निर्णय नं. ६८४७ - उत्प्रेषणयुक्त परमादेश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६८४७ - उत्प्रेषणयुक्त परमादेश भाग: ४२ साल: २०५७ महिना: बैशाख अंक: १ फैसला मिति :२०५६/०९/१६ ४०२५ निर्णय नं. ६८४७ ने.का.प.२०५७ अङ्क १ संयुक्त इजलास माननीय न्यायाधीश श्री अरविन्दनाथ आचार्य माननीय न्यायाधीश श्री गोपालप्रसाद खत्री सम्वत् २०५५ सालको रिट नं. .. २७८६ आदेश मितिः २०५६।९।१६।६ मुद्दाः उत्प्रेषणयुक्त परमादेश । निवेदकः का.जि. का.म.न.पा. वडा नं. २१ स्थित डिम्स एण्ड डिजाइन्स प्रा.लि. को अधिकार प्राप्त व्यवस्थापक दीपकराज पन्त विरुद्ध विपक्षीः श्रम अदालत ज्ञानेश्वर काठमाडौं § पुनरावेदन गर्न तोकिएको म्याद गूज्री सो गुज्रेको म्याद थाम्न अ.वं. ५९ नं. वामोजिम ३० दिन भित्र अर्थात १७ औं दिनमा गुज्रेको तारेख थामी पुनरावेदन दर्ता गरी पाउँ भन्ने निवेदन दिएको कुरा निवेदकले स्वीकार गरेको देखिन्छ । श्रम नियमावली, २०५० को नियम ५८ अनुसार श्रम अदालतमा कारवाही चलेको मुद्दामा संक्षिप्त कार्यविधि ऐन अनुसारको कार्यविधि लागू हुने भन्ने व्यवस्था भएको र श्रम अदालत (कार्यविधि) नियमावली, २०५२ को नियम १८(१) मा पनि गुज्रेको १५ दिन सम्मको म्याद तारेख थमाउन पाउने व्यवस्था भएको देखिन्छ तदनुरुप संक्षिप्त कार्यविधि ऐन, २०२८ को दफा ८ वमोजिम संक्षिप्त कार्यविधि ऐन अन्तर्गतका मुद्दाहरुमा गूज्रिएको म्याद तारेख १५ दिन सम्म थाम्न पाइने व्यवस्था भएबाट निवेदकले दर्ता गर्न ल्याएको पुनरावेदन संक्षिप्त कार्यविधि ऐन अन्तर्गतको कार्यविधि अपनाउनु पर्ने प्रकृतिको मुद्दा भएको र मुलुकी ऐन प्रारम्भिक कथनको दफा ४ मा विषय विषयमा छुट्टा छुट्टै वनेको कानूनमा लेखिए जति सोहि वमोजिम र सो कानूनमा नलेखिएकोमा यही मुलुकी ऐन वमोजिम गर्नुपर्छ भन्ने व्यवस्था भएबाट निवेदनमा उल्लेखित विषय वस्तुमा म्याद तारेख थाम्ने सम्वन्धमा छुट्टै कानूनमा व्यवस्था भै रहेको अवस्थामा मुलुकी ऐन अ.वं. ५९ नं. आकृष्ट हुने अवस्था नहुँदा विद्यमान कानूनले गुज्रेको म्याद थमाउन पाउने अवस्था व्यतित भैसकेपश्चात पुनरावेदन दर्ता हुन नसक्ने भनी गरेको श्रम अदालतको आदेशमा कुनै कानूनी त्रुटि नदेखिँदा निवेदकको माग वमोजिमको आदेश जारी हुने अवस्था नदेखिएबाट प्रस्तुत रिट निवेदन खारेज हुने । (प्र.नं. ६) निवेदक तर्फबावाटः विद्वान अधिवक्ता श्री विश्वदिप अधिकारी विपक्षी तर्फबाटः विद्वान उपन्यायाधिवक्ता श्री ऋषिराम दवाडी अवलम्वित नजिरः x फैसला न्या.अरविन्दनाथ आचार्यः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ८०(२) अन्तर्गत यस अदालतमा पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छ २. जयन्ती खड्काले श्रम कार्यालय वागमती अंचलमा निर्णय कार्यान्वयन गराई तलव सुविधा पाउँ भनी यस प्रतिष्ठान उपर दिएको उजुरीमा मिति २०५५।१।३० मा श्रम कार्यालयले निर्णय गरी सो को नक्कल मिति २०५५।२।६ मा सारी हेर्दा सो निर्णय चित्त नवुझी श्रम ऐन को दफा २६ वमोजिम ३५ दिन अर्थात २०५५।३।१० भित्र पुनरावेदन गर्नुपर्नेमा कावू वाहिरको परिस्थितिले गर्दा सो म्याद गुज्रेकोले मुलुकी ऐन अ.वं. ५९ नं. वमोजिम म्याद थामी श्रम अदालतमा पुनरावेदन दर्ता गराई पाउँ भनी मिति २०५५।३।२६ मा निवेदन दिएको श्रम ऐन, २०४८ को दफा २६ श्रम अदालत कार्यविधि नियमावली, २०५२ को नियम २६(१) ले पुनरावेदनको म्याद ३५ दिन निर्धारण गरेको र श्रम नियमावली, २०५० को नियम ४८ ले गुज्रेको म्याद तारेख संक्षिप्त कार्यविधि ऐन, २०२८ को दफा ८(१) वमोजिम १५ दिन मात्र थमाउने पाउने व्यवस्था देखिएकोले सो अनुरुप गुज्रेको म्याद थाम्न पाउने