निर्णय नं. ६८४२ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६८४२ - उत्प्रेषण भाग: ४२ साल: २०५७ महिना: बैशाख अंक: १ फैसला मिति :२०५६/११/१३ ३८०८ निर्णय नं. ६८४२ ने.का.प.२०५७ अङ्क १ संयुक्त इजलास माननीय न्यायाधीश श्री लक्ष्मणप्रसाद अर्याल माननीय न्यायाधीश श्री कृष्णकुमार वर्मा सम्वत् २०५४ सालको रिट नं. ... २३९८ आदेश मितिः २०५६।११।१३।६ विषयः उत्प्रेषण । निवेदकः जि. इलाम इलाम नगरपालिका वडा नं. २ वस्ने मूनाकिरण पराजूली समेत विरुद्ध प्रत्यर्थीः पुनरावेदन अदालत इलाम समेत § पुनरावेदन अदालत विराटनगरको फैसलामा चित्त नवूझे सर्वोच्च अदालतमा पुनरावेदन गर्न जानु भनी पुनरावेदनको म्याद दिएको आधारमा मिति २०४९।१।७ मा सर्वोच्च अदालतमा पुनरावेदन दर्ता भई मिसिल समेत झिकाई मिति २०५२।११।२८ मा निर्णय हुँदा पू.वे. (प्रतिवादी) ज्ञान बहादुर राई समेत वि. दिल बहादुर राई भएको दे.पू.इ.नं. ५४ को अंश मुद्दामा यस अदालतको १७ जना न्यायाधीशज्युहरु भएको वृहत पूर्ण इजलासबाट मिति २०५२।१।२५ मा फैसला हुँदा शुरुको फैसला उपर तत्कालिन अन्चल अदालतमा पुनरावेदन परी उक्त अदालतले गरेको फैसला उपर पुनरावेदन हेरी पुनरावेदन अदालतबाट गरेको फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ग) अनुसार यस अदालतमा पुनरावेदन नलाग्ने भन्ने नजीर प्रतिपादन भएको आधारमा उक्त पुनरावेदन नलाग्ने भनी खारेज हुने भन्ने निर्णय भएपछि मात्र उक्त अंश मुद्दा टुंगो लागेको भन्नू पर्ने । (प्र.नं. ११) § मुद्दाको टुंगो औचित्यमा प्रवेश गरेर वा प्रारम्भिक कानूनी प्रश्नको आधारमा पनि टुंगो लाग्न सक्दछ । फैसला भन्नाले मुद्दाको औचित्यमा प्रवेश गरी भएको निर्णय वा कुनै तहमा मुद्दा लाग्न नसक्ने भन्ने प्राविधिक आधारमा खारेज गर्ने गरेको दुवै प्रकारका मुद्दामा हुने फैसला भन्ने जनाउँदछ । तसर्थः पुनरावेदनको म्याद दिए अनुसार दायर भएको पुनरावेदन निर्णय गर्दा बीचमा प्रतिपादित सिद्धान्तको आधारमा खारेज भएको मितिबाटै मुद्दा अन्तिम टुंगो लागेको भन्नू पर्ने । (प्र.नं. १२) § फैसला कार्यान्वयनमा दरखास्त दिने म्याद मुद्दा अन्तिम भएपछि प्रारम्भ हुने भन्ने व्यवस्था दण्ड सजायको ४६ नं. मा गरेको हुँदा पुनरावेदन दायर रहेको अवस्थामा फैसलानूसार वण्डा छुट्याउने दरखास्तै लाग्ने अवस्था पर्दैन । तसर्थः निर्णय कुन प्रकारको हुन्छ भन्दा पनि अपिल पर्यो परेन त्यसमा निर्णय भयो भएन ? भन्ने कुरा सान्दर्भिक हुन आउने । (प्र.नं. १२) निवेदक तर्फबाटः विद्वान वरिष्ठ अधिवक्ता श्री गणेशराज शर्मा, विद्वान अधिवक्ता श्री अग्नि खरेल विपक्षी तर्फबाटः विद्वान अधिवक्ता श्री हरिहर दाहाल अवलम्वित नजिरः x आदेश न्या.लक्ष्मणप्रसाद अर्यालः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३।८८(२) अन्तर्गत यस अदालतमा दर्ता हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं यस प्रकार रहेछः २. हामी निवेदकहरु सूर्य विक्रम पराजूली समेत उपर विपक्षीहरुले २०४८।१२।३ मा पु.अ. विराटनगरबाट भएको फैसला वमोजिम वण्डा छुट्याई पाउँ भनी दण्ड सजायको ४६ नं. वमोजिम वण्डा छुट्याई पाउन इलाम जि.अ. मा २०५३।६।१८ मा निवेदन दिनु भएको रहेछ । उक्त निवेदनमा २०४८।१२।३ मा पुनरावेदन अदालत विराटनगरबाट फैसला भएको र सो उपर मूना किरणको सर्वोच्च अदालतमा पुनरावेदन परी २०५२।११।२८ मा पु.अ.को फैसला सदर गर्ने गरी निर्णय भएको हुँदा सोही मितिबाट दण्ड सजायको ४६ नं. को म्याद भित्र अंश मुद्दाको फैसला वमोजिम वण्डा छुट्याई पाउँ भन्ने रहेछ । सो वण्डा छुट्याई पाउँ भन्ने दरखास्त कानूनको म्याद भित्र नपरेकोले तामेलीमा राखी प