निर्णय नं. ८७९२ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८७९२ - उत्प्रेषण भाग: ५४ साल: २०६९ महिना: असार अंक: ३ फैसला मिति :२०६८/०८/१८ २९५८ ने.का.प. २०६९, अङ्क ३ निर्णय नं. ८७९२ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री गिरीश चन्द्र लाल माननीय न्यायाधीश श्री भरतराज उप्रेती संवत् ०६५ सालको WO–०९८८ फैसला मितिः २०६८।८।१८।१ मुद्दा : उत्प्रेषण । निवेदकः रामकुमार मल्ल आलेको छोरा सिराहा जिल्ला जमदह गा.वि.स. वडा नं. ४ बस्ने वर्ष ३५ को नरेन्द्र मल्ल आले विरुद्ध विपक्षीः सिराहा जिल्ला रामनगर मिर्चैया गा.वि.स. वाड नं. ३ बस्ने श्याम पराजुली समेत · मुद्दामा कुनै पक्षलाई तारिख तोकिनुको उद्देश्य सम्बन्धित पक्षलाई सुनुवाईको मौका दिनु र मुद्दाको कारवाही वारे अवगत गराउनु रहेको हुन्छ । मुद्दामा भैरहेको कारवाही बारे निजलाई तारिख तोकिएको दिन जानकारी हुने हुँदा सोभन्दा अगाडि नै असर पर्ने गरी मुद्दामा कारवाही गर्नु न्यायसंगत नहुनुका साथै कार्यविधिगत त्रुटि समेत हुन जाने । · मुद्दाको एउटा पक्षलाई तारिख तोकिएको अवस्थामा सोभन्दा अगाडि नै अर्को पक्षको निवेदनमाथि सुनुवाई गरी आदेश गर्नु कानूनसम्मत् नहुने । (प्रकरण नं.२) निवेदक तर्फबाटः विद्वान अधिवक्ता सोमनाथ सापकोटा विपक्षी तर्फबाटः विद्वान सहन्यायाधिवक्ता योगराज बराल अवलम्बित नजीरः सम्बद्ध कानूनः आदेश न्या.गिरीश चन्द्र लालः नेपालको अन्तरिम संविधान, २०६३ को धारा १०७ बमोजिम यस अदालतको अधिकारक्षेत्र भित्रको पर्ने भई दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छ :– प्रस्तुत मुद्दामा विपक्षी श्याम पराजुलीले आफु वादी भई रामकुमार मल्ल आलेलाई प्रतिवादी बनाई सिराहा जिल्ला अदालतमा लेनदेन मुद्दा दायर गरी फैसला भै फैसलाअनुसार विगो भराई पाउन लेनदेन विगो निवेदन दिई कारवाहीको क्रममा मिति ०६४।६।२२ मा डाँक मुचुल्काको तारिख भएको हुँदा सो डाँक लिलाम कार्य स्थगित गरिपाऊँ भनी म निवेदकले निवेदन दिएकोमा तहसीलदारले मिति २०६४।६।२४ र २०६४।७।१४मा यस अदालतमा अंश मुद्दामा लिलाम भएको आधारमा विवादित कि.नं १५९ र ४७ का जग्गा लगायत् अन्य जग्गा प्रतिवादी रामकुमार मल्ल आलेको भागमा परेको र लिलाम बदर मुद्दामा मिलापत्र बदर हुने ठहरी मिति २०६१।५।२ मा फैसला भै उक्त फैसला उपर सम्मानीत पुनरावेदन अदालत राजविराजमा पुनरावेदन परी फैसला भै नआए सम्मको लागि रोक्का जग्गा यथावत नै राखी प्रस्तुत मुद्दा मुल्तवीमा राखी दिएँ भन्ने आदेश भएको, उक्त आदेश उपर विपक्षी श्याम पराजुलीले वेरीतको आदेश बदर गरिपाऊँ भनी मिति २०६४।८।१३ मा दिएको निवेदनमा सम्मानीत अदालतबाट मिति २०६५।७।२२।६ मा तारिख तोकिएको दिन भन्दा अगाडि नै निवेदनमा सुनुवाई गरी तारिखमा रहेको पक्षलाई जानकारी नै नहुने गरी तारिख भन्दा अगाडि नै मुद्दा मुल्तबीमा राखेको कानूनसम्मत् नहुँदा उक्त आदेश बदर गरी दिएको छ । अब दुवै पक्ष राखी दरखास्तउपर छलफल गरी आवश्यक कारवाही गर्नु भन्ने आदेश भएकोमा उक्त आदेश उपर चित्त नबुझी म निवेदक १७ नं. बमोजिम सम्मानीत पुनरावेदन अदालत राजविराजमा गएकोमा पुनरावेदन अदालत राजविराजबाट मिति २०६६।१।२५ मा शुरु जिल्ला अदालतको आदेश मिलेकै देखिँदा परिवर्तन गर्नु परेन भन्ने आदेश भएको हुँदा सम्मानीत सिराहा जिल्ला अदालतका तहसीलदारले उक्त विवादित कित्ता जग्गाको डाँक लिलाम कार्य सम्पन्न गरेमा मेरो अंश भागमा पर्ने अंश भागबाट म बञ्चित भै मेरो सम्पत्ति प्राप्त गर्ने व्यक्तिगत मौलिक हकमा समेत प्रतिकूल असर पर्न जाने भएकोले तहसीलदारको मिति २०६४।६।२४ र २०६४।