निर्णय नं. ६८४४ - जालसाजी
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६८४४ - जालसाजी भाग: ४२ साल: २०५७ महिना: बैशाख अंक: १ फैसला मिति :२०५६/१०/१९ ३५९७ निर्णय नं. ६८४४ ने.का.प.२०५७ अङ्क १ संयुक्त इजलास माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी माननीय न्यायाधीश श्री केदारनाथ आचार्य सम्वत २०५४ सालको फौ.पू.नं. ... १५२६ फैसला मितिः २०५६।१०।१९।४ मुद्दाः जालसाजी पुनरावेदक वादीः का.जि.का.म.न.पा. वडा नं. ३ माइतिघर वस्ने वर्ष ३५ की अम्विका पाण्डे विरुद्ध विपक्षी प्रतिवादीः का.जि.का.म.न.पा. वडा नं. ३ वस्ने अं. वर्ष ३५ को भाइराजा पाण्डे समेत § लगाउको अंश चलन र लिखत दर्ता वदर दर्ता मुद्दामा वादीले ४ भागको १ भाग अंश पाउने र प्रतिवादीहरुले लिनु दिनु गरेको कि.न. ६४० को जग्गा मध्ये वादीको अंश हक लाग्ने ४ भागको १ भाग लिखत दर्ता वदर हुने र वादीको नाममा दर्ता समेत हुने ठहर्याएको पुनरावेदन अदालतको फैसला सदर हुने ठहरी आजै यसै इजलासबाट फैसला भएको छ । प्रतिवादीहरु बीचमा भएको हक हस्तान्तरणको विवादास्पद लिखत गर्दा वादीको हक मेट्ने उद्देश्य वा मतलव रहे नरहेको हेर्नूपर्ने अवस्था देखियो । वादीले आफ्नो अंश हक लाग्ने सम्पत्ति हक मेट्ने उद्देश्यले हस्तान्तरण गरेकोले जालसाजी हो भन्ने दावी लिएको अवस्था छ । वादीको हक नलाग्ने आफ्नो नाम दर्ताको निजी सम्पत्ति छोरा भतिजालाई दिएकाले जालसाजी गरेको होइन भन्ने प्रतिवादी जिकिर रहेको अवस्था देखिँदा र किर्ते कागजको ३ नं. को प्रावधान अनुरुप वादीको हक मेट्ने उद्देश्य मतलव रहे नरहेतर्फ विचार गर्दा प्रतिवादी मध्येको अशोकराज पाण्डे वर्ष ९ को र पूष्करराज पाण्डे ७ वर्षको नावालक देखिँदा निजहरु समेतको मिलेमतोबाट वादीको हक मेटाउने उद्देश्यले जालसाज लिखत खडा गरिएको भन्न मिलेन । विवादास्पद लिखतमा नावालकहरुको संरक्षक बनेका अर्का प्रतिवादीहरु अन्जिता पाण्डे र केशवराज पाण्डेको समेत जालसाजी क्रियामा यो यसरी संलग्नता भएको हो भन्ने तर्फ वादीले नै देखाउन वताउन नसकेको र अन्य प्रमाणबाट समेत नदेखिएको अवस्थामा निजहरु समेत भई जालसाज गरेको भन्न मिलेन । प्रतिवादी भाइराजा पाण्डेले वादीको अंश हक नलाग्ने बकसपत्रबाट पाएको आफ्नो एक लौटी हक भोगको आफूखुस गर्न पाउने आफ्नो नामको जग्गा हालै देखिको बकसपत्र गरी दिएको वादीको हक मेटाउने रुपले जालसाजी गरेको होइन भनी प्रतिउत्तर जिकिर लिएको देखिन्छ । विवादित जग्गामा बनेको घर भाइराजाले आफ्नो नाममा राखी जग्गा सगोलको आफ्नै नावालक छोरा समेतमा एकै लिखतबाट हक हस्तान्तरण गरेको देखिन्छ । बकसपत्रबाट पाएको आफ्नो नामको एकलौटी हक भएको जग्गामा आफूखुस गर्न पाउने भनी सगोलका नावालक छोरा समेतका नाममा हक हस्तान्तरण गरेको देखिएकोले समेत वादीको हक मेट्ने मतलवले हस्तान्तरण गरेको भन्न मिल्ने अवस्था पनि देखिन नआउँने । (प्र.नं. १२) पुनरावेदक वादी तर्फबाटः विद्वान अधिवक्ता श्री श्यामप्रसाद पाण्डे विपक्षी प्रतिवादी तर्फबाटः x अवलम्वित नजिरः x फैसला न्या.केदारनाथ आचार्यः पुनरावेदन अदालत पाटनबाट भएको फैसला उपर वादीको तर्फबाट पुनरावेदन परी पुनरावेदनको रुपमा पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र निर्णय यस प्रकार छ : २. यसमा मेरो दाइजो पेवाको रुपैया समेतबाट पति भाइराजाका नाममा हक प्राप्त गरिएको का.जि. धापासी गा.वि.स. वडा नं. ९(ख) कि.नं. ६४० को ०-४-० हाल का.न. पा. वडा नं. ३ को जग्गा र सो जग्गामा वनेको पश्चिम मोहडा लम्वाइ फिट ३५ चौडाइ फिट ३० को पाको इटाको गारो ढलान भएको पक्कि घर समेतको मेरो अंश हक लाग्ने हो । उक्त कित्ता जग्गामा ब