निर्णय नं. ६८५१ - मोहियानी हकको प्रमाणपत्र पाउँ ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६८५१ - मोहियानी हकको प्रमाणपत्र पाउँ । भाग: ४२ साल: २०५७ महिना: बैशाख अंक: १ फैसला मिति :२०५६/०६/०६ २५१३ निर्णय नं. ६८५१ ने.का.प.२०५७ अङ्क १ संयुक्त इजलास माननीय न्यायाधीश श्री भैरवप्रसाद लम्साल माननीय न्यायाधीश श्री गोपालप्रसाद खत्री सम्वत् २०५३ सालको दे.पू.नं. .. २७४९ फैसला मितिः २०५६।६।६।५ मुद्दाः मोहियानी हकको प्रमाणपत्र पाउँ । पुनरावेदक/वादीः सप्तरी कमलपूर ७ वस्ने वलदेव सन्तको मू.स. गर्ने निजकी श्रीमती वूचनी देवी विरुद्ध प्रत्यर्थी/प्रतिवादीः जनकपूर नगरपालिका १ वस्ने उमेश शरण श्रीवास्तव § यसमा उमेश शरण श्रीवास्तव नाउँ दर्ताको सप्तरी कमलपूर ६ को कि.नं ४१ को ०(८(८ जग्गा मोहीमा कमाई आएको ४ नं. जोताहा अस्थायी निस्सा प्राप्त गर्न नसक्दा सर्भे नापीमा मोही दर्ता गर्न छुट भएपनि हालसम्म कूत वुझाई मैले नै जोत कमोत गर्दै आएको हुँदा मेरो मोही हक कायम गरी मोहियानी हकको प्रमाणपत्र पाउँ भन्ने निवेदन भै दावीको जग्गामा मेरो नामबाट १ नं. लगत भरेको छैन र २ नं. अनुसूची पनि प्रकाशित भएको छैन । अन्य व्यक्तिका नाममा प्रकाशित भएको २ नं. अनुसूचीका आधारमा मेरो जग्गाको प्रमाण लाग्ने होइन भन्ने प्रतिउत्तर रहेको देखिन्छ । कि.नं. ४१ को जग्गाको मैले १ नं. फाराम भरी २ नं. अनुसूची प्रकाशित भएको छ भनी पु.वे. वादीले पुनरावेदन जिकिर लिएकोमा मिसिल संलग्न अनुसूची २ हेर्दा विवादित जग्गा सप्तरी कमलपूर वडा नं. ६ मा पर्नेमा वडा नं. ७ मा २ न.. अनुसूची प्रकाशित भएको र ज.ध. को महलमा वमन प्रसाद सिता प्रसाद भनी उल्लेख भएको देखिएको हुँदा विवादित जग्गाको जग्गाधनी उमेश शरणको जग्गाको मोही यी पुनरावेदक नै रहेछन भनी भन्न सक्ने आधार देखिएन । भुमि सम्वन्धी नियमहरु २०२१ को नियम ६ मा भुमि सूधार टोलीले कुनै गाउँ वा नगर पंचायतको कुनै एक वार्डको लगत अनुसूची २ वमोजिमको ढांचामा तयार गरी सकेपछि सो लगत वार्डको यथासंभव सवै व्यक्तिहरुलाई एकत्रित गरी सुनाउनु पर्छ भन्ने व्यवस्था गरेबाट त्यस्तो लगत सम्वन्धित वार्डवाटै प्रकाशन हुनुपर्ने वाध्यात्मक व्यवस्था भएको पाइन्छ । तसर्थ लगत प्रकाशन कानून वमोजिम भएको नदेखिएकोले त्यसलाई मान्यता दिन नमिल्ने । (प्र.नं. ११) पुनरावेदक वादी तर्फबाटः x प्रत्यर्थी प्रतिवादी दर्फबाटः x अवलम्वित नजिरः ने.का.प. २०४४, नि.नं. ३११९, पृ. ६५० फैसला न्या.भैरवप्रसाद लम्सालः न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ग) वमोजिम यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छ २. उमेश शरण श्रीवास्तवको नाममा दर्ता रहेको जि. सप्तरी कमलपूर गा.वि.स. वडा नं. ६ को कि.नं. ४१ क्षेत्रफल ०-८-८ को जग्गा मैले साविकदेखि नै मोहीमा कमाई आएको र भुमी सूधार लागू भएका वखत १ नं. फारम भरी २ नं. अनुसूची प्रकाशित भै ४ नं. जोताहा अस्थायी निस्सा प्राप्त गर्न नसक्दा सर्भे नापीमा मोही दर्ता गर्न छुट भएको भएपनि सो जग्गा हालसम्म मैले नै जोत कमोत गर्दै आएको र जग्गाधनीलाई कूत समेत वुझाई आएको हुँदा मेरो मोही हक कायम गरी मोहियानी हकको प्रमाण पत्र दिलाई पाउँ भन्ने निवेदन । ३. वादी दावीको जग्गाको मेरो नाममा न त १ नं. भरेको छ न त २ नं. अनुसूची नै प्रकाशित भएको छ । वादीले प्रमाणमा पेश गरेको २ नं. अनुसूचीमा उल्लेख भएको जग्गाधनी वमन प्रसाद र सिता प्रसादसँग मेरो कुनै नाता सम्वन्ध छैन । दुवै जग्गाधनीबाट मेरो नाउँको जग्गाको स्वामित्व पनि सरेको छैन । एकाको नाउँबाट प्रकाशित भएको २ नं. अनुसूचीका आधारमा मेरो जग्गाको