलिन प्रा.लि.को सञ्चालक रतनकुमार खेतानसमेत विरूद्ध प्रत्यर्थी/प्रतिवादी : अध्यक्ष, सञ्चालक समिति, राष्ट्रिय वाणिज्य बैंक, केन्द्रिय कार्यालय, काठमाडौंसमेत § एकाघर सगोलका मुख्य व्यक्तिले आफ्नो घर व्यवहार सञ्चालनको लागि लिएको ऋणमा सगोलका अन्य अंशियारकोसमेत दायित्व हुने भएपनि आफ्नै घर व्यवहार बाहेक अन्य व्यक्ति वा अर्को व्यक्तिको संस्था वा कम्पनीको कारोबारको लागि परिवारको कुनै सदस्यले व्यक्तिगतरूपमा गरिदिएको जमानतमा त्यस्तो जमानत गरिदिने व्यक्तिको परिवारका सदस्यसमेतमा जमानतको दायित्व बहन गराउन नमिल्ने । § परिवारका सदस्य वाहेक अर्को व्यक्ति वा त्यस्तो अर्को व्यक्तिका नामको संस्थाले लिएको ऋणमा कुनै व्यक्तिले परिवारका सदस्यको मन्जुरी बिना व्यक्तिगतरूपमा जमानत दिएमा सो जमानत दिने व्यक्ति व्यक्तिगतरूपमा मात्र जवाफदेही हुन्छ । त्यस्तो ऋण नलिने नखाने अवस्थाका जमानी दिनेको व्यक्तिको परिवारका सदस्यमा जमानतको दायीत्व वहन गराउनु न्यायपूर्ण नहुने । (प्रकरण नं. ५) § ऋणको प्रथम दायित्व सम्बन्धित ऋणि हुने र तत्‍पश्चात् जमानी दिने व्यक्तिमा हुन्छ सो बाहेक ऋणको साँवा व्याज असूल नभएको भन्ने अर्थ गरी जमानत नदिने अन्य व्यक्तिको जग्गा तथा घर रोक्का राखी रहनु कानून प्रतिकूल हुने । (प्रकरण नं. ६) पुनरावेदक/वादीका तर्फबाट : प्रत्यर्थी/प्रतिवादीका तर्फबाट : विद्वान अधिवक्ताद्वय श्री बाबुराम खत्री, श्री हेमराज अधिकारी अवलम्बित नजीर : सम्बद्ध कानून : § अन्तरिम संविधान २०६३ को धारा १२, १३, १९ । § नागरिक अधिकार ऐन, २०१२ को दफा ३,७,९ । सुरू तहमा फैसला गर्ने :- मा.न्या. श्री मोहनप्रसाद घिमिरे मा.न्या. श्री दिनेशकुमार कार्की फैसला का.मु.प्र.न्या.श्री दमोदरप्रसाद शर्मा : न्याय प्रशासन ऐन, २०४८ को दफा ९बमोजिम यस अदालतको अधिकारक्षेत्र भित्रको भई पुनरावेदन अदालत पाटनको मिति २०६६।५।२४ को फैसलाउपर दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छ :- नेपाल टेन्ट एन्ड टारपोलिन प्रा.लि. सञ्चालनका लागि कर्जा आवश्यक परी राष्ट्रिय वाणिज्य बैंक मुख्य शाखा कार्यालयबाट विभिन्न मितिमा बैकिङ्ग सुविधा अन्तर्गत लिएको कर्जाको सुरक्षण वापत हामी संचालकहरूको नाम दर्ता हक भोगको काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. १क को कि.नं. ४४८ र ४४९ को क्रमशः क्षेत्रफल ०–१०–३–० र ०–७–०–० जग्गा र सो जग्गामा बनेका घरहरू मिति २०५२।१२।१२ मा बैंकको नाउँमा धितो बन्धक पारित गरी दिएका थियौं । उक्त धितो लिखतको व्यहोरामा ऋणी नेपाल टेन्ट एन्ड टारपोलिन प्रा.लि. बाहेक अन्य कसैको लागि कसैको पक्षमा धितो बन्धक जमानत इत्यादी दिएका छैनौं भन्ने उल्लेख गरिएको थियो । हाम्रो नामको उल्लिखित घर जग्गा धितो राखी विपक्षी बैंकबाट लिएको सम्पूर्ण कर्जा रकम मिति २०६२।३।३० मा नै चुक्ता गरी सकेता पनि धितोमा रहेका घर जग्गाहरू रोक्का फुकुवा गराई लिन पटक पटक विपक्षी बैंक शाखामा अनुरोध गर्दा आलटाल गरी रहेको छ । बैंकले च.नं. २३६/४० मिति २०६