निर्णय नं. ६८३६ - भ्रष्टाचार
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६८३६ - भ्रष्टाचार भाग: ४२ साल: २०५७ महिना: बैशाख अंक: १ फैसला मिति :२०५६/०२/१४ ४२२७ निर्णय नं. ६८३६ ने.का.प.२०५७ अङ्क १ पूर्ण इजलास माननीय न्यायाधीश श्री केशवप्रसाद उपाध्याय माननीय न्यायाधीश श्री अरविन्दनाथ आचार्य माननीय न्यायाधीश श्री हरिश्चन्द्रप्रसाद उपाध्याय माननीय न्यायाधीश श्री राजेन्द्रराज नाख्वा माननीय न्यायाधीश श्री ज्ञाइन्द्रबहादुर श्रेष्ठ संवत २०५५ सालको फौ.पु.इ.नं. ..१५ फैसला मितिः २०५६।२।१४।६ मुद्दाः भ्रष्टाचार । पुनरावेदक प्रतिवादीः जिल्ला चितवन गितानगर गा.पं. वडा नं. केसर वाग वस्ने रामचन्द्र देवकोटा विरुद्ध विपक्षी वादीः श्री ५ को सरकार § जिल्ला कार्यालय वाग्लुङको प्रतिवेदनले वादी श्री ५ को सरकार प्रतिवादी कुल बहादुर क्षेत्री भएको भ्रष्टाचार मुद्दामा नेपाल खाद्य संस्थान उपशाखा कार्यालय वाग्लुङको गोदामको भौत्तिक परीक्षण गर्दा चामल र खाली बोरा अपुग भएकोमा सो कार्यालयको लेखा उपसहायक कुलबहादुरले चामल र खाली वोरा नपूग भएको तथ्यलाई स्वीकारेको देखिएकोले निज जिम्माको चामल र खाली बोरा वदनियतसाथ मासेको भनी तत्काल प्रचलित भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १३(१) र दफा २९ वमोजिम सजायको माग दावी लिएको देखिन्छ । सो मुद्दामा भ्रष्टाचार निवारण ऐन, २०१७ को तत्काल प्रचलित दफा १३(१) को उल्लेख गर्दै सो दफा १३(१) मा भएको व्यवस्थाबाट कुनै राष्ट्रसेवकले आफ्नो जिम्मा वा नियन्त्रणमा रहेको कुनै व्यक्ति वा सरकारी मान्यता प्राप्त कुनै संस्थाको चल वा अचल सम्पत्ति वदनियतसाथ मासेमा उक्त दफा वमोजिम कारवाही र सजाय हुन सक्ने निष्कर्षमा पुगी सो चामल जिम्मा लिने लेखा उपसहायक कुल बहादुरले यस किसिमले नपूग भएको हो भनी कुनै सन्तोषजनक कारण उल्लेख गर्न नसकेकोमा निजको जिम्मा रहेको चामल तथा बोरा नपूग भै हिनामिना भएको स्थितिमा अन्यथा हो भनी निजले प्रमाणित गर्न सकेको अवस्थामा वाहेक निजले नै मासेको हिनामिना गरेको हो भन्नूपर्ने यस स्थितिमा निजको वदनियत थिएन भन्न सकिने अवस्था नरहने भनी प्रमाणको भार (Burden of proof) प्रतिवादीमा राखिएको पाइन्छ । प्रमाण ऐन, २०३१ को दफा २७(१) वमोजिम प्रतिवादीमा रहेको यो प्रमाणको भारलाई अन्यथा भन्न मिल्ने नदेखिंने । (प्र.नं. २२) § जहाँसम्म २०५० सालको फौ.पु.इ.नं. २६।२७ पुनरावेदक प्रतिवादी रामबहादुर थापा समेत विरुद्ध श्री ५ को सरकार भएको भ्रष्टाचार मुद्दाको प्रश्न छ सो मुद्दामा नेपाल नेशनल ट्रेडिङ लि. को गोदाममा गोदामकिपर विष्णुप्रसादको जिम्मामा रहेको विभिन्न नम्वर किसिमको छाता खेलौना आदि घटी हुन गै सो नेशनल ट्रेडिङ लिमिटेडलाई हानी पुग्न गएको भन्ने नेशनल ट्रेडिङ लिमिटेड केन्द्रीय कार्यालय प्रशासन व्यवस्था विभागको पत्र वमोजिम विशेष प्रहरी विभागले अनुसन्धान गरी गोदामकिपर विष्णुप्रसाद पराजूली र गार्ड रामबहादुर थापाले मिलेमतोबाट आफूलाई गैरकानुनी लाभ श्री ५ को सरकारको स्वामित्वमा रहेको संस्था नेशनल ट्रेडिङ लिमिटेडलाई गैरकानुनी हानी पूर्याएको भन्दै हाल प्रचलित भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १३ अन्तर्गत सजाय र दफा २९ वमोजिम विगो रकम दावी गरी अभियोग लगाइएकोमा सो मालसामान आफू जिम्माको भन्ने र मालसामानहरु नपूग भएको भन्ने तथ्यलाई स्वीकारी तर आफूले हिनामिना गरेको होइन भनी इन्कार गरी गोदामकिपर विष्णुप्रसादले वयान गरेको देखिन्छ भने गोदामकिपरसंग मिलेमतो गरी हिनामिना गरेको होइन भनी रामबहादुर थापाले विशेष अदालतमा वयान गरेको देखिन्छ । सो मुद्दामा पूर्ण इजलासले भ्रष्टाचार निवारण