निर्णय नं. ८४५३ - अपुताली हककायम नामसारी ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८४५३ - अपुताली हककायम नामसारी । भाग: ५२ साल: २०६७ महिना: पौस अंक: ९ फैसला मिति :२०६७/०१/३० ३९४४ निर्णय नं.८४५३ ने.का.प. २०६७ अङ्क ९ सर्वोच्च अदालत, पूर्ण इजलास माननीय न्यायाधीश श्री खिलराज रेग्मी माननीय न्यायाधीश श्री रामकुमार प्रसाद शाह माननीय न्यायाधीश श्री कृष्णप्रसाद उपाध्याय दे.पु.इ.नं. ०६६–DF–०००२ फैसला मितिः २०६७।१।३०।५ मुद्दा :– अपुताली हककायम नामसारी । पुनरावेदक प्रतिवादीः जि.रुपन्देही, वोगडी गा.वि.स. वडा नं. ५ वस्ने नेत्रकुमार दुवे मरी मु.स.गर्ने निजको छोरा प्रदीपकुमार दुवे विरुद्ध प्रत्यर्थी वादीः जिल्ला रुपन्देही, गा.वि.स.कटया वडा नं. १ हाल वोगडी गा.वि.स.वडा नं. ५ वस्ने निर्मलादेवी दुवे समेत § मुद्दाका पक्षहरूले विवादको विषयवस्तु वा मुद्दाको तथ्यलाई जे जस्तो तरिकाबाट प्रस्तुत गरेका हुन्छन् अदालतले सोही किसिमबाट ग्रहण गर्नु वाञ्छनीय हुन्छ । वादीको दावी वा प्रतिवादीको प्रतिउत्तर जिकीरभन्दा बाहिर गई अदालत स्वयंले पक्षको स्थान ग्रहण गर्न नसक्ने । § § कानूनको प्रयोग र व्याख्या निरपेक्ष ढंगबाट हुने नभई मुद्दाको तथ्यगत प्रस्तुति र दावीको कानूनी आधारको सापेक्षताबाटै हुने । (प्रकरण नं.८) § अंशबण्डाको ६ नं. बमोजिम अंशबण्डा गरी बसेका बावु आमाको अपुताली एकलौटी पाउन दुईवटा पूर्व शर्तहरूमा पहिलो अंशबण्डा भैसकेका स्वास्नी, छोरा बुहारीसँग अंश मिसाई बसेको हुनुपर्ने र दोस्रो यसले खानु भनी लिखत गरी दिएको भए सोही लिखतबमोजिम हुने । (प्रकरण नं.९) § निस्सा दिने इजलासले नै कारण उल्लेख गर्न नसेकेको कुरामा यस इजलासले अनुमान र तर्कका भरमा ठहर निष्कर्षमा पुग्न सम्भव नहुने । (प्रकरण नं.११) § समान पुस्ताका बाजेको सम्पत्तिबाट आधामा अपुताली हक पाउने भएपछि सोही पुस्ताकी बज्यैको सम्पत्तिमा अपुताली नपाउने भन्न नमिल्ने । (प्रकरण नं.१२) यस अघि निर्णय गर्ने : मा.जि.न्या.श्री इन्द्रमान कर्माचार्य पुनरावेदन अदालतः मा.मु.न्या.श्री राजेन्द्रप्रसाद कोइराला मा.न्या.श्री विश्वनाथ जोशी सर्वोच्च अदालत संयुक्त इजलासः मा.न्या.श्री अनूपराज शर्मा मा.न्या.श्री प्रेम शर्मा पुनरावेदक प्रतिवादी तर्फबाटः विद्वान वरिष्ठ अधिवक्ता श्री वसन्तराम भण्डारी र विद्वान अधिवक्ता श्री शम्भु थापा प्रत्यर्थी वादीहरूका तर्फबाटः विद्वान अधिवक्ता श्री कृष्णप्रसाद सापकोटा अवलम्बित नजीरः नेकाप २०४५ नि.नं. ३३५२ सम्बद्ध कानूनः § मुलुकी ऐन अपुतालीको १ र २ नं. § अ.वं. ८२, १८०, १८५ क, फैसला न्या.खिलराज रेग्मीः न्याय प्रशासन ऐन, २०४८ को दफा ९ अन्तर्गत पुनरावेदन अदालत पोखराको फैसलाउपर वादी हेममोहन भट्टराईको यस अदालतमा पुनरावेदन परी यस अदालत संयुक्त इजलाससमक्ष पेश हुँदा मत्यैक्यता हुन नसकेकोले सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३(१) (क) बमोजिम यस पूर्ण इजलाससमक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छ :– स्वर्गीय राम आधारे दुवेको छोरा योगेन्द्रनाथ दुवे निजको श्रीमती रामरती दुवाईन, योगेन्द्रनाथ दुवे र रामरतीको २ छोरा जेठा विपक्षी नेत्रकुमार दुवे कान्छा हामी वादीका पति एवं पिता वीरेन्द्रकुमार दुवे हुन् । वीरेन्द्रकुमार दुवे र म वादी निर्मलाबाट जन्मेका वर्ष १३ की छोरी सन्नुदेवी वर्ष ११ को छोरा दिवाकरनाथ दुवे र वर्ष ९ को छोरा प्रभाकरनाथ दुवे वर्ष ७ को छोरा सुधाकरनाथ दुवे वर्ष ५ की छोरी शीलादेवी दुवे छन् । सासू बजै रामरती दुवाईनको अघि नै मृत्यु भएको ससुरा बाजे योगेन्द्रनाथको