निर्णय नं. ८४५४ - मुद्दा पुनरावलोकन गरिपाऊँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८४५४ - मुद्दा पुनरावलोकन गरिपाऊँ भाग: ५२ साल: २०६७ महिना: पौस अंक: ९ फैसला मिति :२०६७/०३/१० ५७२५ निर्णय नं.८४५४ ने.का.प. २०६७ अङ्क ९ सर्वोच्च अदालत, पूर्ण इजलास माननीय न्यायाधीश श्री खिलराज रेग्मी माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ माननीय न्यायाधीश श्री गौरी ढकाल पु.नि.नं...०६५-NF-००४, ००५, ००६ आदेश मितिः २०६७।३।१०।५ विषयः–मुद्दा पुनरावलोकन गरिपाऊँ । मुद्दा :– अंश । निवेदक/वादीः बाँके जिल्ला, नेपालगञ्ज न.पा.वडा नं. १४ बस्ने पार्वतीदेवी वनेनीको मु.स.गर्ने सावित्रीदेवी बानियाँ विरुद्ध प्रत्यर्थी/प्रतिवादीः ऐ.ऐ. वडा नं.८ बस्ने रामगोपाल बैश्य समेत निवेदक/वादीः बाँके जिल्ला, नेपालगञ्ज न.पा.वडा नं. १४ बस्ने कृष्णगोपाल बैश्य विरुद्ध प्रत्यर्थी/प्रतिवादीः ऐ.ऐ. वडा नं. ८ बस्ने रामगोपाल वैश्य समेत निवेदक/प्रतिवादीः बाँके जिल्ला नेपालगञ्ज न.पा.वडा नं. ८ बस्ने सुरेशकुमार बैश्य समेत विरुद्ध प्रत्यर्थी/वादीः बाँके जिल्ला नेपालगञ्ज न.पा.वडा नं. १४ बस्ने पार्वतीदेवी वनेनीको मु.स.गर्ने सावित्रीदेवी बनियाँ समेत यस अघि निर्णय गर्नेः मा.जि.न्या.श्री सुरेन्द्रवीर सिँह बस्न्यात पुनरावेदन अदालत नेपालगञ्जः– मा.न्या.श्री रामकुमारप्रसाद शाह मा.न्या.श्री मोहनप्रकाश सिटौला सर्वोच्च अदालत संयुक्त इजलासः– मा.न्या.श्री सुशीला सिँह शिलु मा.न्या.श्री बद्रीकुमार बस्नेत § दाईजो पेवा वा निजी आर्जनको सम्पत्ति हो भनी जिकीर लिने पक्षले सो जिकीरको समर्थनमा वस्तुनिष्ट प्रमाण पेश गरी प्रमाणित गराउन सक्नुपर्ने । § तायदाती साथ पेश गरिएका कागजातले आफ्नो निजी ज्ञान, सीप वा प्रयासबाट सम्पत्ति आर्जन गरेको भन्ने तथ्य प्रमाणित भएको नदेखिई राजीनामा लिखत समेतबाट सम्पत्ति खरीद गरी लिएको देखिएकाले अंशियारहरू एकासगोलमा रहेका अवस्थामा कुनै अंशियारको नाममा खरीद भएकै कारणले त्यस्तो सम्पत्ति निजको मात्र निजी आर्जनको हो भनी प्रमाण ऐन, २०३१ को दफा ६(क) बमोजिम अन्यथा प्रमाणित नभएसम्म अनुमान गर्न नमिल्ने । (प्रकरण नं.११) निवेदक वादीका तर्फबाटः विद्वान वरिष्ठ अधिवक्ता श्री हरिहर दाहाल निवेदन प्रतिवादीका तर्फबाटः विद्वान अधिवक्ता श्री रामबहादुर खड्का अवलम्बित नजीरः § नेकाप २०३२, नि.नं.९२४, पृष्ठ २१८ § नेकाप २०५६, नि.नं. ६७२९, पृष्ठ ३९२ सम्बद्ध कानूनः § प्रमाण ऐन, २०३१ को दफा ६(क) फैसला न्या.खिलराज रेग्मीः यस अदालत संयुक्त इजलासबाट भएको फैसला पुनरावलोकन गरी हेरिपाऊँ भनी वादी प्रतिवादी दुबै पक्षको निवेदन परी न्याय प्रशासन ऐन, २०४८ को दफा ११(१) को खण्ड (ख) अन्तर्गत निस्सा प्रदान भई सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ६(१) बमोजिम यस इजलाससमक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छ:– मूलपुर्खा रामसेवक वैश्यको पत्नी म फिरादी पार्वतीदेवी बनेनी तथा मेरो ४ छोरा जेठा प्रतिवादी रामगोपाल वैश्य, माहिलो फिरादी कृष्णगोपाल वैश्य, साहिलो प्रतिवादी सुरेशकुमार वैश्य तथा कान्छा प्रतिवादी भरतकिशोर वैश्य समेत ५ जना आमाछोरा दाजुभाई अंशियार हौं । वादी भरतकिशोर वैश्य र प्रतिवादी पार्वतीदेवी वैश्य समेत भएको संवत् २०४८ सालको दे.नं.१३१३ को अंश मुद्दामा मिति २०५१।९।२८ मा भएको शुरु फैसलाउपर पुनरावेदन परी विचाराधीन रहेको उक्त मुद्दाबाट भरतकिशोर वैश्यको अंश भागसम्म छुट्टिए पनि हाम्रो अंश नछुट्टिएको हुँदा प्रतिवादीहरू उपर प्रस्तुत अंश मुद्दा दायर गर्न आएका छौं । सम्पूर्ण अंशियारबाट मुलुक