निर्णय नं. ८९९१ - बन्दीप्रत्यक्षीकरण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८९९१ - बन्दीप्रत्यक्षीकरण भाग: ५५ साल: २०७० महिना: श्रावण अंक: ४ फैसला मिति :२०६९/१०/१२ ३१२९ ने.का.प. २०७०, अङ्क ४ निर्णय नं.८९९१ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री दामोदरप्रसाद शर्मा माननीय न्यायाधीश श्री रामकुमार प्रसाद शाह रिट नं. ०६९–WH–००४० आदेश मितिः२०६९।१०।१२।६ विषयः– बन्दीप्रत्यक्षीकरण । निवेदकः जिल्ला बाजुरा, बाधु गाउँ विकास समिति वडा नं. ८ घर भै हाल कारागार कार्यालय, डिल्लीबजारमा थुनामा रहेको विष्णुबहादुर कार्की विरुद्ध विपक्षीः पुनरावेदन अदालत पाटनसमेत § अदालतमा कारवाहीयुक्त अवस्थामा रहेको मुद्दामा मुद्दाको पुर्पक्षको सिलसिलामा थुनाबाट छुटेको समयमा घटित फरक–फरक वारदात र फरक–फरक मितिमा भएका फैसलाअनुसारको कैद म्याद ठेक्दा पटक–पटकको कैद खापी ठेकिएको कैद म्यादलाई दण्ड सजायको ४१ नं. को प्रतिकूल भन्न नमिल्ने । § एउटा मुद्दा फैसला भई उक्त फैसलाअनुसार ठहर भएको कैद नबस्दै कारवाही चलिरहेको मुद्दाको रोहमा थुनाबाट छुटेको अवस्थामा अर्को कसूर गरेकोमा दण्ड सजायको ४१ नं. को अन्तिम वाक्यांशअनुसार पटक–पटकको कसूरमा सो कसूरबापत कैद खापी कैद म्याद ठेकिएको, विभिन्न मुद्दाहरूमा कैदका अतिरिक्त जरीवाना लागेको र फैसलाअनुसारको जरीवाना नतिरे नबुझाएको स्थितिमा अदालतबाट लागेको जरीवाना नतिर्दै बन्दीप्रत्यक्षीकरणको आदेश जारी हुन नसक्ने । (प्रकरण नं.६) निवेदकतर्फबाटः विद्वान अधिवक्ता शान्तिराम खतिवडा विपक्षीतर्फबाटः विद्वान उपन्यायाधिवक्ता सूर्यनाथ प्रकाश अधिकारी अवलम्बित नजीरः § नेकाप २०४०, अङ्क ९, नि.नं. १७३९, पृष्ठ ५१२ सम्बद्ध कानूनः § मुलुकी ऐन, दण्ड सजायको ४१ नं. आदेश न्या.दामोदरप्रसाद शर्माः नेपालको अन्तरिम संविधान, २०६३ को धारा १०७(२) अन्तर्गत यस अदालतमा पर्न आएको प्रस्तुत निवेदनको संक्षिप्त तथ्य एवं यस अदालतको आदेश यस प्रकार छः म निवेदकउपर राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय, सिंहदरबारका प्रवन्धक कुमारप्रसाद दाहालको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी म निवेदक विष्णुबहादुर कार्की भएको बैंक ठगी मुद्दा काठमाडौं जिल्ला अदालतबाट मिति २०६०।९।१० मा फैसला हुँदा १ वर्ष कैद र रू.३०,०००।– (अक्षेरूपी तीस हजार) जरीवाना हुने फैसला भएको र म निवेदक २०५९।१।९ देखि २०५९।४।९ सम्म थुनामा बसी २०५९।४।९ देखि थुना मुक्त भएकोले उक्त मुद्दाबाट ९ महिना कैद भुक्तान हुन र रू.३०,०००।–जरीवाना असूल गर्न बाँकी रहेको थियो । यसै गरी राष्ट्रिय बाणिज्य बैंक शाखा कार्यालय, वानेश्वरका प्रबन्धक लक्ष्मणकृष्ण ताम्राकारको जाहेरीले नेपाल सरकार वादी भएको बैंक ठगी मुद्दामा काठमाडौं जिल्ला अदालतबाट मिति २०६०।९।१० मा फैसला हुँदा १ वर्ष कैद र रू.१,५९,०००।– (अक्षेरूपी एकलाख उनान्साठी हजार) जरीवाना हुने ठहर भएको थियो । सो मुद्दामा म निवेदक २०५८।१२।१२ देखि मिति २०५९।४।९ गतेसम्म थुनामा बसी उक्त मुद्दाबाट ८ महिना ३ दिन कैद र रू.१,५९,०००।– जरीवाना असूल हुन बाँकी रहेको थियो । यस्तै गरी चन्द्रकुमार मल्लसमेतको जाहेरीले वादी नेपाल सरकार, प्रतिवादी म निवेदक विष्णुबहादुर कार्की भएको ठगी मुद्दा काठमाडौं जिल्ला अदालतबाट मिति २०६४।३।३१ गते भएको फैसलाले ३ महिना कैद र रू.७९,०५०।– जरीवाना भएको थियो । उक्त मुद्दामा म निवेदक मिति २०६२।१२।३१ गतेदेखि थुनामा रही २०६३।२।३० गते धरौट राखी थुना भुक्त भएकोले १ महिना कैद भुक्तान हुन बाँकी र जरीवाना रू.७९,०५०।– असूल हुन बाँकी थियो । यस्तै प्रहरी प्रतिवेदनको जाहेरीले वादी