निर्णय नं. ८९९२ - उत्प्रेषणयुक्त परमादेश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८९९२ - उत्प्रेषणयुक्त परमादेश भाग: ५५ साल: २०७० महिना: श्रावण अंक: ४ फैसला मिति :२०६९/१०/१७ ६१२३ ने.का.प. २०७०, अङ्क ४ निर्णय नं.८९९२ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री दामोदरप्रसाद शर्मा माननीय न्यायाधीश श्री गिरीश चन्द्र लाल रिट नं. ०६९–WO–०४३३ आदेश मितिः २०६९।१०।१७।४ विषयः उत्प्रेषणयुक्त परमादेश । निवेदकः सूर्यप्रसाद गौतमकी श्रीमती, जिल्ला भोजपुर, चरम्बी गा.वि.स. वडा नं. ९ बस्ने ईन्दिरा ढकाल गौतमसमेत विरुद्ध विपक्षीः लोकसेवा आयोग, केन्द्रीय कार्यालयसमेत § लोकसेवा आयोगको भूमिका मूलतः निष्पक्ष रूपमा योग्य र दक्ष कर्मचारीको छनौट गरी नियुक्तिको लागि सम्बन्धित निकायमा सिफारिश गर्नु हो । सो भूमिका निर्वाह गर्ने क्रममा आयोगबाट सञ्चालन गरिने परीक्षालाई व्यवस्थित, मर्यादित बनाउनको लागि विशेष मापपदण्डको निर्धारण र निर्देशिकाको निर्माण गरी लागू भएको अवस्थामा सो निर्देशिकाको विपरीत हुने गरी प्रतिस्पर्धी रहेको परीक्षाको प्रश्नको निर्माण तथा परिमार्जन र लिखित परीक्षाको उत्तरपुस्तिका परीक्षणमा निवेदिकाहरूका पति र पिता संलग्न रहेको देखिएपछि सो परीक्षाको नतिजा यथावत् राख्दा आयोगको निष्पक्षता र विश्वसनीयतामा आँच आउने भएकाले लोकसेवा आयोगबाट सञ्चालन हुने परीक्षालाई पारदर्शी र मर्यादित बनाई आयोगप्रतिको स्वच्छता, निष्पक्षता र विश्वसनीयता कायम राख्न परीक्षा रद्द गर्ने गरी भएको लोकसेवा आयोगको निर्णयलाई अन्यथा भन्न नसकिने । (प्रकरण नं.१०) निवेदकतर्फबाटः विद्वान वरिष्ठ अधिवक्ता हरिहर दहाल, अधिवक्ताहरू सुवासचन्द्र नेम्वाङ, हरिप्रसाद उप्रेती, हरिकृष्ण कार्की, विजय मिश्र, हरिराज भट्टराई र दिननाथ पराजुली विपक्षीतर्फबाटः विद्वान नायव महान्यायाधिवक्ता सूर्यप्रसाद कोइराला, सहन्यायाधिवक्ताहरू महेश शर्मा, कृष्णजीवि घिमिरे र धर्मराज पौडेल तथा उपन्यायाधिवक्ता मदनबहादुर धामी अवलम्बित नजीरः § नेकाप २०५५, अङ्क २, नि.नं. ६५०४, पृष्ठ ६९ सम्बद्ध कानूनः § नेपालको अन्तरिम संविधान, २०६३ को धारा १२६ § लोकसेवा आयोग ऐन, २०६६ को दफा ३०(१), ३३(२), ४६, ४६(१), (२), आदेश न्या.दामोदरप्रसाद शर्माः नेपालको अन्तरिम संविधान, २०६३ को धारा १०७(२) अन्तर्गत पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं आदेश यस प्रकार छः विपक्षी लोकसेवा आयोगबाट प्रकाशित विज्ञापन नं. २५८९/०६८–६९ (महिला), विज्ञापन नं. २५९३/०६८–६९ (खुला) र विज्ञापन नं. २५९१/०६८–६९ (मधेशी) नेपाल शिक्षा सेवा, शिक्षा प्रशासन समूह, निरीक्षण उपसमूह, रा.प. तृतीय श्रेणी, विद्यालय निरीक्षक पदमा हामी निवेदकहरूले नियमानुसार दरखास्त फाराम भरी लिखित परीक्षामा सामेल भई उक्त विज्ञापनअनुसारका पदमा म निवेदक ईन्दिरा ढकाल गौतम खुलातर्फ र महिलातर्फ दुवै समूहमा र म अन्तिमाकुमारी सिन्हा मधेशी समूह समेतमा उत्तीर्ण गरेको सूचना विपक्षी आयोगले मिति २०६९।५।२७ मा गोरखापत्रमा प्रकाशित सूचनाबमोजिम मिति २०६९।६।१७ मा महिलातर्फको र मिति २०६९।६।२२ मा खुल्लातर्फको अन्तर्वार्ताको मिति प्रकाशित भई सोबमोजिम उक्त मितिमा अन्तर्वार्तामा समेत सामेल भईसकेका थियौं । यसमा म निवेदक मध्येकी अन्तिमाकुमारी सिन्हाको मधेशी समूहतर्फ पनि लिखितमा नाम प्रकाशित भएकोले मिति २०६९।६।२१ मा अन्तर्वार्तामा सामेल भई अन्तर्वार्ताको नतिजाको प्रतिक्षामा रहेका थियौं । विपक्षी आयोगले मिति २०६९।६।२४ गते लिखित परीक्षामा सामेल सबैको अन्तर्वार्ता समेत लिई सकेको तथापि अन्तर्वार्ताको नतिजा प्रकाश