निर्णय नं. ६८४६ - कीर्ते

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६८४६ - कीर्ते भाग: ४२ साल: २०५७ महिना: बैशाख अंक: १ फैसला मिति :२०५६/०३/१४ २४५७ निर्णय नं. ६८४६ ने.का.प.२०५७ अङ्क १ संयुक्त इजलास माननीय न्यायाधीश श्री गोविन्दबहादुर श्रेष्ठ माननीय न्यायाधीश श्री केदारप्रसाद गिरी सम्वत् २०५३ सालको फौ.पू.नं. .. १३१७ फैसला मितिः २०५६।३।१४।२ मुद्दाः कीर्ते । पुनरावेदक प्रतिवादीः जि.पर्सा गम्हरीया गा.वि.स. वडा नं. ६ वस्ने वावुलाल महतो कोइरी विरुद्ध विपक्षी वादीः ऐ. मौराटार गा.वि.स. वडा नं. २ वस्ने राजदेव महतो कोइरी § वावुलाल कोइरीले वाली दिलाई मोही निस्कासन गरी पाउँ भन्ने मुद्दाको म्याद मिति ०४५।३।२० मा तामेल हुँदा मलाई नवुझाई नखरा व्यक्तिलाई सहि गराई किर्ते गरेकाले सजाय गरी पाउँ भन्ने वादी र मैले त्यस्तो कुनै किर्ते जालसाजी काम गरेको छैन । म्याद वेरितसँग तामेल भएको भए अ.वं. ११० नं वमोजिम वदर गराउनु पर्नेमा सो नगरेकोले वादीदावी झूट्टा हो भन्ने समेत प्र. वावुलाल महतोको प्रतिउत्तर जिकिर भएको पाइन्छ । म्याद तामेलीमा भएको राजदेव महतो कोइरीको नामबाट लागेको ल्याप्चे र निजको अदालतको रोहवरमा लिइएको ल्याप्चे भिडाई विशेषज्ञसँग जांच गर्न पठाएकोमा सो ल्याप्चे आपसमा नमिल्ने भन्ने राय प्रस्तुत भएको देखिन्छ भने यी पुनरावेदक प्र. वावुलाल महतोको जग्गामा मोही वादी राजदेव भएको वावुलाल महतोले उक्त जग्गाको मोहीवाट राजदेवलाई निस्कासन गर्नु पर्ने सम्मको स्वार्थ निहित रहेको तथ्य पुष्टि भैरहेको अवस्था शुरुले वादी दावी वमोजिम किर्ते गरेको ठहराएको इन्साफ सदर गरेको पुनरावेदन अदालत हेटौंडाको फैसलामा कुनै त्रुटि नदेखिँदा सो फैसला सदर हुने । (प्र.नं. ११) पुनरावेदक प्रतिवादी तर्फबाटः x विपक्षी वादी तर्फबाटः x अवलम्वित नजिरः x फैसला न्या.गोविन्दबहादुर श्रेष्ठः न्याय प्रशासन ऐन, २०४८ को दफा ९ अनुसार पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छः २. प्रतिवादी वावुलालको कि.नं १३० को ०-०-१७ र कि.नं. १३२ को ०-५-० जग्गाको म मोही हुँ जग्गा धनी प्रतिवादी वावुलाल महतो कोइरीले म माथि २०४४ सालको वाली दिलाई मोही निस्काशन गरी पाउँ भन्ने मुद्दा मिति २०४४।१२।३ मा भू.सु.का मा दिएछन त्यसको म्याद मिति २०४५।३।२० मा तामेल हुँदा मलाई नवुझाई मेरो नाममा अर्को व्यक्तिको सहिछाप गराई मिति २०४५।१०।२६ मा भू.सु.का. ले एकतर्फि मुद्दा फैसला गरेछ । अतः २०४५।३।२० मा मेरो सहिछाप किर्ते गरी म्याद तामेल गराएकोमा प्रतिवादीहरुलाई किर्ते कागजको १, ७, १४ नं. वमोजिम सजाय गरी पाउँ भन्ने समेत फिराद दावी । ३. वादी दावी वमोजिम मैले कुनै किर्ते काम गरेको होइन छैन । २०४५।३।२० गतेका दिन म आफ्नै घरव्दारमा छु । वादी राजदेवको घरव्दारमा गएको छैन र प्र. मध्येका वावुलालले दिएको मोही निश्काशन मुद्दाको तामेलीमा मैले सहिछाप नगरेको हुँदा म प्रतिको विपक्षीको फिराद खारेजभागी छ भन्ने समेत प्र. हरियाग यल्तो कोइरिनको प्रतिउत्तर । ४. वादी दावी वमोजिम मैले कुनै जालसाजी काम कुरा गरेको छैन । सो मुद्दा २०४५।१०।२६ गते भु.सू. कार्यालयबाट फैसला भई फैसला वमोजिम २०४६।१०।८ मा मोही लगत समेत कट्टा भैसकेको छ । मिति २०४६।१२।२३ गते फैसला सहितको नक्कल प्राप्त गरेपछि मात्र थाहा पाएं भन्ने विपक्षीको कथन झूठ्ठा हो भन्ने समेत प्र. वावुलाल महतो कोइरीको प्रतिउत्तर । ५. प्रतिवादी रामयाद महतो कोइरिको नाममा तामेल भएको २०४७।१।१५ को म्याद गुजारी बसेको । सो २०४५।३।२० को तामेलीमा लागेको वादीको सहि अदालतबाट ल्याप्