निर्णय नं. ३४४६ - क.ख. समेत

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३४४६ - क.ख. समेत भाग: ३० साल: २०४५ महिना: भाद्र अंक: ५ फैसला मिति :२०४४/०९/०९ २३०३ निर्णय नं. ३४४६ ने.का.प. २०४५ अङ्क ५ पूर्ण इजलास माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह सम्वत् २०४२ सालको दे.पु.ई.नंवर ६६ फैसला भएको मिति : २०४४।९।९।५ मा निवेदिका/प्रतिवादी : गणक राजकुमारी मरी मु.स.गर्ने चन्द्रजङ्ग शाह समेत मरी मु.स.गर्ने फणिन्द्रकुमारी थापा पेटबोलीको/प्रतिवादी : धादिङ्ग कल्लेरी गा.पं.वा.नं.८ बस्ने टंकनाथ आचार्य विरुद्ध विपक्षी/वादी : धादिङ्ग खाल्टे गा.पं.वा.नं.३ बस्ने रामप्रसाद शर्मा मुद्दा : क.ख. समेत (१) एउटै लालमोहर भित्रको कुनै जग्गा (ख) श्रेणीको र कुनै जग्गा (क) श्रेणीको देखिन ठहर्न आउने अवस्था नदेखिने । (प्रकरण नं. २५) (२) विवादीत जग्गामा मालपोतसम्म उठाई खाएको हो भनी प्रमाणित गराउनु पर्ने भार प्रमाण ऐन, २०३१ को दफा २६ बमोजिम वादीमा रहने । (प्रकरण नं. २५) (३) अ.बं.७८ नं.बमोजिम बयान हुँदा रसीदको विषयमा कुरा बाझिएको देखिँदा वादीको राजीनामा सद्दे साँचो व्यवहारबाट भएको भनी मान्न नमिल्ने । (प्रकरण नं. २६) निवेदक, प्रतिवादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री लक्ष्मणप्रसाद अर्याल तथा विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी एवं विद्वान अधिवक्ता श्री राधेश्याम अधिकारी विपक्षी/वादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कुसुम श्रेष्ठ एवं विद्वान अधिवक्ता श्री लवदेव भट्ट फैसला न्या.गजेन्द्रकेशरी बास्तोला : सर्वोच्च अदालत डिभिजन बेञ्चका निर्णयउपर निवेदिकाको श्री ५ महाराजाधिराजका जुनाफमा बिन्ति–पत्र पर्दा व्यहोरा साँचो भए बिन्ति–पत्रमा लेखिएको सर्वोच्च अदालतबाट निर्णय भएको क.ख. समेत दुबै मुद्दाको मिसिल झिकी फुलबेञ्चबाट दोहोर्‍याई हेरी कानुन बमोजिम निर्णय गर्नु भन्ने समेत मौसूफका विशेष जाहेरी विभाग मार्फत बकस भई आएको हुकुम प्रमाङ्गी बमोजिम यस इजलासको लगतमा दर्ता भई निर्णयार्थ पेश हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्न बमोजिम छ । २. मिति १९९७।६।११।५ मा विपक्षीका नाममा भएको दाइजो विर्ताको लालमोहरको ४ किल्लाभित्रको पूर्व खोल्सी, पश्चिम हरिप्रसाद, पशुपतिप्रसादको खेत, उत्तर मूल बाटो र माझकोट आँपको रुख, टाँकीको रुख गैरीको कुलो, दक्षिण माहिला पण्डित पूर्णप्रसादको खेत यो ४ किल्लाभित्रको गैरी भन्ने खेत माटो मुरी ४६ को कूत धान मुरी रु.१९।४ लागेको जग्गा १६,०००।– मा धा.जि.कल्लेरी आमडाँडा बस्ने मेघप्रसाद आचार्यबाट मिति २०२२।९।२१।४ मा घरसारमा र २०२२।११।२४।२ मा पास राजीनामा गरी मैले लिई आज तक भोग गरी आएको आखिर विर्ता उन्मूलन ऐन, २०१६ बमोजिम उक्त जग्गा रैकरमा परिणत विर्तावालले नै क.ख. छुट्याई दिनुपर्ने, विपक्षीले धादिङ्ग मालमा रैकरमा परिणत गर्दा मोहियानी मेरो नाममा र क. श्रेणीमा परिणत गर्नुपर्नेमा सो नगरी टङ्कनाथ आचार्यलाई मोहियानी गराई ख. श्रेणीमा परिणत गराई सकेछन् सो कुरा मलाई थाहा थिएन । आखिर उक्त ४ किल्लाभित्रको जग्गा समेत कसैको केही पर्ने भए आजका ७ दिनभित्र उजूर गर्न आउनु भनी धादिङ्ग मालबाट मिति २०२४।६।२०।६ मा कल्लेरी गाउँ मौजामा टाँस भएको रहेछ । सो फेला परेपछि मात्र क. श्रेणीको जग्गा ख. श्रेणीबाट मोही टङ्कनाथ आचार्य देखाई झुठ्ठा विवरण दाखिल गरेछन् भन्ने थाहा भएकोले गुज्रेको म्याद थामी फिराद गरेको छु । ख. श्रेणीमा कुनै हालतमा पनि परिणत हुन नसक्ने कुरालाई ख. श्रेणीमा पर