निर्णय नं. ८४६१ - कर्तव्य ज्यान ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८४६१ - कर्तव्य ज्यान । भाग: ५२ साल: २०६७ महिना: पौस अंक: ९ फैसला मिति :२०६६/०६/२५ ३३५५ निर्णय नं.८४६१ ने.का.प २०६७ अङ्क ९ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री तपबहादुर मगर माननीय न्यायाधीश श्री सुशीला कार्की सम्वत् २०६४ सालको स.वा.फौ.पु.नं. – ०६९३ फैसला मितिः २०६६।६।२५।१ मुद्दा : कर्तव्य ज्यान । पुनरावेदक प्रतिवादीः कर्णबहादुर महर्जनको छोरा ललितपुर जिल्ला ललितपुर उप म.न.पा. वडा नं. १७ घर भई हाल नख्खु सुधार गृह, कारागार कार्यालय नख्खु, ललितपुरमा थुनामा रहेको विक्रम महर्जन विरुद्ध प्रत्यर्थी वादीः चन्द्र अवालेको जाहेरीले नेपाल सरकार शुरु फैसला गर्ने ललितपुर जिल्ला अदालतः मा.जि.न्या. श्री रमेश पोखरेल पुनरावेदन फैसला गर्ने (पुनरावेदन अदालत पाटन): मा.न्या. श्री अली अकवर मिकरानी मा.न्या. श्री हरिबहादुर बस्नेत § अभियोगपत्रबमोजिमको दुपाट बस्ने विक्रम महर्जन म होइन उक्त वडामा धेरै विक्रम महर्जन छन् म त्यागल बस्ने विक्रम महर्जन हुँ भनी पुनरावेदकको पुनरावेदन जिकीर रहेको सन्दर्भमा वास्तविक रुपमा वारदातमा संलग्न विक्रम महर्जन यी पक्राउ परी आएका पुनरावेदक विक्रम महर्जन हुन होइनन् भनी यकीन गर्नुपर्ने अवस्था भएबाट सोको निराकरणको लागि यस अदालतबाट पुनरावेदक विक्रम महर्जनलाई वादीको चश्मदित साक्षी मनोज महर्जन र जाहेरवालाबाट मुलुकी ऐन अ.वं. १७३ नं. बमोजिम ३० दिनभित्र सनाखत गराइ पठाउनु भन्ने आदेशानुसार जिल्ला अदालतमा लेखी पठाएकोमा निज मनोज महर्जन र चन्द्र अवालेका नाउँमा जिल्ला अदालतमा सनाखत गराउन ७ दिनभित्र उपस्थित हुन आउनु होला भनी पठाएको म्याद २ पटक आफैले बुझी लिएकोमा पनि निजहरू दुवै पटक अदालतसमक्ष उपस्थित भै सनाखत गरेको अवस्था नभएबाट अभियोगपत्रमा उल्लिखित विक्रम महर्जन यिनै पुनरावेदक हुन भनी यकीन गर्न नसक्ने । (प्रकरण नं.२) § प्रत्यक्षदर्शी मनोज महर्जन र जाहेरवाला चन्द्र अवाले समेतले अदालतको आदेशानुसार पुनरावेदक विक्रम महर्जन नै अभियोगपत्रमा उल्लिखित विक्रम महर्जन हुन् भनी यकीन गर्न नसकेको र सहअभियुक्त लेकमान महर्जनले दुपाट बस्ने विक्रम महर्जन वारदातमा संलग्न रहेको भनी किटानी रुपमा अनुसन्धान अधिकारीसमक्ष बयान गरेको तथा अभियोगपत्रमा उल्लिखित विक्रम महर्जन यिनै पक्राउ गरी ल्याएका पुनरावेदक विक्रम महर्जन हुन् भन्ने पुष्टि हुने कुनै तथ्ययुक्त ठोस सबूद प्रमाण वादी पक्षले पेश दाखेल गर्न सकेको नदेखिएको अवस्थामा केवल जाहेरवालाको जाहेरीलाई मात्र आधार मानी ज्यान जस्तो गम्भीर प्रकृतिको फौजदारी अभियोगमा विना आधारप्रमाण यी पुनरावेदकको मृतकलाई मार्नमा संलग्नता थियो भन्न नसकिने । (प्रकरण नं.३) पुनरावेदक प्रतिवादी तर्फबाटः विद्वान वरिष्ठ अधिवक्ता श्री वसन्तराम भण्डारी र विद्वान अधिवक्ता डा.रंजितभक्त प्रधानांग प्रत्यर्थी वादी तर्फबाटः विद्वान सहन्यायाधिवक्ता श्री मोहनबहादुर कार्की अवलम्वित नजीरः सम्बद्ध कानूनः  मुलुकी ऐन, ज्यान सम्वन्धी महलको १, १३(३) नं.,  अ.वं. १७३ नं. फैसला न्या.तपबहादुर मगरः पुनरावेदन अदालत, पाटनको मिति २०६४।११।३० को फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९ (१)(ख) बमोजिम प्रतिवादीको तर्फबाट पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छ :– ललितपुर जिल्ला सुन्धारामा मिति २०५५।७।२ मा सानमिगल वियर च्यालेन्जर हुस्कीको संयुक्त आयोजनामा संचालित फेष्टुवल म्यूजिक कार्यक्रम हेर्न भनी मेरो छोरा प्रेम अवाले गएको थियो । सो स्