निर्णय नं. ६८४१ - उत्प्रेषण समेत

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६८४१ - उत्प्रेषण समेत भाग: ४२ साल: २०५७ महिना: बैशाख अंक: १ फैसला मिति :२०५६/०३/०१ ३९३५ निर्णय नं. ६८४१ ने.का.प.२०५७ अङ्क १ संयुक्त इजलास माननीय न्यायाधीश श्री केशवप्रसाद उपाध्याय माननीय न्यायाधीश श्री टोपबहादुर सिंह सम्वत् २०५४ सालको रिट नं. ... २५३९ आदेश मितिः २०५६।३।१।३ विषयः उत्प्रेषण । निवेदकः जिल्ला रौतहट टेंग्राह गा.वि.स. वडा नं. ८ वस्ने जनार्दन मिश्र भुमिहार विरुद्ध विपक्षीः पुनरावेदन अदालत हेटौंडा मकवानपूर समेत § अ.वं. १७९ नं. मा श्री ५ को सरकार वादि हुने मुद्दा वाहेक अरु मुद्दामा दुवै थरी झगडियाले तारेख गुजारेमा यसै महलको ५९ नं. र ६२ नं. वमोजिम गुज्रेको तारेख थमाई पाउने म्याद पछि सो मुद्दा डिसमिस हुन्छ भन्ने कानूनी व्यवस्था रहेको पाइन्छ । दुवैथर झगडियाले तारेख गुजारेमा डिसमिस हुनेमा प्रतिवादीले प्रतिउत्तर फिराउने म्याद वाँकी छदै रौ.जि.अ. ले मुद्दा डिसमिस गरेको कानूनसँगत देखिन आएन । यसका साथै रौतहट जिल्ला अदालतले अंश मुद्दा डिसमिस गर्न नहुने कानूनी प्रावधान अनुसार सो मुद्दा अंश मुद्दा मानी २०५३।२।३१ मा डिसमिस जगाएको देखियो । सो वेरीतसँग डिसमिस भएकोमा सो वेरीत भएको कुरामा सम्म पैतिस दिन भित्र पुनरावेदन लाग्न सक्नेमा पुनरावेदन तहबाट हुने अवस्थामा स्वयं रौतहट जिल्ला अदालतले २०५३।२।३१ मा डिसमिस जगाएको र सो उपर पुनरावेदन अदालत हेटौडामा प्रतिवादीको अ.वं. १७ नं. अन्तर्गत निवेदन परी उक्त अदालतले डिसमिस जगाउने गरेको रौ.जि.अ. को आदेश वदर हुन्छ । यस प्रकार उक्त मुद्दा पु.वे.अ. हेटौंडाको आदेशबाट पुनः डिसमिस हुन पुगेको देखिन्छ । तत्पश्चात रौ.जि.अ.ले पु.वे.अ.ले डिसमिस जगाउने आदेश वदर गरेकोले डिसमिस गर्नु पर्ने सम्झी पुनः मिति २०५४।१।२९।१ मा उक्त मुद्दा डिसमिस गरेको देखिँदा उक्त आदेशको कुनै औचित्य देखिएन । वादी प्रतिवादीका वीच चलेको मुद्दामा प्रस्तुत मुद्दाको विवाद विषयको जग्गा प्रतिवादीले वादिको हो भनी स्वीकार गरी प्रतिउत्तर फिराएकोमा सोही जग्गा आफ्ना नाममा दर्ता गरे उपर वादीले प्रस्तुत दर्ता वदरको फिराद गरेको भन्ने देखिन्छ । यसरी प्रतिउत्तर पर्न सक्ने कानून वमोजिमको म्यादमा प्रतिउत्तर परे सो प्रतिउत्तरबाट मुख मिले अ.वं. १८५(क) वमोजिम र मुख नमिलेकोमा वुझ्नु पर्ने प्रमाण बुझि प्रमाणबाट देखिन आए वमोजिम र प्रत्यूत्तर नपरेमा वादीको लेख वमोजिम प्रतिवादीले स्वीकार गरे नगरेको कुरा अन्य प्रमाणबाट देखिन आए वमोजिम फैसला गर्नु पर्नेमा प्रत्यूत्तर फिराउने म्याद वाँकी छंदै अ.वं. १७९ नं. को प्रतिकूल हुने गरी मुद्दा डिसमिस गरेको देखिन्छ । अतः यसमा डिसमिस आदेशहरु कानूनन् त्रुटिपूर्ण देखिँदा त्यस्ता आदेशहरु उत्प्रेषणको आदेशबाट वदर गरि दिएको छ । अव प्रस्तुत मुद्दा डिसमिस जगाई डिसमिस भएका मितिले थमाई प्रत्यूत्तर दिने म्याद सम्म प्रतिउत्तर लिई कानून वमोजिम निर्णय गर्नु भनी रौतहट जिल्ला अदालतका नाउँमा परमादेश जारी हुने । (प्र.नं. ९) निवेदक तर्फबाटः विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद भण्डारी विपक्षी तर्फबाटः विद्वान अधिवक्ता श्री प्रकाश वस्ती अवलम्वित नजिरः ह आदेश न्या.टोपबहादुर सिंहः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३।८८(२) अन्तर्गत यस अदालतमा पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य यस प्रकार रहेछः २. सर्भे नापी हुँदा मेरो अंश हक भोगको कि.न. ९७, १८८ र २० समेतका ज.वि. ३-४-१७ जग्गा बूबा रामप्रसादको नाममा नापी भई ज.ध.मा रामप्रसाद जोताहामा म भएको र मैले भोग गरी आ