निर्णय नं. ६८४५ - अंश चलन

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६८४५ - अंश चलन भाग: ४२ साल: २०५७ महिना: बैशाख अंक: १ फैसला मिति :२०५६/१०/१९ ३०५० निर्णय नं. ६८४५ ने.का.प.२०५७ अङ्क १ संयुक्त इजलास माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी माननीय न्यायाधीश श्री केदारनाथ आचार्य संम्वत २०५६ सालको दे.पू.नं. .. ५६८१ फैसला मिति : २०५६।१०।१९।४ मुद्दाः अंश चलन । पुनरावेदक प्रतिवादीः का.जि.का.म.न.पा. वडा नं. ३ वस्ने वर्ष ११ को नावालक अशोकराज पाण्डेको संरक्षक भई ऐ. ऐ. वस्ने वर्ष ३३ का अन्जिता पाण्डे विरुद्ध विपक्षी वादीः का.जि.का.म.न.पा. वडा नं. ३ माइतिघर वस्ने वर्ष ३५ की अम्विका पाण्डे § प्रस्तुत मुद्दाको फिराद पर्दा भाईराजा पाण्डे समेत ४(चार) जना मात्र अंशियार देखिने तथा (दूइ) २ तह अदालतवाट किनारा हुँदासम्म तत्सम्वन्धी विचार लिन सकेको नभै ४ भागको १ भाग वादीले अंश पाउने ठहर निर्णय भइरहेको अवस्थामा अव आएर थप अंशियार कायम गर्दै जाने हो भने मुद्दाको क्रम कहिल्यै नरोकिने भन्ने सिद्धान्त विपरित हुन जाने देखिँदा वादी दावी वमोजिम ४ भागको १ भाग वादीले अंश पाउने ठहराएको जिल्ला अदालतको फैसला सदर गरेको पुनरावेदन अदालत, पाटन ललितपूरको इन्साफ मिलेकै भई मनासिव ठहर्ने । (प्र.नं. १७) पुनरावेदक प्रतिवादी तर्फबाटः विद्वान अधिवक्ता श्री सूधानाथ पन्त तथा विद्वान अधिवक्ता श्री वावुराम गिरी विपक्षी वादी तर्फबाटः विद्वान अधिवक्ता श्री श्यामप्रसाद पाण्डे अवलम्वित नजिरः ने.का.प. २०४४, अंक ६, नि.नं ३११६ फैसला न्या.केदारनाथ आचार्यः पुनरावेदन अदालत पाटनबाट भएको फैसला उपर प्रतिवादीको तर्फबाट मुद्दा दोहर्‍याई पाउँ भनी निवेदन परी यस अदालतबाट मुद्दा दोहोर्‍याई हेर्ने निस्सा प्रदान भई पुनरावेदनको रुपमा पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र निर्णय यस प्रकार छ : २. यसमा विपक्षी पति भाइराजा पाण्डेसँग मेरो २०३४।११।६ मा विवाह भएको थियो । यसरी हामीसंगै बसी आएकोमा विपक्षी पतिले २०४१ सालमा अंजितालाई स्वास्नी वनाइ डेरामा राखेको रहेछन् । निज सौताबाट १ छोरा अशोकराज पाण्डेको जायजन्म भएको थियो । यसरी हामी ४ अंशियार छौं । मिति २०५१।१।१ गतेका दिन मलाई खान लाउन नदिई कुटपिट गरी घरबाट निकाला गरेकोले मिति २०५१।१।१ गतेलाई मानो छुट्टिएको मिति कायम गरी अंशवण्डाको २०, २१, २२ नं. वमोजिम विपक्षीबाट तायदाती फांटवारी दाखिल गराइ ४ भागको १ भाग अंश छुट्याई मलाई दिलाई चलन समेत चलाइ पाउँ भन्ने समेतको फिराद पत्र । ३. यसमा विपक्षी अम्विका पाण्डेसँग २०३४।११।६ मा विवाह भएको थियो । विपक्षी १६ दिनको साइत छाडी माइत गएकोमा हाल सम्म फर्कि नआएकोले २०४१ सालमा दोस्रो विवाह गरेको हो । कुटपिट गरी खान लाउन नदिई निकाला गरेको होइन विपक्षीको दाइजो पेवा सम्पत्तिबाट धापासीको जग्गा खरिद गरेको होइन । रिसइविबाट नालेश गरेको हो साविक धापासी गा.वि.स. वडा नं. ९(ख) हाल का.न.पा. वडा नं. ३ कि.नं ६४० को ०-४-० जग्गा मैले बकसपत्र पाएको र सो मा वनेको घर समेत मेरो स्व.आर्जनको सम्पत्तिबाट वनाएको हुँदा वण्डा गर्न नपर्ने भइ मैले आफूखुस गर्न पाउने सम्पत्ति हो यसमा वादीको हकदैया पुग्ने होइन भन्ने समेत व्यहोराको प्रतिवादी अंजिता पाण्डे, अशोकराज पाण्डे, भाइराजा पाण्डे समेत जना ३ को संयुक्त प्रतिउत्तर पत्र । ४. यसमा वादीले धापासीको घर जग्गा समेत अंश पाउने हो भन्ने समेतको वादी साक्षी कमला अधिकरीको बकपत्र रहेछ । ५. त्यसमा वादीलाई कुटपिट गरेको छैन । अंश पाउने हो भन्ने समेतको प्रतिवादीको साक्षी राम प्रसादको बकपत्र । ६