निर्णय नं. ८७९१ - उत्प्रेषणयुक्त परमादेश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८७९१ - उत्प्रेषणयुक्त परमादेश भाग: ५४ साल: २०६९ महिना: असार अंक: ३ फैसला मिति :२०६८/१२/१५ २९६३ ने.का.प. २०६९, अङ्क ३ निर्णय नं. ८७९१ सर्वोच्च अदालत, संयुक्त इजल।स माननीय न्यायाधीश श्री ताहिर अली अन्सारी माननीय न्यायाधीश प्रा.डा.श्री भरतबहादुर कार्की २०६७-WO-१२२७ आदेश मितिः २०६८।१२।१५।४ विषयः— उत्प्रेषणयुक्त परमादेश । निवेदकः जिल्ला सप्तरी, गा.वि.स.रायपुर वार्ड नं. १ बस्ने कामेश्वर यादव समेत विरुद्ध विपक्षीः सप्तरी जिल्ला अदालत समेत § यातायात बन्द भएको भनी बार इकाईबाट सिफारिश पत्र साथ राखी गुज्रेको तारिख थामी पाऊँ भनी अदालतमा दिएको निवेदन तथा सिफारिश पत्रलाई कानूनअनुकूलको अधिकृत निकायले दिएको सिफारिश भन्न नमिल्ने । (प्रकरण नं.७) § तत्काल पेश नगरी पछि आएर पेश गरेको गा.वि.स.को सिफारिशलाई मान्यता दिन नमिल्ने । (प्रकरण नं.८) § वारेसले झूठा व्यहोरा देखाई अ.वं. ५९ नं एवं अ.वं. ६२(५) नं. बमोजिमको तारिख थाम्न पाउने सुविधा लिई गुज्रेको तारिख थमाएको कारवाही कानूनबमोजिम नभएको अवस्थामा झूठा व्यहोराको अनधिकृत सिफारिशको आधारमा गरेको आदेशलाई कानूनअनुरूप मान्न नमिल्ने । (प्रकरण नं.९) निवेदकको तर्फबाटः विद्वान अधिवक्ता सुरेशकुमार कार्की विपक्षी तर्फबाटः विद्वान अधिवक्ता विष्णुप्रसाद शर्मा अवलम्बित नजीरः सम्बद्ध कानूनः § अ.वं.१७, ६२(५) एवं ५९ नं आदेश न्या.ताहिर अली अन्सारीः नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३२।१०७(२) बमोजिम यस अदालतको असाधारण अधिकारक्षेत्र अन्तर्गत पर्न आएको प्रस्तुत निवेदनको संक्षिप्त तथ्य एवं आदेश यस प्रकार रहेको छः— विपक्षी लक्षण यादव समेतले हामी समेत उपर सप्तरी जिल्ला अदालतमा मिति २०६५।६।३० मा कुटपीट मुद्दा दायर गर्नु भएको थियो । उक्त मुद्दामा मिति २०६५।१०।१९ मा संयुक्त रुपमा प्रतिउत्तर पेश गरी मुद्दा विचाराधीन अवस्थामा छ । उक्त मुद्दामा विपक्षीहरूको तर्फबाट जिल्ला सप्तरी गा.वि.स. रायपुर वार्ड नं. १ बस्ने बभोली मण्डल वारेस बसेको र प्रतिवादीहरूको तर्फबाट प्रतिवादी मध्येको म चन्दन लाल यादव वारेस भई मुद्दाको पुर्पक्ष भइरहेको अवस्था थियो । अदालतबाट मिति २०६६ साल भाद्र १५ गतेका दिन उक्त मुद्दाका वादी प्रतिवादीका तर्फबाट रहेका वारेसहरू उपस्थित भएपछि मिति २०६६ साल असोज २५ गतेका दिन दुवै थरी वारेसहरूलाई साधारण तारिख तोकिएको थियो । सो तारिखमा वादीका वारेस वमभोली मण्डलले तारिख गुजारेको र हामी प्रतिवादीलाई मिति २०६६ साल कात्तिक १८ गतेको साधारण तारिख तोकिएको थियो । यसरी मिति २०६६ साल कार्तिेक १८ गतेका दिनसम्म पनि वादीले तारिख थाम्न नआएपछि सो दिन प्रतिवादीलाई मिति २०६६ साल मंसिर २ गतेका तारिख तोकिएको थियो । सप्तरी जिल्ला अदालतमा विचाराधीन रहेको उक्त मुद्दामा वादीका वारेस बमभोली मण्डलले मिति २०६६ साल असोज २५ गतेका दिनबाट तारिख गुजारी बसेको भएपनि निजले सोही दिन वादी पाँचु खंग भएको लुटपीट मुद्दामा प्रतिवादीको वारेसको हैसियतले उपस्थित भई तारिख लिएका रहेछन् । त्यसै गरी सोको भोलि पल्ट मिति २०६६ साल कात्तिक २६ गतेका दिन वादी रामेश्वर यादव र प्रतिवादी वौनीदेवी यादव समेत भएको मुद्दामा वादीको वारेसको हैसियतले निजले तारिख लिएको अवस्था विद्यमान रहेको छ । मिति २०६६ साल असोज २५ गते देखि २०६६ साल कात्तिक ३ गतेसम्म ट्राफिक प्रहरी कार्यालय, राजविराजको एरियाभित्र पर्ने राजविराज नगरपालिका र अन्य आसपास एरियामा कुनै पनि यातायात संघ वा मजदुर संघ संगठनको हडताल/बाटो अवरोध रे