निर्णय नं. ६८४८ - जग्गा आवाद
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६८४८ - जग्गा आवाद भाग: ४२ साल: २०५७ महिना: बैशाख अंक: १ फैसला मिति :२०५६/०१/१० ३५६५ निर्णय नं. ६८४८ ने.का.प.२०५७ अङ्क १ संयुक्त इजलास माननीय न्यायाधीश श्री उदयराज उपाध्याय माननीय न्यायाधीश श्री ज्ञाइन्द्रबहादुर श्रेष्ठ सम्वत् २०५० सालको दे.पू.नं. ... ७४५ फैसला मिति : २०५६।२।१०।२ मुद्दाः जग्गा आवाद गर्यो । पुनरावेदक वादीः इलाका वन संरक्षक दामोदर कोइरालाको जाहेरीले श्री ५ को सरकार विरुद्ध प्रत्यर्थी प्रतिवादीः जिल्ला सर्लाही गा.वि.स. भक्तिपूर वडा नं. २ वस्ने खडगध्वज थिगं समेत § कानून वमोजिम भए गरेको दर्ता कायम रहे सम्म जग्गा आवाद गर्न पाइदैन भन्न मिल्ने अवस्था देखिदैन । विवादको जग्गाहरु वन सिमाना भित्र पर्ने प्रमाणको अभाव देखिन्छ । तसर्थ वादी दावी नपुग्ने ठहर्याएको पुनरावेदन अदालत जनकपूरको फैसला मिलेकै देखिँदा मनासिव ठहर्ने । (प्र.नं. १३) पुनरावेदक वादी श्री ५ को सरकारका तर्फवाटः विद्वान सह न्यायाधिवक्ता श्री दिनेशहरि अधिकारी प्रत्यर्थी प्रतिवादी तर्फबाटः विद्वान अधिवक्ता श्री प्रकाश वस्ती अवलम्वित नजिरः x फैसला न्या.उदयराज उपाध्यायः न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ग) अन्तर्गत यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः २. सर्जमिन र सन्तोष गुरुङ १, खडगध्वोज थिङ १, लक्ष्मी शर्मा १, र चन्द्रबहादुर गुरुङ १ को वयानबाट नम्वरी जग्गा आवाद गरेको भए तापनि प्रतिवेदनमा उल्लेख भए अनुसार हाल वन सिमाना नभए तापनि साविकमा सिमाना थियो होला पूर्व उत्तर जंगल र पर्ति जग्गा भएको र निजहरुले आवादी जग्गा भन्दा तिनघरे आवादी उत्तर वैलवास जाने वाटो भन्दा पूर्व धनवती डांकाको आवादी भन्दा दक्षिणका वांध पश्चिम यति चार किल्ला भित्रको जग्गामा सिमाना नभएकोले एकिन गरी दिन हुन र खडगध्वज थिङले ४-०-० जग्गा र सन्तोष गुरुङले ५-०-० जग्गा लक्ष्मी शर्माले ५-०-० जग्गा र चन्द्रबहादुर गुरुङले ५-०-० जग्गा समेत निजहरुले सम्वन्धित विभागको आदेश प्रमाण वेगर जग्गा आवाद गरेकोले सजाय गरी सो जग्गा वुझाई पाउन कार्यवाही गरी पाउँ भन्ने समेत व्यहोराको दामोदर प्रसाद कोइरालाको फिराद प्रतिवेदन । ३. तिनधरे आवादी उत्तर वयलवास जाने वाटो भन्दा पूर्व पक्कि वांध देखि पश्चिम धनवती डाडांको आवादी भन्दा दक्षिण यति चार किल्ला भित्रमा पर्ने जि.स. गा.पं. भक्तीपूर वा.नं. ८ कि.न. १९४ को साविक महोत्तरी गा.पं. क्लवा सोकनाहा वा.नं. ३(क) मा पर्ने ४-०-० जग्गा आ-आफ्नो नाउँमा २०२३ सालमा नापी भै २०३९ सालमा मेरो नाउँमा दर्ता भई मैले जोतकोड गरेको जग्गाको प्रमाण जग्गाधनी प्रमाण पुर्जा मालपोत तिरेको रसिदको नक्कल पेश गरी सकेको छु म माथि दिएको उजुरी निवेदन झूठ्ठा हो भन्ने समेत व्यहोराको प्रतिवादी खड्गध्वज थिङ तामाङले सर्लाही जिल्ला वन कार्यालयमा गरेको वयान । ४. तिनधरे आवादी उत्तर वयलवास जाने वाटो पूर्व पक्की वांध देखि पश्चिम धनपती डांडांको आवादी देखि दक्षिण यति चार किल्ला भित्रमा पर्ने जि.स. गा.पं. भक्तिपूर वा.नं. ८ कि.न. १९७ को साविक महोत्तरी गा.पं. वलवा सोकनाहा वा.न. ३(क) मा पर्ने ५-०-० जग्गा मेरो नाउँमा २०२३ सालमा नापी भै २०३९।११।१० मा दर्ता भै जोत कोड गरी जग्गाको जग्गा धनी प्रमाण पुर्जा र रसिद पेश गरी सकेको छु म माथिको उजुरी निवेदन झूठ्ठा हो भन्ने समेत व्यहोराको प्रतिवादी सन्तोष गुरुङको वयान । ५. निधरे आवादी उत्तरवयलवारा जाने वाटो देखि पूर्व पक्कि वांध देखि पश्चिम धनपती डांडाको आवादी भन्दा