निर्णय नं. ३४४८ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३४४८ - उत्प्रेषणको आदेश जारी गरिपाउँ भाग: ३० साल: २०४५ महिना: भाद्र अंक: ५ फैसला मिति :२०४३/०९/१७ २२२४ निर्णय नं. ३४४८ ने.का.प. २०४५ अङ्क ५ संयुक्त इजलास सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्र्रबहादुर सिंह माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह सम्वत् २०४२ सालको रिट नं. १८३७ आदेश भएको मिति : २०४३।९।१७।५ मा रिट निवेदिका : जिल्ला सुनसरी, धरान न.पं.वार्ड नं. ४ बस्ने त्रैलोक्यकुमारी थापा विरुद्ध विपक्षी : का.मु. भूमिसुधार अधिकारी, भूमिसुधार कार्यालय, सुनसरीसमेत विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ (१) भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६ को उपदफा (१) मा मोहिले कमाई आएको जग्गामा मोही सम्बन्धी निजको हक निज पछि निजको पति पत्नी वा छोराहरु मध्ये जग्गावालाले पत्याएको व्यक्तिलाई प्राप्त हुनेछ भन्ने उल्लेख भएकोबाट सो उपदफामा उल्लेख भएका व्यक्तिहरु मध्येबाट जग्गाधनीले पत्याएको एकजना व्यक्तिलाई मोही हक प्राप्त हुने । (प्रकरण नं. १०) (२) दुबैजनाको नाउँमा मोही हक संयुक्त नामसारी गर्नसक्ने ऐनले व्यवस्था गरेको नदेखिँदा मर्ने मोहीको छोराहरु दुइजनाका नाउँमा संयुक्त नामसारी गर्ने गरेको निर्णय त्रुटिपूर्ण देखिने । (प्रकरण नं. ११) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री श्यामप्रसाद खरेल विपक्षीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री केदारप्रसाद शर्मा र विद्वान अधिवक्ता श्री प्रभुनारायण चौधरी आदेश प्र.न्या.धनेन्द्रबहादुर सिंह : भूमिसुधार कार्यालय सुनसरीको मिति ०४२।५।१२ को निर्णय उत्प्रेषणको आदेशद्धार बदर गरी पाउँ भनी नेपालको संविधानको धारा १६।७१ अन्तर्गत दर्ता भई निर्णयार्थ पेश हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त व्यहोरा यसप्रकार छ : २. त्रैलोक्यकुमारीका नाउँको जि.सुन्सरी हुहली गा.पं.वार्ड नं. ५(क) कि.नं.१ को ज.वि.२–१२–१० र प्रकाशबहादुरका नाउँका ४–३–१० जग्गाको मोही हाम्रो पिता मधुरी शाह भएकोमा पिता र माता समेत परलोक भई सक्नु भएकोमा पिता र मातासमेत परलोक भई सक्नु भएकोले मोही नाउँसारी गरिपाउँ भनी विपक्षीहरु घुरन तथा सम्पतको विपक्षी कार्यालयमा संयुक्त निवेदन परेकोमा यिनै विपक्षीहरुले अघि बेदखली मुद्दा दिएकोमा मधुरीले २०२९ सालमा नै जग्गा जोत्न छाडी म जग्गाधनीले नै जोत भोग गरी आएको छु भन्ने समेत प्रतिवाद गरेको थिएँ । विपक्षी अधिकारीज्यूले मधुरीको नाउँमा मोहिको प्रमाणपत्र तयार भएको र वादीहरु मधुरीको हकवाला होइनन् भन्ने जिकिर नभएको मोही पछि ज.ध.ले पत्याएको व्यक्तिलाई मोही हक प्राप्त हुने र वादीहरु छोराहरु हुन् भन्ने प्रमाणबाट देखिएकोले मृतक मधुरी शाहको नाउँबाट छोराहरुका नाउँमा संयुक्त मोही नामसारी हुने ठहर्छ भनी मिति ०४२।५।१२ मा निर्णय गर्नु भयो जुन निर्णय त्रुटिपूर्ण छ । ३. साविक दर्तावाला मोहिले ०२९ साल देखिनै जग्गा कमाउन छाडी हामीले कमाई आएको र ०३५ सालमानै मोही मरेका हुन् भन्ने हाम्रो प्रतिउत्तर जिकिरतर्फ कुनै मतलबै नराखी विपक्षी अधिकारीज्यूले निर्णय गर्नुभएको छ । विपक्षीहरुले पेश गरेको भर्पाईहरू सम्बन्धमा सद्दे कीर्तेमा सुन्सरी जिल्ला अदालतमा कारवाही चली रहेको छ भन्ने मेरो जिकिरतर्फ ख्यालै नराखी सो तथा बेदखली मुद्दालाई समेत असर पर्ने गरी गरिएको निर्णय त्रुटिपूर्ण छ । भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६(१) बमोजिम कसलाई पत्याउने भनी मलाई सोधिनु पर्नेमा सो कुरा सोधिएको छैन । कुनै एकलाई मोही पत्याउने हक आघात पुर्‍याई निर्णय गरिएको छ । धुरनका नाउँमा तत्काल प्राप्त २–३–० जग्गा र समेतका