निर्णय नं. ६८५० - विष खूवाई कर्तव्य ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६८५० - विष खूवाई कर्तव्य ज्यान भाग: ४२ साल: २०५७ महिना: बैशाख अंक: १ फैसला मिति :२०५६/११/१६ २६१४ निर्णय नं. ६८५० ने.का.प.२०५७ अङ्क १ संयुक्त इजलास माननीय न्यायाधीश श्री हरिश्चन्द्रप्रसाद उपाध्याय माननीय न्यायाधीश श्री दिलीपकुमार पौडेल सम्वत् २०५४ सालको फौ.पू.नं. .. १५८० सम्वत २०५६ सालको फौ.सा.नं. ..३२३ फैसला मिति : २०५६।११।१६।२ मुद्दाः विष खूवाई कर्तव्य ज्यान । पुनरावेदक/प्रतिवादीः ग.अ. तनहुँ जि. भिरकोट गा.वि. स. वडा न. १ घर भै हाल कास्की कारागार शाखामा थुनामा रहेकी वर्ष २३ कि मिठु भन्ने देवीमाया रानाभाट । विरुद्ध विपक्षी/वादीः डोलराज रानाभाटको जाहेरीले श्री ५ को सरकार वादीः डोलराज रानाभाटको जाहेरीले श्री ५ को सरकार विरुद्ध विपक्षी/प्रतिवादीः देवीमाया रानाभाट § सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्त समेतलाई अवलम्वन नगरी अ.वं. १८८ नं समेतको प्रयोग नगरी भएको पुनरावेदन अदालतको फैसला वदर गरी सूधारात्मक दण्ड प्रकृयाको आधारमा अ.वं. १८८ नं. वमोजिम सजाय कमी गरी पाउँ भन्ने मिठु भन्ने देवीमायाको मुख्य पुनरावेदन जिकिर भएको प्रस्तुत मुद्दामा प्रमाण ऐन, २०३१ को दफा २७(१) मा प्रचलित नेपाल कानून वमोजिम सजायमा कमी वा छुट हुने वा रिहाई पाउने कुनै कुराको जिकिर प्रतिवादीले लिएमा सो कुराको प्रमाण पुर्याउने भार निजको हुने भन्ने उल्लेख भएको पाइन्छ । प्रस्तुत मुद्दामा उक्त कानूनी व्यवस्था वमोजिम सजाय कम हुनुपर्ने भनी जिकिर लिएता पनि त्यसरी सजायमा कमी हुनुपर्ने कुराको प्रतिवादीले कुनै मनासिव आधार प्रमाण देखाउन सकेको पाइदैन । यी पूनरावेदीका प्रतिवादी मिठु भन्ने देवीमायाले अदालतमा गरेको वयानमा समेत मृतकलाई खानामा मुसा मार्ने विषालु औषधी हाली खान दिएको कारणबाट मृत्यु भएको भन्ने कुरामा साविती वयान गरेकी र त्यसरी प्रतिवादीले मानिस मर्न सक्छ भनी जानी जानी खानामा मुसा मार्ने विषालु औषधी हाली खान दिएको कारणबाट मृतकको मृत्यु भएको, त्यस्तो अपराधिक कृया गरेको कारणबाट घट्न गएको प्रस्तुत घटनामा सजाय कम हुनु पर्ने भन्ने पुनरावेदिकाको जिकिर मनासिव देखिएन । यस स्थितिमा यी प्रतिवादी पूनरावेदिकालाई मुलुकी ऐन ज्यान सम्वन्धी महलको १३(२) नं. वमोजिम सर्वश्वसहित जन्म कैद हुने ठहराई गरेको शुरु सदर गरेको पुनरावेदन अदालत पोखराको फैसला मिलेकै देखिदा मनासिव ठहर्ने । (प्र.नं. २५) पुनरावेदक प्रतिवादी तर्फबाटः विद्वान अधिवक्ता श्री श्रीकान्त वराल विपक्षी वादी तर्फबाटः x अवलम्वित नजिरः x फैसला न्या.हरिश्चन्द्रप्रसाद उपाध्यायः पुनरावेदन अदालत पोखराको फैसला उपर यस अदालत समक्ष पर्न आएको पुनरावेदन सहितको मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छः २. मिति २०५२ पूष २१ गते डोलनाथ रानाभाट ढूंङ्गाडे भन्ने ठाउँमा विवाह नांचगान हेरी वेलूकी घर फर्कि खाना खाई सूतेको रहेछ । २२ गते अवेरसम्म निज डोलनाथ नउठेकाले आमा पदमा छोराको घरतर्फ जांदा घर वाहिर छांदै छाद भएको त्यहिनेर कुखुरा मरी रहेको र डोलनाथ आफ्नै घरको विस्तारामा छांदै छाद भई मृत अवस्थामा देखी हल्ला हुँदा निजको श्रीमती मिठुराना भाट घरमा नदेखिएको हुँदा निज मिठुले नै खानामा विषाद प्रयोग गरी मारे मराएकोमा विश्वास लागेकोले कानून वमोजिम गरी पाउँ भन्ने अपराधको सूचना । ३. ढूंगा माटोले वनेको ढूंगाको छानो भएको घर घरको ढोका अगाडि छांदको दाग देखिएको आंगन वरपर ११ वटा कुखुरा मरेको र घरको भित्र दूई थाम मध्ये नजिक उत्तरतर्फ गून्द्री विछ्याएको गून्द्री माथि सिरक ओडी मृत अवस्थ