निर्णय नं. ६८३७ - उत्प्रेषण समेत
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६८३७ - उत्प्रेषण समेत भाग: ४२ साल: २०५७ महिना: बैशाख अंक: १ फैसला मिति :२०५३/०१/१३ ३००५ निर्णय नं. ६८३७ ने.का.प.२०५७ अङ्क १ पूर्ण इजलास माननीय न्यायाधीश श्री ओमभक्त श्रेष्ठ माननीय न्यायाधीश श्री कृष्णकुमार वर्मा माननीय न्यायाधीश श्री नरेन्द्रबहादुर न्यौपाने रि.पु.इ.नं. ......५२ आदेश मिति : २०५३।१।१३।५ विषयः उत्प्रेषण । निवेदकः जि.मोरङ विराटनगर नगरपालिका वडा नं. २ वस्ने रामप्रसाद भट्टराई विरुद्ध प्रत्यर्थीः संचालक समिति नेशनल ट्रेडिङ लिमिटेड, केन्द्रीय कार्यालय काठमाडौं, टेकु समेत § रिट निवेदकलाई सेवाबाट अवकाश दिने गरेको निर्णय औचित्यपूर्ण र तर्कसँगत एवं संतोषजनक रहेको नदेखिएको ठहर्याई अवकाश दिने गरेको निर्णय सदाशयता विहिन भएकाले अवकाश दिने गरी भएको ने.ट्रे.लि. संचालक समितिको निर्णय उत्प्रेषणको आदेशद्वारा वदर गरी कानून वमोजिम पदस्थापना गरी काम लगाउनु भन्ने ने.ट्रे.लि.को नाममा परमादेश जारी हुने ठहर्याई यस अदालत संयुक्त इजलासबाट मिति २०४९।११।१७ मा भएको आदेश वमोजिम निवेदक नोकरीमा पूनःस्थापना भएकोमा मिति २०५०।५।३१ मा माग वमोजिमको सेवा अवधि गणना गर्न र सो सम्वन्धी सुविधा दिन नमिल्ने, अनुपस्थित भएको अवधि नोकरी अवधिमा जोड्न नमिल्ने भन्ने संचालक समितिले गरेको निर्णय उपर प्रस्तुत रिट निवेदन परेको देखियो । २०४६।९।२४ देखि पूनःस्थापित भई काम गर्नु भन्दा अघिको अवधिको तलव भत्ता आदि सुविधा पाउनु पर्ने भन्ने निवेदकको मुख्य माग व्यहोरा रहेछ । संचालक समितिले पूनःस्थापित भई काम गर्नु भन्दा अघिको तलवभत्ता सुविधा दिन नमिल्ने र अनुपस्थित भएको अवधि जोड्न नमिल्ने भनी निर्णय गर्दाको अवस्था वहाल रहेको नेशनल ट्रेडिङ लिमिटेड कर्मचारी सेवा शर्त नियमावली, २०४७ को नियम ९.१३ मा कुनै कर्मचारीलाई नोकरीबाट हटाउने वा वर्खास्त गर्ने आदेश रद्द भई निज नोकरीमा पूनः कायम भएपनि निजले कार्यालयमा उपस्थित नभएको अवधिको तलवभत्ता वा सेवा सम्वन्धी सुविधामा दावी गर्न पाउने छैन भन्ने उल्लेख गरेको पाइन्छ । नेशनल ट्रेडिङ लिमिटेड कर्मचारी सेवा शर्त नियमावली, २०४७ को परिच्छेद ९ को विभागीय कारवाही नामक परिच्छेदको नियम ९.४ मा सेवाबाट हटाउने वा वर्खास्त गर्ने सम्वन्धमा छुट्टै व्यवस्था गरेको र परिच्छेद ६ अन्तर्गत संचयकोष, अवकाश, उपदान र निवृत्तिभरणको व्यवस्था गरी नियम ६.२ को (३) मा कुनै कर्मचारी वहाल रहेको पदको सेवा संस्थालाई आवश्यक नदेखिएकोमा वा सो पद खारेज हुने भएमा संचालक समितिले सो को कारण खुलाई कर्मचारीलाई एक महिनाको तलव अवकाश दिन सक्ने छ भन्ने व्यवस्था रहेको देखिन्छ । निवेदकलाई सेबावाट हटाएको वा वर्खास्त गरेको नभई अवकाश दिएको देखिन्छ । सो नियमावलीमा प्रष्ट रुपमा छुट्टाछुट्टै महलमा व्यवस्था गरेका अवकाश र सेबाबाट हटाउन वा वर्खास्त गर्ने कार्यलाई एउटै प्रकृतिको संझिने गरी व्याख्या गर्न मिल्ने देखिदैन । विभागीय कारवाहीको परिच्छेद अन्तर्गतको सेवाबाट हटाउने वा वर्खास्त गर्ने कार्यलाई नसिहतको रुपमा लिइन्छ भने संचयकोष, अवकाश, उपदान र निवृत्तिभरणको परिच्छेद अन्तर्गत व्यवस्था गरेको नियम ६.२ को (३) को व्यवस्थालाई नसिहतको रुपमा लिन सकिने हुदैन । नियम ६.२(३) लाई पनि नियम ९.१३ अन्तर्गत समावेश गर्ने नियमको मनसाय भए अवकाशलाई पनि प्रष्टरुपमा त्यहाँ उल्लेख गरिन्थ्यो वा यस नियम अन्तर्गत कुनै प्रकारले सेवा समाप्त भएमा भन्ने सामान्य अर्थ जनिने शव्दहरु उल्लेख हुन्थे सो उल्लेख भएको देखिदैन । कर्मचारी सम्वन्धी नियमावलीको निर्माण कर्मचारी